
सागर परियार
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको अगुवाईमा सरकारी सवारी चालकहरुलाई सवारी ओभरटेक अन्तरष्ट्यि मापदण्ड तथा विभिन्न व्यवहारिक कुरा सिकाइएको छ । कसरी ओभरटेक र्गे भन्ने बारे प्रत्यक्ष रुपमा गरेर देखाइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागि चालक लाई सचेत गराउने उद्देश्य अनुसार सरकारी गाडीका २५ जना चालक लाई सोमबार शिक्षण गराईएको ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख गंगाराम विकले बताए । उनले भने, सवारी दुर्घटनाको कारण मध्ये ओभरटेक पनि एक हो ।
यस विषयमा सावधानी अपनाउन जरुरी छ । आबश्यकता मध्यनजर गर्दै, प्रशिक्षण दिइएको विकको भनाई छ ।
मापदण्ड अनुसार ओभरटेक गर्दा, दुर्घटना पनि कम हुने र सो बारे चालकहरुमा आकबश्यक चेतना नभएका कारण जिल्ला ट्राफिक प्रहरीले प्रशिक्षणको काम गरिएको छ । सरकारी सवारीका चालक लाई ओभरटेक सम्बन्धी चेतना दियौ ।
प्रहरी हवलदार कुशराज शाहील भने, एक आईतबारका दिन जुमलामा संचान हुने मालबाहक तथा यात्रुबाहक सवारका चालकको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको उनको भनाई छ ।
सवारी दुर्घटना न्युनिकरण गर्न, मापदण्ड अनुसार ओभरटेक गर्न, चालक लाई आफ्नो स्वास्थ् यबारे सचेत बनाउन विभिन्न खाले कार्यक्रम जिल्ला ट्राफिक प्रहरीले अघि बढाएको हबल्दार शाहिको भनाई छ ।
गती सिमित, ट्राफिक नियमको पालाना, मदिरा सेवन नगर्ने सुझाब दिइएको र आबश्यक कानुनी कुरामा पनि समेत बनाएको ट्राफिक गंगाराम विकले उल्लेख गरे ।
सिट क्षामता भन्दा बढि यात्रु नहाल्न, पनि आग्रह गरिएको बताए भने । जिल्ला ट्राफिक कार्यालले मिडिया क्षेत्र संगको समन्वय सहकार्यमा, आराम दायी यात्रा तथा दुर्घटना न्युनिकरणमा अपेक्षा अनुसार उपलब्धभी हासिल गर्न सबैलाई साथ सहयोग गर्न उनले कर्णाली पोष्ट दैनिक मार्फत सबैमा अपिल गरेको छ ।