सकिए पानीका दुख – एक घर एक धारोले जोगीबाडा बन्यो नमुना


धारामा खानेपानी छड्कीएपछि पानी प्रयोग गर्दै स्थानिय महिला । तस्विर – नन्दराम जैशी ।

जुम्ला । जिल्लाको हिमा गाँउपालिका तीन जोगीबाडाकी खुम्बेनी योगीलाई खोलाको दुषित पानी पिउनुको पिडाले अहिले पनि सताइरहेको छ । गाँउमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दुषित पानी पिउनुको विकल्प पनि थिएन । ‘विगत एक दशक यता जंगलमा पानीका मुहान सुक्दै गएपछि गाँउका धारा पनि सुक्न थाले, अनि सबै गाँउले घण्टौ हिडेर खोला र नदीको पानी खान बाध्य भयौ’ उनले भनिन्, ‘त्यहि दुषित पानी खाएकै कारण अहिले मलाई पथ्थरीया रोगले सताएको छ, म जस्ता धेरै गाँउलेको स्वास्थ्य ठिक छैन ।’

उनि प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्तै गाँउका चार सय बढि स्थानियको भनाई यस्तै छ । स्थानियले मुहानबाट सिधै गाँउ ल्याएका दुई वटा खानेपानी धारा पाँच बर्षपछि अर्थात २०७० मै सुकेपछि २०७२ मा पुन ः स्थानिय एक संस्थाको पहलमा ११ वटा धारा निर्माण भए । तर ति धारामा बर्षदिन नपुग्दै पानी आउन छोड्यो । त्यसपछि जोगीबाडाबासी खोला र नदीको पानी पिउनुपर्ने पुर्वादेखीको समस्यामा फर्किए । यहि समस्यालाई ध्यनजर गरी हिमा गाँउपालीका, वाटरएड नेपालको सहयोगमा किर्डाक नेपालले जोगीबाडामा एक घर एक धारा निर्माण गर्ने जिम्मा पायो । जोगीबाडा खानेपानी आयोजना प्राविधिक अजित थापाका अनुसार २०७४ फागुनबाट थालीएको एक घर एक धारा निर्माण कार्य २०७५ मंसिरमै सकिएको छ । १५ लाख जनश्रमदान सहित ५२ लाखको लागतमा अहिले जोगीबाडा गाँउका ८२ वटै घरधुरीमा खानेपानी छट्कीएको हो । घरघरमा खानेपानी पुगेपछि त्यहाँका महिलाको कार्यबोझ घटेको छ । भने गाँउघर तथा ब्यक्तिगत सरसफाई पनि बढेको छ ।

संयुक्त अनुगमन टोलीसँग छलफल गर्दै समुदाय । तस्विर – नन्दराम जैशी ।

 

नेपाल सरकारले लिएको एक घर एक धारा अभियान अन्र्तगत जोगीबाडा गाँउ जिल्लाकै नमुना बनेको छ । जिल्लाका सयौँ गाँउमा खानेपानीको हाहाकार भइरहँदा एक घर एक धाराको पहुँजमा पुग्ने जोगीबाडा पहिलो गाँउ हो । घर आगनमै धारा छ्टकीएपछि जोगीबाडाबासीमा खुसीयाली छाएको छ । स्थानिय लक्ष्मी योगीले भनिन्, ‘आगनमै खानेपानी पुग्ला भनेर कल्पना पनि थिएन, अहिले शुद्ध पानी पिउन मात्रै पाएका छैनौ, हाम्रो बोझ पनि घटेको छ ।’ खोलामा रहेको सानो मुहानको पानी ल्याउन जाँदा मध्यरातसम्मको घण्टौ लाईन बस्दाको पिडा अन्त्य भएको ललिता योगीले बताईन् । ‘खोलाको पानी, मेलाको घाँसदेखि घरको चुलोचौको सम्हाल्नुपर्ने हाम्रा गाँउका महिलाको बाध्ययता हो, एक घर एक धाराले धेरै बोझ कम गर्यौ’ उनले भनिन् । गाँउका अधिकांश पुरुष घर बाहिरको काम तथा ब्यापारमा निस्कीने भएकाले पनि महिलामाथी सबै बोझ थपिएको थियो ।

यसैबिच जिल्लाका सरोकारवाला निकायले फागुन १२ अर्थात आईतबार जोगीबाडा गाँउको संयुक्त अनुगनम समेत गरेका छन् । सो क्रममा अनुगमन टोलीले खानेपानीको हालको अवस्था अत्यन्तै सन्तोषजनक रहेके भन्दै आगामी दिनमा त्यसको दिगो ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए । वडा अध्यक्ष शर्पजित भण्डारीले वडाका सबै बस्तिमा खानेपानीको पहुँज पुर्याउने पहल भइरहेको जानकारी दिए । उनका अनुसार जोगीबाडामा खानेपानी पुगेपछि तरकारी खेती, स्याउ तथा फलफुल खेती र सरसफाई कार्यमा निकै सहज भएको हो । प्रतिघर फोहोर फाल्ने खाल्डो र भाँडा सुकाउने चाँङको समेत ब्यवस्था छ । भने त्यहाँका महिलाहरु महिनावारी स्वच्छता सम्बन्धी पुर्ण जानकार समेत भएका छन् । गाँउपालिका उपाअध्यक्ष हिमाली रोकायाले कम लागतमा जोगीबाडाको गुणस्तर खानेपानी आयोजना निर्माण भएको भन्दै अन्य आयोजनामा समेत यसैको सिको गरीने बताईन् । उनले भनिन्, ‘एक घर एक धाराले जोगीबाडाकी महिलाको कार्यबोझसँगै हिंसाका घटना समेत घटाउन मद्दत पुगेको छ ।’ खानेपानी तथा डिभिजन कार्यालयका ईन्जिनियर महेशकुमार शर्माले समुदायलाई आयोजनाको दिगो ब्यवस्थापनमा जोड दिन अनुरोध गरे । समुदायले आयोजनाको दिगो ब्यवस्थापनलाई मध्यनजर गरी मर्मत संभार कोष स्थापना गरेको उपभोक्ता समिति अध्यक्ष जयनाथ योगीले बताए । साथै तिन जना पलम्बर र एक चौकिदार समेतको समुदायले ब्यवस्था गरेका छन् । उनिहरुलाई मासीक पानी महशुलबाट ज्यालाको ब्यवस्था गरीएको छ ।

घर घरमा खानेपानी आएपछि खुसियालीमा देउडा गाँउदै स्थानिय महिला । तस्विर – नन्दराम जैशी ।

जिल्ला समन्वय समितिका सदस्य जयराज भारतीले एक घर एक धाराले गाँउलेको समय समेत बचत गरेको बताए । ‘खोलामा पानी ल्याउन जाने समयमा स्थानियले अब अन्य घरको काम गर्नेछन्’ उनले भने, ‘यसले महिलाको कार्य बोझ मात्रै होईन, सबै घर परीवारको सरसफाई स्थीतीमा समेत सुधार आउने छ ।’ एक घर एक धाराले गाँउलेलाई तरकारी तथा फलफुल खेती गर्न सहज भएकले यसले आम्दानीको स्रोत बृद्धि हुने उनको तर्क छ । गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष अमर रोकायाले खानेपानी आयोजनामा स्थानियको अर्थपुर्ण सहभागीता र आयोजनाको आर्थीक तथा अन्य पाटोका बिषयमा समुदायलाई भएको जानकारीका बिषयमा प्रश्न गरेका थिए । सो अवसरमा आयोजना निर्माणमा प्रत्यक्ष संलग्न स्थानियले जबाफ दिदै अन्तिम सार्वजनिक सुनुवाई र खर्च बिवरण फरफार गर्न बाँकी रहेको बताएका थिए । किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले संस्था र आयोजनाबारे सबैलाई प्रष्ट पारेका थिए । उनले आयोजना निर्माणपछि समुदायलाई पुगेको फाईदालाई दिगो रुपमा उपभोग गर्न समुदायनै सक्रिय हुनुपर्ने बताए । संस्थाले आयोजना निर्माणमा संलग्न स्थानियलाई सिप समेत हस्तान्त्रण गरेको भन्दै सोही आधारमा अघि बढ्नुपर्ने उनको भनाई छ ।


कर्णाली पोष्टका लागि – नन्दराम जैशीले तयार पारेको रिपोर्ट ।

तपाईको प्रतिक्रिया