दाङ प्रहरीले सुरु गर्यो रेडियो प्रविधि

आईतबार, २१ माघ २०७४

घोराही । नेपाल प्रहरीले दाङमा डिजिटल मोबाइल रेडियो प्रविधि शुक्रबार सुरु गरेको छ । प्रहरी महानीरिक्षक प्रकाश अर्यालले उक्त प्रविधिको एक समारोहबीच उद्घाटन गरे ।

दाङ प्रहरीले यस अघि रेडियो संचारको प्रयोग गर्दै आएको थियो । कार्यक्रममा प्रहरी महानीरिक्षक अर्यालले डिजिटल मोबाइल रेडियो प्रविधि सुरु भएसँगै प्रहरीको सेवा प्रभावकारी हुने बताए । उक्त प्रविधिको प्रयोगले ड्र्युटीमा भएका प्रहरीको लोकेशन दिने र घटनास्थलमा चाँडै पुग्न सहज हुने बताए ।

महानीरिक्षक अर्यालले संचार उद्यमी देवीप्रसाद धितालका हत्यारा पत्ता लगाउन प्रहरी सक्रिय भएर लागेको समेत बताए । धितालको २०६६ सालमा हत्या भएको थियो । प्रहरी नायव महानीरिक्षक डा.राजीव सुब्बाले डिजिटल मोबाइल रेडीयो प्रविधिले अपराध नियन्त्रण प्रभावकारी हुनुका साथै इमान्दारी पूर्वक ड्युटी नगर्ने प्रहरी अधिकारीलाई नियमन समेत गर्ने बताए ।

कार्यक्रम प्रदेश ५ का प्रहरी प्रमुख डीआइजी मधुप्रसाद पुडासैनीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा दाङ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ समेतको सहभागिता थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस