कर्णालीमा भारी हिमपात – हवाई र यातायात सेवा ठप्प

नन्दराम जैशी,

जुम्ला । गएरातिदेखि कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगुमा जारी भारी हिमापातका कारण यँहाको हवाइ तथा यातायात सेवा ठप्प भएको छ । हिमापातका कारण हवाइ तथा यातायात सेवा ठप्प भएपछि जुम्लाबाट जिल्ला बाहिर जाने तयारीमा रहेका हजारौ यात्रुहरु अलपत्र छन् । जुम्ला हुँदै सुर्खेत, नेपालगंज, काठ्माडौ सम्म गुड्ने सबै छोटा तथा लामो दुरीका सवारी साधन बन्द भएका हुन् ।

कर्णालीमा यो चौथो पटकको हिमपात हो । यसले गर्दा कार्यालय जाने कर्मचारीदेखि विद्यार्थीलाई समेत सकस परेको छ । हिमपातले जनजिबन कष्टकर बनेपछि स्थानियबासीलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ । सरकारी कार्यालय, ट्युसन सेन्टर, व्यापार व्यवस ठप्प छन् ।

प्रतिक्रिया दिनुहोस