मुगुकि गर्भवती शिक्षिकाको हत्यामा संलग्न पक्राउ


हत्या गरिएकी शिक्षिका । तस्बिर ः नेपाल प्रहरी

काठमाडौँ । एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले एकै दिनमा पक्राउ गर्न सफल भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले यही आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भइ टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ पर्नेहरुमा मुगुको सोरु गाउँपालिका–८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायानाथ रारा नगरपालिका–१ की २६ वर्षीया भगवती मल्ल, छायानाथ नगरपालिका–१ का २१ वर्षीय गान्डिपराज मल्ल र पोखरा महानगरपालिका–८ की २३ वर्षीया रिता केसी रहेका छन् ।

उनीहरुले अजिताको टोखा नगरपालिका–८ मिलनटोलस्थित तारानाथ अर्यालयको घरमा हत्या गरेर फरार भएका थिए । उनीहरु सबैजनलाई अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट सोमबारै पक्राउ गरी हिरासतमा लिएको हो । हत्यामा संलग्न सबैले बयानका क्रममा घटना स्वीकार गरेको पनि एसएसपी सिंहले बताए । अन्नपुर्ण पोष्टबाट साभार

तपाईको प्रतिक्रिया