यसरी ल्याउन सकिन्छ बाल समृद्धि ः नाभीडाँडा विद्यालयबाट सिकौ

नन्दराम जैसी,

घरदेखि विद्यालयसम्म बालमैत्री बातावरण
जुम्ला । घरदेखि विद्यालयसम्म बालमैत्री बातावरणले नाभीडाँडा आधारभुत साँपुल्लिमा अध्ययनरत बालालिकाको पढाईमा सुधार आउँदै गएको छ । विद्यालयमा बालमैत्री पढाई, खेल, उदाहरण तथा विभिन्न शैक्षिक तथा मनोरञ्जनका क्रियाकलद्धारा बाल समृद्धि ल्याउने कार्य भैरहेको छ । भने तिनै बालबालिकाको लागि प्रत्येक घरघरमा अभिभावकहरुले संभव भए घरको छुट्टै कोठा वा नभए एउटै कोठाको एउटा कुनामा भएपनि पढाई कक्षाको ब्यवस्थापन गरी सजिलै पढ्ने बातावरण मिलाई दिएका छन् ।

अभिभावक प्रसिद्धिका सिंहलेभनिन्, ‘छोरी सम्झना पहिले पहिले विद्यालय जान मान्दिन थिई, तर अहिले विद्यालयदेखि घरसम्म पढाई कक्षाको ब्यवस्थापनले सहजै स्कुल जान्छ ।’ उनिजस्तै साँपुल्लि गाँउका ५० बढि विदालय जना नमान्ने बालबालिकाहरु समेत अचेल सहजै विद्यालय जान्छन् । पहिले कखरा नजान्नेले पनि अहिले सजिलै अक्षर चिन्न सक्ने भएका छन् । बालबालिकालाई विद्यालयमा शिक्षक, शिक्षिकाले होमवर्क दिने र त्यो होमवर्क आफ्नो बालबालिकाले गरे नगरेको बिषयमा घरमा आएपछि मायालु तरीकाले सोध्ने बुझ्ने गरेको अभिभावक ममता शाहीले बताईन् । वल्र्डभिजन ईन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा संचालीत शिक्षा परियोजना अन्र्तगत पढाई कक्षाका कारण यसरी नाभीडाँडा आधारभुत साँपुल्लिमा अध्ययनरत बालबालिकाको पढाई गुणस्तर निकै सुध्रिदै गएको छ ।

सांकेतिक चिन्हले आनीबानीमा सुधार
नाभीडाँडा आधारभुत विद्यालयमा प्राय ः २ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकाहरु अध्ययनरत छन् । अधिंकाश विद्यार्थी पहिले शौचालय हुँदा पनि खुल्ला रुपमा दिसापिसाब गर्थे भने खानेपानीको धारा मैत्रीपूर्ण नहुँदा त्यसको पहुँचमा पनि थिएन । ज्ञानको अभावले कुनै अप्ठ्यारो नमानी शौचालय छोडी बाहिर दिसापिसाब गर्नु बालबालिको गल्ती भएपनि उनीहरुलाई बुझाउन नसक्नु विद्यालयको कमजोरी थियो । कतिपय छात्राहरु महिनावारी हुँदा विद्यालय समेत जाँदैन थिए ।

प्रधानाध्यापक मान बहादुर शाहिले भने, “बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा पु(याउन कुनै जुक्ति थिएन, तर, किर्डाक नेपालको शिक्षा कार्यक्रमले शौचालयसहित खानेपानी र हात धुने बानीको विकास गर्न सांकेतिक चिन्ह बनाएपछि बालबालिकाको आनीबानीमा सुधार आएको छ ।’ संकेतका आधारमा पनि विद्यार्थी शौचालय जान थालेका छन् । शौचालयबाट आएर धारामा हात धुने पानी पिउने बानीको विकास भएको छ । विशेषगरी कक्षा १ देखि ३ सम्म पढ्ने साना बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा ल्याउन गाह्रो थियो । तर किर्डाक नेपालद्वारा शौचालय र धारामा सांकेतिक चिन्ह बनाउने अवधारणाअनुसार निर्माण गरिएपछि बालबालिकाहरु शौचालय गएपछि अनिवार्य हात धुन थालेको उनको भनाइ छ । अहिले फोहोर व्यवस्थापन पनि कम हँुदै गएको छ ।

किर्डाक नेपाल जुम्लाका शिक्षा परियोजना फिल्ड अधिकृत नरबहादुर शाहिका अनुसार विद्यालयमा बालबालिकालाई शौचालयको प्रयोग र खानेपानी धारामा पहुँच वृद्धि गर्न, हात तथा खुट्टाको चित्र बनाइएको छ । शौचालय जानका लागि खुट्टाको चित्र बनाइएको छ । धारामा हातको चित्र कोरिएको छ । जसले सहजै रुपमा बालबालिका शौचालय जान्छन् र धारामा हात धुन्छन् भन्ने परिकल्पना अनुसार सांकेतिक चिन्ह कार्यक्रम प्रभावकारी बनेको हो । हरेक दृष्टिकोणबाट बालबालिकाको समृद्धि तथा शिक्षाका लागि काम भैरहेको उनले बताए । विद्यालयमा फोहोर फाल्ने वा जलाउने खाल्डो पनि बनाईएको छ । आगामी दिनमा अन्य विद्यालयमा पनि यो अवधारणा विस्तार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस