
सागर परियार
मुत्यु मार्गको उपनामले चिनिने कर्णाली राजमार्गका खाल्डा वर्षा सम्म पनि पुरिएका छैनन् । पछिल्लो समय कर्णाली राजमार्गमा बढ्दै गएको आर्थिक गतिविधिले एका तर्फ चहल पहल निकै बढेको छ । तर सडकको अबस्था भने दयनिय छ । डर र क्रासकै बीच यात्रा गर्न बाध्य छन् कर्णालीका नागरिक ।
साघुरो एक लेनको सडक त्यसैमा पनि खाल्डै खाल्डा भएको सडक छ । जुम्ला देखि सुर्खेत सम्म पर्ने २ सय ३२ किलोमिटर सडकमा काहि खाल्डा खाली छैनन् । निकै महोत्वकाँक्षी योजना सार्वजानिक गरेको कर्णाली सरकारले कर्णाली राजमार्गको स्तरबृद्धिका विषयमा अहिले सम्म माखो मार्न सकेको छैन् । सयौको ज्यान जाने गरी जोखिम सडकै कारण कर्णालीमा दुर्घटना भईसकेका छन् ।
“हाल कर्णालीमा दुईलेनको सडक भन्दा पनि पुरानै सडकको स्तरबृद्धि तथा खाल्डा पुरेमा जोखिम घट्ने देखिन्छ ”
ठाउँ ठाउँमा साईरन जडान गरि दुर्घटना कम गर्ने भजिनएता पनि प्रभावकारी देखिएन । विकास मेरुदण्ड पाँच स लाई विशेष प्रथामिकता दिने कर्णाली सरकारको नीति तथा कार्यक्रमले कर्णाली राजमार्गलाई छुन सकेको छैन् । तल्लोडुंगेश्वर देखि पाल्ताडा सम्मको सडक गाडी गुड्न लायक छैन् । पुरै धुलो माटोले रुपनै फेरिने अबस्था छ । साथै, दहि खोला, खल्लाघाट, किटु खोला, पिलि, लगायत दजौनौ ठाउँ कर्णाली राजमार्ग दुर्घटनाका हिसाबले निकै जोखिमपुर्ण छन् ।
“क्षेत्रिय टफिक कार्यालय कोहोलपुरका अनुसार गएको ५ वर्षमा ३३० सवारी दुर्घटना, ३०९ जनाको मृत्यु, ५५४ घाइते भएका छन् ” तर त्यहि बाटोमा सवारी गुडेरको डेढ दशक पुग्ना लागि सक्दा पनि जोखिपुर्ण ती ठाउँमा कालोपत्र परै जावस ग्राबेल पनि भएको छैन् । जहाँ कालोपत्रे भएको थियो । ती ठाउँमा वर्ष नपुग्दै खाल्डा परिसकेका थिए । तर वर्षौ बित्यो, कर्णाली राजमार्ग दुईलेन, गर्ने खाल्डा पुर्ने भनिएको तर आज सम्म कर्णाली राजमार्गको अबस्था ज्युको त्यू छ
सरकार जति परिवर्तन भए पनि कर्णाली बासी र राजमार्गको दुरदशा भने उस्तै छ । कालिकोट खाँडाका स्थानीय अम्मर शाहिले भने, २०६१ साल बाट गाडी गुडेको सडक आज सम्म उस्तै छ । सरकारले गफ मात्र लगाउने काम भने कछुवाको गती छ । उनले थपे,अहिले कर्णालीमा दुईलेनको सडक आबश्यकता होइन । मात्र भएको सडक लाई व्यवस्थित बनाउने र खाल्डा पुरेमा सुरक्षित यात्रा हुने उनको भनाई छ । तर सरकारको ध्यान यता गएको छैन् ।
गुणस्तरीहिन काम भएको र सडकमा पानी बग्ने, जम्ने र ढलनिकास नभएका कारण ओटासिल एकरडेढ बर्ष नपुग्दै उक्किदै जाने गरेको स्थानीय लोक बहादुर परियारलले बताए । निमार्णपछि मापदण्डअनुसार भएर नभएको हेर्ने निकाय हुँदा नियमन नहुँदा खाल्डै खाल्डा परेको हो ।
दुई वर्ष पहिले मात्रै गरेको कालो पत्रे एक वर्ष वित्न नपाउँदै उप्किदै जान थालेको छ । खाल्डै खाल्डाको कर्णाली राजमार्ग हुन थालेको छ । खाल्डा खुल्डीकै कारण दैलेखको तल्लो डुंग्गेश्वरदेखि ताडीसम्मको ५० किलोमिटर पार गर्न ५ घण्टा यात्रा गर्नुपर्छ । खाल्डै खाल्डाहरुले जाखिम बढेपछि जाखिम मोल्दै गाडीहरु चल्छन् ।
सरकारका योजना मात्रै
प्रदेश सरकारले योजना मात्रै बनाउने कि अबस्था अनुसारको व्यवस्था गरी नागरिकलाई सेवा दिने स्थानीय प्रश्न गरिरहन्छन् । दुर्घटना कम गर्न यातायात व्यवसायीहरुले नाफाभन्दा सेवा भाव राख्नुपर्ने कर्णाली यातायात व्यवस्था संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले बताए । उनका अनुसार सरकार योजना मात्रै बनाउने, गाडी व्यवसायी कमाउ धन्दा चलाउने अनि कसरी हुन्छ सडक समृद्धी ।
‘सयौँ ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ, धेरै ठाउँमा पहिरोले पिच पनि भत्काएको छ’, नागरिक समाजका सदस्य मानदत्त रावलले भने । उनका अनुसार कर्णाली सरकार यस बारे सुतेको नाटक गरेको उनको भचनाई छ । २०७२ असार मसान्तमा ओटासिल प्रविधिबाट कर्णाली राजमार्ग कालोपत्रे सम्पन्न भएको थियो । राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलाल र सुर्खेतका बड्डीचौरदेखिदैलेखको डुगेश्वरसम्मको ६० किलोमिटर खण्डमा पुरै कालोपत्रे उक्किएको छ ।
धुवो धुवाले यात्रुलाई विरामीनै बनाउने अबस्था छ । सडक सुरक्षा लाई सुश्चित गर्न कर्णाली सरकारले योजनाहरुको कार्यान्वयन गर्न माग छ । महत्वकाँक्षी योजनाले कर्णालीको भाग्य नफेरिने नागरिक अगुवा राज बहादुर मह भन्छन् ।
दर्जनौ पुल अलपत्र
सरकारले यहाँ भएका विभिन्न अप्ठ्यारा सडक र पुलहरूलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्च गरेको छ । खर्च गरेका रकममध्ये कतिपय काम सम्पन्न भएर पनि गुणस्तरीय भएका छैनन् भने कतिपय काम निर्माण कम्पनीको लापरवाहीका कारण सम्पन्न हुन सकेका छैनन् ।
कर्णाली राजमार्गमा पर्ने दर्जनौ पुल मध्य अहिले बल्ल विहानी खोलाको पुल बनेर संचालनमा आएको छ । अन्य सबै अलपत्र रहेका छन् । दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भए पनि अहिले सम्म अधुरै छ ।
सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर, सो कम्पनीले अहिलेसम्म १० प्रतिशत पनि काम नसकेको र उल्टै सडक बिगारेको कारण यात्रु मर्कामा परेका स्थानीयको आरोप छ । राजमार्ग प्रयोग गर्दै आइरहेका आठबीस नगरपालिका दैलेखका नैनबहादुर शाहीले पुल अड्याउने फलामका रडहरूमा खिया लागिसकेको बताउँदै सम्बन्धित निकायहरूले चासो नदेखाएको गुनासो गरे ।
सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्य्विधि अनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदान लगायत कुरामा सुरुदेखि चासो नदेखाउने गरेकोले ठेकेदारहरूले लापरबाही गरेका छन् ।
अधिकांश स्थानीयले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।
दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको सडक डिभिजन सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए ।
राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागि ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडिएको छ । पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोसी र कवीर जेभीलाई तत्काल काम सम्पन्न गर्न ताकेता गरेपछि एक साताभित्रै काम सुरु गर्ने सडक डिभिजन सुर्खेतले जनाएको छ ।
सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो ।
दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका विभिन्न दर्जन बढी कम्पनी निर्माण छाडेर बेखबर बनेका छन् ।
दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार छन् पुल अलपत्र छन् ।
विश्व बैंकले यसवर्ष कर्णाली राजमार्गको यात्रा सहजताका लागि सानाठूला पुलहरू गरेर ७६ करोड रुपियाँ बराबरको निर्माणको काम कम्पनीलाई दिएको सडक डिभिजन सुर्खेतले बताएको छ ।