दुरूपयोग गरिएका सरकारी गाडी प्रहरी नियन्त्रणमा


जुम्लामा सरकारी सवारी साधन सरकारी कर्मचारी भन्दा बढी गैर कर्मचारीले बढी प्रयोग गर्ने गरेका छन् । आम नागरिकबाट सरकारी सवारी साधनको दुरुपयोग भइरहेको जनगुनासो बढेसँगै शनिबार ट्राफिकले सवारी साधन नियन्त्रणमा लिएको छ ।

मानिस विरामी हुँदा अस्पताल पुर्‍याउने एम्बुलेन्स नभएको ठाउँमा करोडौं रकम खर्चेर दुई पाङ्ग्रे देखि चार पाङ्गे सवारी साधन खरिद गरेका कर्मचारीले हाल साधनको दुरुपयोग गरिरहेका नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । वर्षै पिच्छे सवारी साधन खरिद गर्दापनि दुरुपयोगका कारण एक वर्ष देखि अर्काे वर्षसम्म नचल्ने गरेको उनले बताए ।

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार सरकारी बिदाको दिन कार्यालयको काममा जानुपर्दा प्रशासनबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था भएपनि नियम उल्लंघन गर्ने ६ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार अनुमति पत्र नलिएर विदा वा शनिबारको दिन सरकारी सवारी साधन चलाउने जोसुकैलाई नियम अनुसार कारवाही हुन्छ ।

https://www.nayapatrikadaily.com/news-details/5035/2019-02-02

 

तपाईको प्रतिक्रिया