सम्पादक र सल्लाहकारलाई सम्मान, खोज पत्रकारितामा जोड


सागर परियार
कर्णाली पोष्ट दैनिकका सम्पादक तथा प्रमुख सल्लाहकार लाई सम्मान गरिएको छ । एक कार्यक्रमका साथ, बुधबार कर्णाली पोष्ट दैनिक जुम्लाले सम्पादक कलमराज खत्री र नरी दमाईलाई स्वागत गरिएको हो । पत्रिकाका प्रकाशक, मानदत्त रावल र कार्यकारी सम्पादक नन्दराज जैशीले दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए । भारत बाट घर भेटघाटका लागि आएका सल्लाहकार परियारलाई जुम्लामा न्यायो सम्मान गरिएको कार्यकारी सम्पादक नन्दराम जैशीले बताए । कर्णाली पोष्ट दैनिकको शुरुवाती चरण देखि हाल सम्म आर्थिक, भौतिक तथा नैतिक सहयोग समर्थन गर्ने दुबै जना लाई सम्मान गरिएको हो ।

सम्पादक कमलराज खत्रीले अभावका बीच संचालन भईरहेको कर्णाली पोष्टले जुम्लाको विकास र समृद्धीका लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने, प्रतिष्प्रधाको जवाना छ । मिडिया प्रति सबैको विश्वसनियता बढाउन, निष्पक्ष तथा खोज पत्रकारितामा विशेष भुमिका खेल्न उनले सुझाब दिए । छोटो समयमा कर्णाली पोष्टले बढाएको विश्वसनियताको प्रसंसा गर्दै उनले, अझै खोज पत्रकारितामा निरन्तरता दिन आग्रह् गरे । साथै, महिला अधिकारकर्मी, लक्ष्मीकन्या बुढाले, कर्णाली पोष्ट पत्रिका दबाब र प्रभाव बाट बिमुख भएर नागरिकको हितमा हुने विश्वास व्यक्त गरिन ।

भारतमा बसेर पनि आफ्नो ठाँउको विकास र समृद्धीका लागि लगानी गरेकोमा उनले सल्लाहकार नरि परियार लाई विशेष धन्यबाद दिईन । कर्णाली पोष्ट दैनिकका प्रमुख सल्लाहकार नरि परियारल शुसाशन तथा पारदर्शीता समाजमा अभाव छ । हामी अभावका बीच भएता पनि आम नागरिकलाई संचारको पहूँचमा ल्याउने प्रयास भइरहेको प्रति धन्यबाद दिए । उनले भने, जुम्लाको विकासका लागि मिडिया क्षेत्रमा लगानी बिना सम्भव छैन् ।

भारतमा बसेपछि आफ्नो जन्मभुमिको चासो र चिन्ताले लगानी गरेको उल्लेख गरे । अझै मिडिया क्षेत्रका विभिन्न समस्यालाई मध्यनजर गर्दै, लगानी बढाउने कुरामा विश्वास दिलाए । र घर भेटभाटका क्रममा आएको बेला कर्णाली पोष्टले गरेको न्यायो सम्मान कहिले नभुल्ने उनको भनाई छ । यता, पत्रिकाका प्रकाशक मानदत्त रावलले जुम्लामा मिडिया बीच कडा प्रतिष्प्रधा भईरहेको बताए । कमलराज खत्री र नरी परियारको सहयोग र साथ लाई कर्णाली पोष्ट परिवारले कहिले नभुल्ने उल्लेख गरे ।

अभावका बीच पनि केहि गर्ने जागर दिने नरि परियारको उनले प्रसंसा समेत गरे । प्रेस मेसिनको समस्याका कारण पनि नियमित हुन नसेकेको भन्दै, समस्याका बीच पनि अनलाइन मार्फत, जुम्लाको विकास र समृद्धीको लागि खोज पत्रकारिता लाई निरन्तरता दिएको बताए । पत्रिकाको सहसम्पादकमा सागर परियार, हुनुहुन्छ भने, बजार व्यवस्थापक, हस्त बुढा रहनु भएको छ । साथै, जुम्लाका आठै स्थानीय तहमा रिर्पोटर राख्ने, समेत तयारी छ ।

तपाईको प्रतिक्रिया