मन्त्रीहरूबाटै संघीयता खतम पार्ने दाउ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले संघीयतालाई खतरमा पार्ने काम मन्त्रीहरूबाटै भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले आवश्यक नै नभएको ठाउँमा धेरै बजेट पठाएको आरोप सरकारलाई लगाएका हुन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

’संघीयताको विरोध गर्ने म मात्र छु भनेको त संघीयतालाई व्यवहारबाटै खतम पार्न खोज्ने मन्त्रीहरू नै हुनुहुदो रहेछ अब उहाँहरूको संगत गर्नुपर्ला जस्तो छ’ उनले भने।

लिङ्देनले सरकारले आफ्नो निर्वाचन क्षेत्रको जनतालाई उपेक्षा गरेको दावी समेत गरे। यो कार्य आफू चित्त नबुझेको भन्दै उनले आवश्यक्त परेमा आफू अनशन पनि बस्न पनि तयार रहेको चेतावनी दिए। ’कार्यकर्ताको सिफारिसमा आवश्यक्ताभन्दा बढी बजेट पठाइएको छ’ उनले भने,’आवश्यक भएको ठाउँमा बजेट नै गएको छैन।’

तपाईको प्रतिक्रिया