नागरिकको असहयोगले सुरक्षा चुनौती बढ्दो


सागर परियार जुम्ला

जुम्ला । विभिन्न कार्यक्रममा एकोहोरो रुपमा प्रहरीले शान्ती सुरक्षा दिन सकेन, अपराध नियन्त्रण गर्न सकेन, चोरी डकैती बढ्यो, दोषी समातिएनन, घरेलु हिंसा बढ्यो तर प्रहरी कता हेरेको छ । नभन्ने नागरिक साहेत कमै भेटिएका छन् । शान्ती सुरक्षाका लागि प्रहरीनै सबथोक हो भन्ने मानसिकता अझै कायम छ । जसले गर्दा प्रहरीलाई काम गर्न निकै अप्टयारो भएको अबस्था छ । सधै प्रहरीले गर्न सकेन भन्न अग्रसर हुने नागरिकले आफु पनि एक बिना ब्रदीको प्रहरी हुँ, सहयोग समन्वय सुचना बिना प्रहरीले पनि केहि गर्न सक्दैन भन्ने कुरो सोच्न भ्याएकै छैन् । जसका कारण, प्रहरी प्रशसान नागरिक द्धारा असहयोगको सिकार बनेका छन् ।

जुम्लामा बढ्दै गएका अपराधिक क्रियाकलपाहरु प्रहरीकै कमजोरी गर्दा भएको जस्तो नागरिकको बुझाई छ । दोषी लाई समात्न, घरेलु हिंसा, जुवाताज, राजरक्सी नियन्त्रण गर्न एक सच्चा नागरिक हिसाबले सबैको उत्तिकै दायित्व छ । तर पनि सबैथोक प्रहरीनै हो भन्ने गरिब मानसिकता नागरिकको बढ्दो असहयोगले गर्दा जुम्लामा सुरक्षा चुनौती बढेको डिएसपी सिताराम रिजालले बताए । उनले भने,जुम्लामा शान्ती सुरक्षा प्रत्याभुत गर्न चुनौतीका चाँङ छ । तर अरु भन्दा नागरिकको असहयोग प्रहरी प्रतिको अविश्वासनै सुरक्षाको मुख्य बाधक भएको डिएसपि रिजालको भनाई छ । जुम्ला भौगोलिक, स्रोत साधनको कमी, संचारको पहुँच नहुनु, जनशक्ति अभाव पुर्व लडाकु क्रास जडिबुटि र नागरिकहरुको अविश्सा शान्ती सुरक्षाका मुख्य चुनाती रहेका छन् ।

डिएसपी सितारम रिजालले भने, नागरिको सहयोग बिना प्रहरी आर्फैले केहि गर्न सक्दैन, सबै संग सहकार्य तथा समन्वय गरी जुम्ला लाई शान्ती सुरक्षामा नमुना बनाउने लक्ष्य रहेको दाबी गरे । गत वर्षको तुलनामा अपराधिक गतिविधि घटेको तथ्यांक छ । गत वर्ष विभिन्न प्रकृतिका घटना ९२ घटेका थिए । भने यो वर्ष हाल सम्म ३७ मात्रै घटना घटेको उनको भनाई छ । हाल जुम्लाको सुरक्षा अबस्था सामान्य रहेको छ । अझै अपराधिक गतिविधि नियन्त्रणका लागि कार्यालय हातमा सिसि टिभी जडान, सेवा ग्राहिलाई सुचना तथा चेतनाका लागि प्रतिक्षालयमा टिभी जडान, कदीबन्दी पुस्तक वितरण, गाउँ गाउँमा लैगिंक हिंसा नियन्त्रण संजाल गठन लगायतका गतिविधि वर्तमान अबस्था संचालन गर्न लागेको उल्लेख गरिएको छ ।

बेला बेला विद्यार्थी, स्थानीय लाई पनि ट्राफिक नियम पालानाको बारेमा सचेत गराउने गरिएको छ । भने, यस आर्थिक वर्षको हाल सम्म सवारी कार्बाहि बाट ट्राफिक प्रहरीले ७ लाख ४० हजार बराबरको राजश्व संकलन गरेको जनाइएको छ । अदालत बाट दोषी ठहरिएका झण्डै ४ महिला ५२ जना पुरुष गरि ५६ जना अपराधि फरार रहेका छन् । जुम्लामा आबश्यक दरबन्दी अनुसार ८० जना जनशत्तिः कम रहेको २ सय २० जना प्रहरीले जुम्ला जिल्लाभरी शान्ती सुरक्षा दिएको अबस्था छ । जुम्लाका ट्युसन कक्षाहरुमा पनि प्रहरी भेटाघाट कार्यक्रम गरिने प्रहरी सहायक निरिक्षक प्रकाश केसीले बताए ।

उनका अनुसार, ट्युसन कक्षामा विभिन्न विषयमा प्रशिक्षण गराईने छ । तर अपराधिक गतिविधि लाई शुन्यमा झार्नका लागि नागरिक र प्रहरी बिच समन्वय तथा सहकार्यको अरु विकल्प नरहेको जुम्लाका संचारकर्मीको भनाई छ । कानुनको पालाना गर्ने कर्तव्य रहेक नागरिकको छ । सधै प्रहरीको मुख ताक्ने प्रबृतिको अन्त्य नगरे सम्म शान्ती सुरक्षा प्रभावकारी नहुने निष्र्कष निकालिएको छ । जुम्लामा सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार संग गरेको छलफलमा यस्तो निष्र्कष निकालिएको हो । पत्रकार सम्मेलन गरी जिप्रकाले आफ्ना विभिन्न गतिविधि सार्वजानिक गरेको छ ।

तपाईको प्रतिक्रिया