वाइडबडी खरिदको छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

काठमाडौं । नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी जहाज खरीद प्रकरणमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले उपसमिति बनाएको छ। समितिको बुधबार बसेको बैठकले वाइड वडी खरिद प्रकरणको अनियमितताका विषयमा छानविन गर्न उपसमिति बनाएको हो।

राजन केसीको संयोजकत्वमा उपसमिति बनाइएको लेखा समितिका सभापति भरतकुमार शाहले बताए। उपसमितिमा सांसदहरु प्रेम आले, धर्मशीला चापागाईं, मिना पुन, चन्दा चौधरी, प्रदीप यादव, र कृष्णलाल महर्जन सदस्य रहेका छन्। उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन लेखा समितिले समयअवधि तोकेको छ।

प्रतिक्रिया दिनुहोस