व्यवहारिक शिक्षा आजको आबश्यकता ः शिक्षक विजय पाल सिंह


टिकाउ विकाउ र सिकाउ शिक्षा आजको आबश्यकता हो । तर पनि अहिले शिक्षा व्यापारी रुपमा अघि बढेको पाईन्छ । विद्यार्थी, शिक्षक अभिभावक, विभिन्न सरोकारवाला हरुले आफ्नो कर्तव्य तथा दायित्व नबुझ्दा शिक्षा क्षेत्र अन्यौलमा छ । अहिलेको शिक्षामा नयाँ आयाम दिन लामो समयका अनुभवी जनता माविका शिक्षक विजय पाल संग कर्णाली पोष्टकर्मी सागर परियारले कुराकानी गरेका छन् ः
१, कस्तो शिक्षा लाई गुणस्तर भन्ने ?
नमुना शब्दमा आफैमा पुर्ण शब्द हो । भन्नु जतिकै गर्नु त्यति सजिलो पनि रहेनछ । मेरो भोगाई अनुसार आर्थिक, भौतिक, नैतिक पक्षको मिलान भएर बनेको शिक्षा गुणस्तर होला तर हाम्रो मानसिकता शिक्षा लाई एक व्यापारको संज्ञा दिन्छौ । अनि आफै गुणस्तरको कुरा गर्छौ । त्यसैले शिक्षक, विद्यार्थी र अभिभावक सरोकारवाला सबैले निरन्तर निगरानी, शिक्षामा प्रयाप्त लगानी भएको शिक्षा गुणस्तर शिक्षा हो । त्यता तर्फ जुम्लाको शिक्षा उन्मुख भईरहेको अबस्था छ । नारा र भाषणमा गुणस्तर शिक्षा भनेर सम्भव छैन् जस्तो लाग्छ ।
२, परिक्षा कडा गरि गुणस्तर आउन्छ त ?
परिक्षाले कुनै पनि विद्यार्थीको शिक्षाको गुणस्तर मापन त हुन्छ । तर परिक्षामा मात्रै कडा गरेर होईन । हजुरले भनेजस्तै, हाम्रो संस्कारनै ठयाक्कै उल्टो देख्छु यो सबालमा, कसरी भने, शिक्षक, अन्य सरोकारवालाहरु परिक्षाका बेला मात्रै कडाईको कुरा गर्छन्, अनि विद्यार्थीहरु भने, परिक्षाकै बेला मात्रै पढ्ने चटारो देखाउन्छ । जसले गर्दा हाम्रो शिक्षा जहाँको त्यहि छ । परिक्षा आफैमा कडा तब हुन्छ ।

जब, वर्षभरि अध्यायन हुन्छन, विद्यार्थीको चाहाना अनुसार पठनपाठन हुन्छ, विद्यार्थीमैत्री वाताबरण तर त्यस्तो काँहि कतै भएपनि विना लगानी, हामी उपलब्धी खोजिरहेका छौ । त्यसैले परिक्षा भन्दा वर्ष भरीको अध्यायपन कार्य बलियो बनाउनु पर्छ जस्तो मलाई लाग्छ । परिक्षा आफै मर्यादित पाटो हो यसलाई व्यवस्थित बनाउन सबै शिक्षक विद्यार्थीले परिक्षामा होईन पठनपाठनमा व्यवहारिक तथा कडा हुनु पर्ने हुन्छ ।
४, हाल जुम्लाको शैक्षिक अबस्था के हो ?
शैक्षिक अबस्था भन्नु पर्दा धेरै नराम्रो पनि होईन, सारै राम्रो पनि हैन्, मध्यम खालको छ । तर,सहि व्यवस्थापन नहुँदा यहाँका विद्यार्थी सुतिरहेको, शिक्षक हिडिरहेको अबस्था छ । घरमा सो अध्यायनको छैन्, विद्यालयमा घरबाट कहिले पनि पढाईको समस्या ल्याएर विद्यार्थी आउदैनन् ।

अलिकति राजनीति क्ुराले पनि शिक्षा क्षेत्र लाई पनि प्रभाव पारिरहेको अबस्था छ । तर आज सम्म मेरो जुम्लामा २४ वर्षको अनुभवल शिक्षामा गुणस्तरका लागि सबै शिक्षकहरुले आफ्नो मतिबुद्धी भ्याए सम्म काम गरिरहेका छन जस्तो लाग्छ । अझै पनि आफ्नो अनुभव देखाउने सहज वाताबरण पाएका छैनन् । जुम्लाका शिक्षा वर्तमान समयमा एक उचाईमा त पुगेको छ । अझै धेरै खुटकिलाहरु बाँकी रहेको मेरो कार्यअनुभवले भन्छ ।
५, त्रिकोणात्मक सम्बन्ध कस्तो देख्नु हुन्छ ?
सबै भन्दा दुखको कुरै नै यहि छ जुम्लाको शैक्षिक क्षेत्र पछि पर्नुमा यहाँका अभिभावक पहिलो कारण हुन । किन भने, विद्यार्थी प्ुरै सुतेका छन् । तर अभिभावक भने, सुतेको नाटक गर्छन् , आफ्ना छोराछोरीको प्रगती विद्यालयको अबस्था के छ भन्ने विषयमा अभिभावक कहिले पनि चासो दिदैनन ।

टिकाटिप्पणी गर्ने वाताबरण धेरै छ । यहाँ गर्नेलाई प्रोत्साहन छैन्, विग्रानेलाई सुझाब पनि छैन् । त्यसले अबको अभियान अभिभावकहरुलाई चेतना दिने पनि छ । अब कुरा विद्यार्थीको, रहेकको शुरुवात विहानी बाट हुन्छ भने झै बालबालिकाको पहिलो पाठशाला घर हो, जहाबाट उनिहरुले संस्कार पाएका छैनन्, । शिक्षकहरुको सन्दर्भमा त के हो भने, कोहि कोहि हुन्छन् ठग्ने तर समग्रमा कर्तव्य पुरा गरेकै हुन्छन् । त्रिकोणात्क सम्बन्ध नभई हुदैन् सबै लागि पर्नु पर्छ मेरो विचारमा ।

६, पाल सरको चर्चा धेरै छ, किन ?
शिक्षक पेशा मेरो रोजाईको पेशा । चर्चाको कुरा गर्दा, निकै खुसी लाग्यो मलाई । कुनै पनि व्यक्तिको सफल्ता चर्चा पछि धेरै कथाहरु हुन्छन् । हजुर लाई भनौ, मेरो सबल पक्ष भनेको कुनै पनि विद्यार्थी लाई पढाउनु भन्दा, पहिले उसको ईच्छा, लेभल, चाहाना लाई पढ्ने गर्छु, अनि पढाउन्छु । जसले गर्दा विद्यार्थीले सजिलै बुझ्छन् ।

सोहत त्यसैले तपाईको ट्युसनमा बढि विद्यार्थी आएको ? मैले यहि हो भन्न सक्दैन् । साहेत मेरो पढाउने, बुझाउने शैलीबाट विद्यार्थी सुन्तुष्ट छन् होला, विद्यार्थीको अपार माया छ । अनि मेरो प्रसंसा पनि सुन्दा खुसी लाग्छ । प्रसंशा शिक्षा क्षेत्रमा अझै सेवा गर्नु पर्छ भन्ने जिम्मेवारी बढेको महसुश हुन्छ । जे होस सबैले धेरै माया विश्वास गरेको छन् । पाल टय्सन सेन्टर सबैको विश्वासको आधार बनाउने छु । र यसलाई व्यपार होईन सेवाका रुपमा अघि बढाउने प्रयास छ ।

६, शिक्षा क्षेत्रका समस्या के हुन् ?
म पनि यी भन्ने हतारमा थिए । ठयाक्कै प्रश्न गर्नु भयो, समस्याका कुरा गर्नु हुन्छ भने,धेरै छन् । आबश्यक समित परिपुर्ति समिति हुदो रहेछ, हेर्नुुस । जति केहि फरक गर्दै गयो, थप समस्या बढ्दै जाँदा रहेछन् । पहिलो समस्या अभिभावकले विद्यालयको विषयमा चासो दिदैनन्, दोस्रो कुरा दरबन्दी अनुसारका शिक्षकहरु छैनन्,

मैले अघि पनि भने, केहि गर्न खोज्दा सात दिने भन्दा पनि बढि कुरा काट्नेहरुको जमात छ । धेरैका भनाईसहेर पनि काम गर्नु पर्ने अबस्था छ । प्रगतीकामा बाधा सानो समस्याले पनि गर्छ, त्यसले साना तिना समस्या थुप्रै छन्, मेरो त्यस्ता समस्यालाई छिचोल्दै एक नमुना विद्यालय बनाउने प्रयास छ । सकल्प छ हामी सफल हुन्छौ । विद्यालय क्षेत्रलाई नमुना बनाएरै छाड्छौ ।

७, तपाईको शिक्षण पेशाको अनुभव भन्दिनुहोस न ?
मेरो रोजाईको पेशा शिक्षा भएकै कारण आज म सफल भएको छु । अनुभवको कुरा गर्नु भयो । शिक्षा क्षेत्र विद्यार्थी संग लडिबुडि गरेको अहिले २४ वर्ष वित्न लाग्यो । २०५१ साल बाट दाङ, नेपालगन्ज हुदै जुम्ला सम्म पुगेर २४ वर्ष शिक्षण पेशाको अनुभव छ ।

८, जुम्ला चाहि कहिले आउनु भयो ?
म जुम्लामा २०५९ सालमा आएको हुँ । शुरुमा डिल्लीको ऋणमोक्ष माविमा पढाए झण्डै ७ वर्ष पछि २०६६ सालमा जनता मावि महतगाउँमा पढाउन शुरु गरे अहिले पनि कार्यरत छु । विज्ञान र गणित विषयको राहात शिक्षकका रुपमा अध्यायपन गराईरहेको छु । त्यति बेलाका दुख कष्ट सहेर पढियो, शिक्षक पेशा आफैमा सेवा र दानी छ ।  अरुलाई डाक्टर पाईलट, ठुला नेता पत्रकार बनाउने र आफु त्यहि रहने पेशा रहेछ । तर पनि मेरो शिक्षण पेशाको अनुभवले सबैको मन जित्न प्रयास गरेको छु । साना बालबालिका देखि ठुला सम्म घुलमिल भइएको छ । शिक्षण पेशा एक घृणित हो भनेपनि मलाई यहिनै सर्वपरि छ ।

९, अन्त्यमा केहि भन्नु छ ?
कर्णाली पोष्ट लाई धेरै धन्यबाद विचार राख्ने अबसरका लागि । भन्नै पर्ने कुरो, अब एसईईको तयारी गरिरहेका विद्यार्थीहरुले कार्यतालिका बनाएर पढनु होला, ग्रडिङ प्रणालीले फेल भईदैन भन्ने भरमलाई त्याग्नु होला । निकै मेहनत र परिश्रम गरेपछि पक्कै पनि बाउ आमाको लगानी सार्थक होला । र आर्थिक अबस्था कमजोर भएका केहि विद्यार्थीहरुलाई पनि विशेष छुटमा पाल टयुसनले पढाउने छ । सबै सरोकारवाला मिलेर शिक्षा क्षेत्र सुधारमा जुटौ भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया