जुम्लामा नमुनाः सार्वजनिक गाडिमा ‘फोहोर मलाइ’ अनिवार्य

सागर परियार
जुम्लामा आजबाट छोटो दुरीमा चल्ने साना तथा ठुलो दुरीका गाडिमा ‘फोहोर मलाइर्’ डस्बिनको व्यावस्था अनिवार्य गरिएको छ । जुम्ला बसपार्क देखी नाग्म र नाग्म हुदै सिंजा सम्म चल्ने गाडी, जिपमा डस्बिनको व्यावस्था गरिएको हो । आरामदायी यात्राको लागि सफा गाडी अभिायनका साथ प्रत्यक गाडीमा फोहोर मलाई राखिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियान अन्तर्गत गाडिहरुमा ‘फोहोर मलाइर्’ को व्यावस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

१० वटा साना तथा ठुला सवारीमा डस्बिन राखिएको छ । सवारी चड्दा यात्रुहरुलाई व्यावस्थित र फोहोर रहित यात्रा गर्न सहज होस भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कार्यालय प्रमुख माधव रावतका अनुसार आज देखी लागि हुने गरि साना गाडिमा सबै डस्बिन राखिएको छ । ठुला तथा लामो दुरीका सवारी साधनमा अनिवार्य डस्बिन राख्नको लागि बस मालिक तथा ड्राईभरलाई निर्देशन दिईसकेको उनको भनाई छ ।

निर्देशनको पालना नगरे सवारीलाई कारबाहि समेत हुनेछ । उने भने, ठुला बसमा पनि छिट्टै डष्टबिनको व्यवस्था गरिएको हो । जिल्ला ट्राफिक कार्यालयको निर्देशनमा यातायात व्यवसायीले डष्टबिनको व्यावस्था आफै गरेका छन् । यात्रुलाई यात्रामा सहजता र प्लाष्टिक बाट हुने झन्झटबाट मुक्ति मिल्ने भएकोले यस्तो कार्यमा यातायात व्यवसायी नै उत्साहित देखिएका छन् ।

जुम्लामा अहिले तिला कर्णाली यातायात प्रा.ली, गो कर्णालीको मातहतमा सवारी संचालनमा रहेका छन् । यस्तै सनो व्यवसायमा झण्डै ६० वटा अटो रिक्समा चन्दननाथ नगरपालिका क्षेत्रमा संचालनमा छन् । जुम्लामा सवारीमा रहेका वेथिति अन्त्यको लागि सक्रियताका साथ काम गर्दै आएको ट्राफिक प्रहरीले यातायातका क्षेत्रमा व्यापक सुधारका कार्यक्रम पनि अघि सारेको छ । ट्राफिक प्रहरीको यस्तो सकारात्मक कदमको जुम्ला बासीले स्वागत गरेका छन् । भने यातायात व्यवसायीहरु प्नि निकै उत्साहित भएका छन् ।

ट्राफिक प्रहरीले यसको अगुवाई गरेपछि सबै राख्न बाध्य भएको चालक उदब बस्नेतले बताए । उनले भने, यातायातका क्षेत्र ट्राफिक प्रहरीले नमुना गर्न खोज्दै छ । यात्रुलाई सहज सफा हुने कुरामा चालक, यातायात व्यवसायी ट्राफिक प्रहरी लागेर यातायात क्षेत्रको विश्वसनियता बढाउनु पर्नेमा उनले जोड दिए । सोमबार देखि जुम्लाका सबै छोटा दुरीका साना ठुला सारीमा राखिएको छ । भने, लामो दुरीका काठकमान्डौ, नेपालगन्ज र सुर्खेतका लागि गुड्ने सवारीलाई पनि राख्न पत्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस