हामी सिजाली बोलको गित सार्वजनिक

जुम्ला ः सिजा गाउँपालिकाका मोहन विक्रम शाहीको शब्द तथा लय संकलनमा हामी सिजाली बोलको गित बजारमा आएको छ । शब्द तथा लय संकलनका धनी शाहीले शनिबार जुम्लाको सदरमुकाम खलंगामा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त गितलाई सार्वजनिक गरेका हुन् ।

सिजा सव्यताको विशाल इतिहासलाई गितका माध्यमबाट चिनाउनु पर्छ भन्ने उद्देश्यका यहाँका इतिहास झल्काउने शब्दहरु संकलन गरेर बजारमा हामी सिजालीको बोलको गित ल्याएको उनले बताए । अहिले अध्ययन भन्दा पनि गित संगितका माध्यमबाट सबैमा छिटोछरितो खबर पुग्ने भएकाले यहाँका स्थानीय कलाकार, भेषभुषा, रैथाने बाली उत्पादन र पर्यटकिय गन्तव्यलाई चिनाउन यो गितको महत्वपुर्ण भुमिका रहेको कलाकार शाहीले बताए ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीका अनुसार अहिले नेपाल सरकारले सिजा सव्यतालाई पर्यटकिय गन्तव्यको रुपमा सुचिकृत गरेको छ । यो गितले पनि सिजाको इतिहासलाई झल्काउने खालको गित बजारमा आएकोले सिजामा पर्यटकहरु बढी नै आउने उनले बताए । हाम्रो जुम्लामा धेरै पर्यटकिय गन्तव्यहरु अझै ओझेलमा छन् यिनै गिता तथा पत्रकारले समाचारका माध्यमबाट बढी प्रचारप्रसार गर्ने र यहाँको समृद्धिमा टेवा पुग्ने हेतुले काम गर्ने बताए । हामी सिजाली बोलको गितमा सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल, प्रमुख प्रशाकिय अधिकृत टोपबहादुर बुढा सहित वडाध्यक्ष लगायत स्थानीय कलाकारले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस