प्रत्येक घरमा धारा बनाउने गाउँपालिकाको योजना


मानदत्त रावल, जुम्ला
हिमा गाउँपालिका – ३ जोगीबाडा खुम्बेनी योगीलाई खोलाको दुषित पानी पिउनुको पिडाले अहिले पनि सताइरहेको छ । गाउँमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दुषित पानी पिउनुको विकल्प पनि थिएन । ‘विगत एक दशक यता जंगलमा पानीका मुहान सुक्दै गएपछि गाउँका धारा पनि सुक्न थाले, अनि सबै गाउँले घण्टौँ हिडेर खोला र नदीको पानी खान बाध्य भयौ’ उनले भने ‘त्यहि दुषित पानी खाएकै कारण अहिले मलाई पथ्थरीया रोगले सताएको छ, म जस्ता धेरै गाउँलेको स्वास्थ्यमा समस्या देखिएको छ । स्थानीयले मुहानबाट सिधै गाउँ ल्याएका दुई वटा खानेपानी धारा पाँच बर्षपछि अर्थात २०७० मै सुकेपछि २०७२ मा पुन ः स्थानीय एक संस्थाको पहलमा ११ वटा धारा निर्माण भए । तर ति धारामा बर्षदिन नपुग्दै पानी आउन छोड्यो । त्यसपछि जोगीबाडाबासी खोला र नदीको पानी पिउनुपर्ने पुर्वादेखिको समस्यामा फर्किए ।
यस्तै समस्यालाई मध्यनजर गर्दै गाँउपालिकाले प्रत्येक घरधुरीको आगनमा खानेपानीको धारा पु¥याउने योजना अघि सारेको छ ।

गाउँपालिकाले एक घर एक धाराको अवधारणा अनुसार यो योजना अघि बढाएको हो । गाउँपालिकामा काम गर्दै आएका सहयोगी दाता गैरसरकारी संस्था वाटर एड, किर्डाक नेपाल र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जुम्लाको समन्वय र गाउँपालिकाको लगानीमा उक्त योजना अघि सारिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने अबको तिन बर्षभित्र सातै वडाका प्रत्येक घरधुरीमा खानेपानीका धारा निर्माण भई जनताले पानी प्रयोग गरिसक्ने छन् ।
गाउँपालिकाले खानेपानी तथा सरसफाईका क्षेत्रमा पूर्ण सरसफाईका कार्यक्रम संचालन गर्ने, सम्पन्न भएका योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने, एक घर एक धाराको अवधारणालाई अवलम्वन गर्दै सार्वजनिक निरुत्साहित गर्ने, पानी परीक्षण तथा सुद्धिकरण गर्ने नीति गाउँ सभाबाट पारित गरी कार्यन्वयनमा ल्याएको उनले बताए ।


पटक पटक अनुगमनको क्रममा हिमा गाउँपालिका पुगेका जिल्ला समन्वय समिति जुम्लाका सदस्य जयराज भारतीले एक घर एक धाराले आमनागरिकको समय समेत बचत गर्ने बताउनुभयो । ‘खोलामा पानी ल्याउन जाने समयमा स्थानीयले अब अन्य घरको काम गर्नेछन्’ उनले भने, ‘यसले महिलाको कार्य बोझ मात्रै होईन, सबै घर परिवारको सरसफाई स्थितिमा समेत सुधार आउने छ ।’ एक घर एक धाराले गाउँलेलाई तरकारी तथा फलफुल खेती गरी आम्दानीको स्रोत बृद्धि हुने उनको भनाई छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष मानबहादुर रोकायाका अनुसार गाउँपालिकाको एक घर एक धारा निर्माण गर्न अवधारणालाई गैससले पनि सहयोग गर्दै आएको बताए । उनले भने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ शाखा जुम्लाले खानेपानी र सरसफाईका क्षेत्रमा काम गर्दै आएको छ । खानेपानी मुल देखि मुखसम्म पिउन योग्य हुनु पर्ने र घरआगन देखि शौचालय सवै सरसफाई हुनु पर्ने जस्ता विषयमा स्थानीय तहमा बहस तथा अन्तरक्रिया गर्ने गरेको उनले बताए । फेडवासनद्धारा संचालित हिमा गाउँपालिकामा वाटर एड नेपालको सहयोगमा सुवास कार्यक्रम संचालन भईरहेको उनले बताए । उनले भने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जुम्ला अन्र्तगत हिमा गाउँपालिकामा फेडवासनको शाखा कार्यालय पनि स्थापना गरिएको छ ।
वाटर एड, किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताए । सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उनले बताए ।
गाउँपालिकाको तर्फबाट आर्थिक बर्ष ०७४÷०७५ मा ७० लाख र आर्थिक बर्ष ०७५÷०७६ मा ८८ लाख बजेट विनियोजन भएको छ भने ४४६ घरधुरी लाभान्वित हुने गरी वाटर एड, किर्डाक नेपाल एक करोड ७८ लाख ३६ हजार ३३१ बजेट विनियोजन गरी केही योजनाहरु सम्पन्न भएका छन केही योजनाको काम भईरहेको जनाएको छ । त्यसैगरी आईएनएफ जुम्लाले खानेपानी तथा सरसफाईका क्षेत्रमा सामुदायिक स्वासथ्य तथा विकास परियोजना अन्र्तगत पाँच सय घरधुरीका लागि ८ खाल बजेट विनियोजन गरेको जनाएको छ ।
यस गाउँपालिका समुद्र सतह देखि सात सय फिट देखि २१ हजार ७७ फिट सम्मको उचाईमा फैलिएको छ । कुल क्षेत्रफल १ सय २८.०९ वर्ग किलोमिटर ओगटेको छ । १२ हजार ६१२ जनसंख्या रहेको छ (घरधुरी सर्वेक्षेण, २०७४), जन घनत्व ८२.३८ प्रति वर्ग किलोमिटर छ । गाउँपालिकामा सात वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया