अन्तिम गन्तव्य ‘चिहान’


सागर परियार,

दुनियामा सबैलाई आ आफ्नै घमण्ड छ । मानौँ, एक सुन्दरीलाई रुपको घमण्ड, कसैलाई आफ्ना सन्तानको घमण्ड, कोही आफु बलियो भएकोमा घमण्ड, कसैलाई सम्पत्तिको घमण्ड त कसैलाई जागिरको घमण्ड, यस्तै यस्तै सबैमा अनेक थरीका घमण्ड छन् । लाग्छ, सायद यति धेरै घमण्ड समय नै अहंकारी भएर होला । अचेल यँहा, म सरकारको नोकर र जनताको सेवक हु, भन्ने विचार कसैसँग छैन् । छ, त केवल म जागिरे मात्रै हुँ भन्ने । अझै भनौ, हँुदा हुँदा मान्छेहरुलाई त, यहाँ कोही ठुलाबडा भनिनेसँगको चिनजानले पनि उल्कै घमण्ड छ । आखिर यँहा घमण्ड र अहंकारले सफलता चुमेका उदाहरण पनि त छैनन् । तर पनि आज हरेक मान्छे आ आफ्नै घमण्डमा बाच्न चाहान्छ । हो, हामी संग धन सम्पत्ति, आफ्न्त, चिनजान, रुप अनेक जे जे छ, त्यो यर्थात पनि हो ।

अक्सर त्यो संग जोडिएको हाम्रो घमण्ड भने यर्थात होईन । मान्छे भएर जन्मीए पछि, उदेश्य अनुसारको आफ्नो गन्तव्यमा पुग्नको लागि शुरु गर्नुपर्ने हजार माईलको यात्रा अवश्य दुई पाइलाबाटै तय हुन्छ । तर फरक यति मात्रै हो, कसैलाई दुई पाईलामै ठेश लाग्छ त, कसैको सफर सहजै चलिरहन्छ । महाकवि ‘देवकोटा’ले लेखेका थिए, ‘फलेको बृक्ष नझुकेको कहाँ छर ।’ अझ स्वामी विबेकान्दले त भनेका छन् । जो ‘झुक्न जान्दैन, उ जीउन पनि जान्दैन’ हो, मान्छेको चोला एक दिन संसार छोड्नु छ । तर बाजुन्जेल घमण्ड केका लागि । आफ्नो गन्तव्यको दौडानमा सँधै म बलियो छु, क्षामतावान छु, भन्ने जस्ता घमण्डले मात्रै चल्दैन । त्यसमा बुद्धि र बिवेकपनि चाहिन्छ । हुन त, त्यस्ता घमण्डीहरुले न भुईको धुलो देख्छन्, नत ढुंगानै, जब यात्रामा ढुंगा ठेश लाग्छ नि, त्यो बेला उसंग रतिभर सहनसक्ने क्षमता हुँदैन । किनकी उसले ढुंगा नदेखेको होईन, तर घमण्डले देखेन अन्तत, बैशागि उसको साहारा बन्छ । यहाँ यस्ता घमण्डी नमुना मान्छे हाम्रो समुदायमा प्रसस्तै छन् । आफु कहिले पनि नमरुला, सबथोक पुगेको जस्तो गर्ने घमण्डि महासय खोज्न सायद कुनै पहाड र पाटन चहार्नु पर्दैनहोला ।

मलाई लाग्छ, एक यस्तो गित पनि आउने छ , ‘काल मृत्यु भन्दा ठुलो कोहि छैन् ।’

एक यथार्थ कहानी सुनाउँछु, हुन त कसैलाई अलि बढि प्रोत्साहन गरेजस्तो लाग्ला । करीब ५८ वर्षको हटकट, हेर्दै खाईलाग्दोे, जसले समाजलाई र समाजले उसलाई राम्रोसँग चिनेको मान्छे । जो मेरो लागि मात्र होईन, मेरो समुदायको आँखामा बस्दा पनि नबिजाउने, मनमा बस्दा सजिलै अट्ने मान्छे । म कुरा गर्दै छु, मेरै प्रिय आदरणिय ठुला बा बाको । चुरोट बिडी नखाने, कहिले ठुलो स्वरले नबोल्ने, गाँउको उकालीओराली सजिलै चड्न सक्ने, स्वाशप्रश्वास झन् उत्तम, खाना सजिलै पचाउने उनै ठुला बाबाले भनेको एउटा कुरो सँधै सम्झानामा आँउछ । उहाँले भनेकि थिए, ‘अझै म १०÷१५ वर्ष सजिलै बाँच्न सक्छु, मलाई केहि हुदैन् ।’ यो उहाँले दैनिकजसो भनिरहने शब्द हो । दैवको लिला पनि अपरम्पार छ, त्यो न उहाँको घमण्ड थियो, न कुनै अहंकार । मात्र थियो त विश्वास । अन्तत ः आखिर उहाँलाई दैवले नि छोडेन । आखिर हामीबाट सदाका लागि चुँडेर लग्यो ।

उफ……..आज मेरा ठुला बा म संग छैनन् । अहिले उहाँको स्वर्गारोण भएको डेढ वर्ष बित्यो । उहाको बाँच्ने रहर र विश्वासको घमण्डसँग दैबले मृत्युको सजाय साट्यो । पहिलो दिनको बिराम, दोस्रो दिनको भेटघाटपछि तेस्रो दिनको मरण, मेरा ठुला बाबासँगको कटुसत्य कहानी हो । यहाँ कोहि विश्वासले घमण्ड देखाउँछ, कोहि आफ्नो बल बृद्धिले । तिनै महासयहरु समाजमा आफुलाई आफै अब्बल ठान्छन् । मेरो समाजमा पनि त्यस्ता केहि दृष्यहरु छन् । जसले आफ्नो गन्तव्य भोली चिहान हो, भन्ने विर्सेका छन् । जसका कारण, सँधै तेरो…मेरो, आफ्नो पराईको ब्यवहार गर्छन् । अँझ श्रीमती र श्रीमानबिच पनि तेरो मेरोको घमण्ड चलेको देख्छु । आखिर घमण्डका बीचमा प्रेम गर्दाका भावनात्मक कुराहरु त्यति मिल्दा जुल्दा वा दिगोपना देखिदैनन् । ‘दुईदिनको चोला, भोली के होला के होला’ केसैको जिबन सुनिश्चत छैन् । यहाँ हरेक व्यक्ति समुदायमा एक एक घमण्डको उदाहरण छ । तर पछिल्लो समय माया गर्ने जोडीहरु पनि निकै घमण्डको आडमा आफुले आफैलाई अब्बल ठान्दछन् । घरमा घमण्डी महिला र देशमा घमण्डी नेता भयो भने सायद उसले आफ्नो मात्रै होर्यन, समग्र घरदेखि देश बिग्राछ । भनाई छ, ‘घमण्डले भरिएको मान्छे र हावाले भरिएको बेलुन उस्तै हुन्’ तिनिहरु एकदिन आफै फुट्छन, त्यसपछि मात्र आफ्नो अन्तिम गन्तव्य पहिचान गर्छन् । सुख मान्छेलाई त्यो समय हुन्छ, जब चियानमा आफ्नै चिता दनदनी जलिरहेको हुन्छ । यहाँ मान्छेहरु गन्तव्य विर्सेर घाटमा जाँदा, छातीमा लिन्छु जस्तो गरी सधै धन सम्पत्ति कै पछि दौडेका छन् । एक मन हुनेको जवाना छैन् । हुनत मनले मात्रै त संसार चल्दैन । तर धन हुने, पावर हुनेहरु आफ्नो गन्तव्य सम्झेर किन घमण्ड त्याग्दैनन् । कि धन हुनेहरुको जल्ने ठाउँ फरक छ, होईन भने जति कुरा गरेपनि बाँचुन्जेल खानु पर्ने भातै हो, मरेपछि जानु पर्ने घाटै हो । कहिले त्यस्ता घमण्डीको घैटोमा घाम लाग्ला । के हामीलाई हाम्रो मृत्युको समयमा हाम्रा आफ्न, छोराछोरी, रुप, धनसम्पत्तिको घमण्डले बचाउन सक्छ त । अवश्यपनि सक्दैन । भनिन्छ, ‘नि आयो टप्प टिप्यो, लियो कालले टारेर टर्दै न त्यो’ धार्मिक विश्वास अनुसार आखिर जब यमराजले काल पठाउँछ, त्यो बेला हामीले सबै त्यागेर छोडि जानू छ ।

हो….जीवन छोटो छ । जिबनलाई राम्रोसँग बुझेका पनि छौ । जिन्दगि आज छ भोलि छैन् । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । म एउटा उदाहरण भन्छु, जनयुद्ध लडेका नेता प्रचण्डका पुत्र प्रकाशसँग आखिर के थिएन र । उनलाई के कुराको अभाव थियो । देशनै मुठिमा लिने बाबू थिए । प्रयाप्त धन सम्पत्ति । दुईवटा श्रीमती, बच्चा र आमाको धेरै माया । कुनै अभाव झेल्नु परेको थिएन प्रकाशलाई । तर प्रकाशको मृत्युले अहिले उनका सबै आफन्त एक्लीएको महशुस गरीरहेका छन् । एक छोराका मालिक प्रचण्ड अहिले उत्तराधिकारी बिहिन बनेका छन् । प्रचण्ड नेतृत्वको युद्धकालमा कतिका ज्यान गए, कतिका घरबार बीहीन थिए । कतिले रगतका आँसु रुवाए । तर प्रचण्डले आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ, भनेर सायद कल्पना पनि गरेका थिएनन् । जब पशुपति आर्यघाटमा प्रचण्डले आफ्नो छोरालाई दागबत्ती दिंदा हातहरु थरथरी कामीरहेका थिए । आँखाबाट बर्षा भैरहेको थियो । त्यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन । त्यसैले मृत्यु भन्दा ठुलो नै के छ र । चाहेको हुँदैन, नसोचेकै हुन्छ ।

अँझै भनुँ…..दिन का दिन पार्टी र मोजमस्ती गर्ने अनि तरुनी र पैसाको लतले मस्त भएकाहरुको पनि मृत्यु पिडा के छुटै छ र ? अवशय छैन । व्यक्तिका घमण्डी बानीले आफ्नो जल्ने चियानै फरक भए जस्तो गरेपनि आखिर मुत्युले कसैलाई भेदभाव गर्दैन । जे हुनु छ भएरै छाड्छ । अनि त सबैको अन्तीम स्थान गन्तव्य चिहान बन्छ । हो, सडकमा बसेर मागेर खानेकोदेखि मानसिक समस्या भएकाको समेत अन्तिम गन्तब्य भनेको चिहान नै हो । जब हामि मरेर जान्छौं नि, त्यो बेला श्रिसम्पत्ति अनि नातागोताले रोक्नै सक्दैन । त्यसैले नगरौं व्यर्थको अभिमान, नगरौं व्यर्थैको घमण्ड । मेरो सम्पत्ति छ, मेरो नाता, मेरो रुप को कुरा छोडौ । उ बेला मानिसको पुर्खा बाँदरहरु जसरी आफ्नो समाजमा बस्थ्ये । आज पनि उस्तै छन् । उनिहरुमा कुनै जात, भात, रंगको विभेद छैन । भएजति मिलेर खान्छन्, नभए भोकै डौडिन्न् । उनिहरुमा सँधै अर्काको जबरजस्ती खोसेर खानुपर्छ भन्ने घमण्ड छ । त्यसैले एक्काईसौ शताब्दीका हामी ज्ञानी मानिसले बाँदरको जस्तो घमण्ड नगरौ । समाजमा सबैसँग मिलेर बस्न सिकौ, सहि तरीकाले नेतृत् वगर्न सिकौ । जीवन छोटो छ एक दिन अबश्य जजेर अनि खरानी बन्नु छ । घर बनाउन श्रीमतीले घमण्ड त्यागौ, देश बनाउन नेताले घमण्ड त्यागौ, तेरो मेरो, धन सम्पत्तीका कुरा नगरौ, दुखमा पनि हाँस्न सिकौ, सधै झुकेर बाच्न सिकौ, सहयोगी हात पढाउ । जलेर नष्ट हुने भौतिक जिबनलाई उदाहरणिय व्यक्तित्व, सत्कर्म, सहयोगी भावना, सदाचार अम्मर रहने तरीकाले बिताँउ । जन्मले मात्रै कोहि व्यक्ति महान हुदैन, महान त उचित कर्मले मात्रै हुन्छ । अर्थात सकारात्मक व्यवहार, आचरण तथा धैर्यले मात्रै । होईन भने अन्तिम गन्तब्य चिहान भएका हामी सबै घमण्डले हिजो र आज जस्ता छौ । अँझ त्यो भन्दा बढि भोली मर्यतुल्य मुनष्य हुनेछौ ।

लेखक ः परियार यस कर्णाली पोष्टका सहसम्पादक समेत हुन् । उनि कारोबार राष्ट्यि आर्थिक तथा निर्माण मिडिया नेटर्वकमा पनि कार्यरत छन् ।

तपाईको प्रतिक्रिया