
नन्दराम जैसि,
जुम्ला । भारि हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामिको संख्या हात्तै बढेको छ । कर्णा्लि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार दैनिक सय जना बढि चिसोका मात्रै बिरामि आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकि, डायरिया र पेट दुख्ने लगायतका बिरामि बढेका हुन् । चिसोले बिरामिलाई निकै सकस पारेको छ । चिसो तथा अन्य समस्याको कारण बिरामिको संख्या बढेपछि प्रतिष्ठानले सो अनुसार उपचार कार्यलाई ब्यवस्थित बनाएको छ ।
प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामिहरु जुम्ला, मुगु र कालिकोटका बढि छन् । मंगलबारदेखि भईरहेको भारि हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजिबन कष्टकर बन्नुका साथै हवाई उडान समेत हुन सकेको छैन । यतिखेर कुनै बिरामि जिल्ला बाहिर रेफर गर्नुपर्ने स्थिति आएको खण्डमा निकै जोखिम मोल्नु पर्ने संभावना छ । कालिकोट र मुगुबाट गाडिमा आउने बिरामिलाई निकै सकस भईरहेको छ । भने डोल्पा र हुम्लाबाट हवाई सेवाबाट जुम्ला आउने बिरामि रोकिएका छन् । प्रतिष्ठानका डा. सुर्यमान लिम्बूले भने, अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामि बढिरहेका छन्, चिसोले विशेषगरी बुढाबुढि, बालबालिका र गर्भवति महिला समस्यामा छन् । उनका अनुसार प्रतिष्ठानमा आईसियु सहित भेन्टिलेटर र अक्सिजन प्लान्टको ब्यवस्था भएकाले सिटि स्क्यान गर्नुपर्ने बाहेक अरु बिरामि आएमा रेफर गर्नु पर्ने स्थिति छैन ।
प्रतिष्ठानको आईसियुमा हाल भिरबाट लडेर गम्भीर घाईते भएका तातोपानि ७ का बालक रोशन कुँवर र ब्रेनस्टोकका बिरामि धन बहादुर रावललाई राखिएको छ । भने अन्य सयौ बिरामि विशेष तथा सामान्य वाडमा भर्ना भई उपचारारत छन् । आर्थिक बर्ष ०७४र७५ मा मात्रै ४५ हजार बिरामिले उपचार सेवा लिएका थिए । प्रतिष्ठानको स्तोरउन्नोतिसँगै जिल्ला भित्र र बाहिरका बिरामिको चाप बढ्दै गएको रजिस्टार विश्वराज काफ्लेले बताए ।
उनले भने, अब डाक्टर र औषधि नपाएर कर्णालीबासिले मर्नुपर्ने स्थिति छैन, हामिसँग उपकरण र विषशज्ञ चिकित्सक सहित ४० बढि डाक्टर मात्रै छन् । प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णा्लिका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालिकोट, मुगु लगाएत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धति बारे स्वास्थ्यकर्मी लाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा. सुर्यमान लिम्बूले बताए । बिरामि नरेन्द्र सुनारले गत बर्षको तुलनामा यो बर्ष प्रतिष्ठानले न्यानोका लागि आवाश्यक कम्बलको ब्यवस्थापन गरेको बताए ।