भालुको आक्रमणबाट जुम्ली युवक गम्भिर घाइते


क.पो संबाददाता

जुम्ला । जंगली जनावर भालुको आक्रमणबाट जुम्लामा एक युवक गम्भिर घाइते भएका छन् । बुधबार दिउसो भएको भालुको आक्रमणबाट चन्दननाथ नगरपालिका – ८ जातीभिडका १८ बर्षीय जीवन कामी गम्भिर घाइते भएका हुन् । सोही गाउँको कानचौर भन्ने जंगलमा घरायासी प्रयोजनका लागि निगाला ल्याउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो ।

प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार गम्भिर घाइते कामीको अनुहारमा भालुले चिथोरेर सक्त घाइते भएका छन् । भने अनुहार नै चिन्न नसकिने गरी छेदविच्छेद भएको छ । गम्भीर घाइते कामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको छ । उनलाई उपचारका क्रममा ओ पोजेटिभ रगत आवश्यक भएको र रगत नपाउदा समस्या भएको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया