समिति सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले दुई सचिव, प्रेम कुमार राई र पर्यटनसचिब कृष्णप्रसाद देबकोटा र निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारलाई निलम्बन गर्न सिफारिस सहित ५२ पृष्ठलामो प्रतिवेदन बुझाएको हो। उपसमितिले समितिलतत्कालीन पर्यटमन्त्री जितेन्द्रनारायण देव र जीवनकुमार शाही तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कानुनी प्रक्रिया अन्तर्गत कारबाही गर्न उपसमितिले निर्देशन दिएको छ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिको ठहर छ । पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ । यस्तै उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी नलिएका कारण कारवाहीको सिफारिस गरेको छ।
वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको उपसमितिको निश्कर्ष छ । उपसमितिले तयार पारेको प्रतिवदेनमा निगमले सार्वजनिक खरिद ऐन लगायत अन्य विधि र प्रक्रिया मिचेर समितिले पाएको छ। वाइडबडी अनियमितताबारे छानबिन गर्न लेखा समितिले केसीको गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन्।
https://nagariknews.nagariknetwork.com/news/65757/