हिमपातले पशुचौपाया मर्नथाले, पशु कृषकलाई चिन्ता


नन्दराम जैसी,

जुम्ला । चिसो र सुख्खा मौषमका कारण कर्णालीमा मंसिरदेखि माघको अन्तिमसम्म सबै पशुबस्तु घरमै पाल्ने गरीन्छ । जस अनुसार जुम्लाबासीले तीन महिनाका लागि पशु आहारा घाँस तथा दाना कार्तिकमै संकलन गरेर घर, गोठमा भण्डार गरेका थिए । सामान्यतया हरेक बर्ष फागुन लागेसँगै तातो बढ्नुका साथै खुख्खा क्षेत्रमा अहियाली बढेपछि पशु चरिचरण क्षेत्र पनि खुला हुन्छ । तर यस बर्ष पुसदेखि कर्णालीमा भईरहेको भारी हिमपातका कारण पशुचौपाया मर्न थालेका छन् । भने स्थानियलाई पशुपालनमा समेत निकै सकस भएको छ । पाटन क्षेत्रमा अँझै तीन फिट बढि र बेसिमा आधा फिट बढि हिँउ जमेपछि पशु चरण क्षेत्र ठप्प छ ।

भेडा बाख्रा मरे

भारी हिमपातले अध्यधिक चिसो र आहारा नहुँदा सिंजा गाउँपालिकाको लेक क्षेत्रमा राखेका सयौ भेडा बाख्रा मरेका छन् । कसका कति भेडा बाख्रा मरे भन्ने एकिन डाटा नआएपनि जिल्लाभर हिमपातले भेडा बाख्रा मर्न थालेको स्थानिय बताउँछन् । हिउँमा कठ्यारिएर सिँजा गाउपालिका २ का गोबिचन्द्र तिरूवाका मात्रै ५१ बढि भेडा मरेका हुन् । आफ्ना एक सय ३५ भेडा बाख्रामध्ये हिमपातले ५१ ब्ढि भेडा बाख्रा मरेको व्यवसायी तिरूवाले बताए । ‘दशकौँ पछिको भारी हिमपातले मेरो रोजिरोटी नै खोसियो, बाँकी भेडा बाख्रा पनि बँच्ने आशा छैन’ उनले भने । यसअघि पातारासी गाँउपालिका –२ पेरे स्थीत एक भेडीगोठमा चिसोकै प्रभावले ९५ भेडाबाख्रा मरेका थिए । हिमपातले पशु चौपाया मर्न थालेपछि यँहाका हजारौ पशु कृषक चिन्तामा छन् ।

‘फागुन दोस्रो साता बितिसक्दा समेत भारी हिमपात जारी छ, पशु चरण क्षेत्र डाँडापाखा, बनजंगल, खेतबारी सबै हिँउले ढाकीएका छन्’ कनकासुन्दरी गाँउपालिका १ का मुनबहादुर कठायतले भने, ‘घरमा जम्मा गरेको घाँसपात तथा पशु आहारा सकियो, जंगलमा चराउन सक्ने अवस्था छैन ।’ हिमपातले कर्णालीको जनजिबनसँगै पशुबस्तुलाई समेत कष्टकर भएको हो । ‘झण्डै एक सय सयको संख्यामा रहेका भेडालाई घरमा खाने दाना र घाँस छैन, भेडासँगै अन्य गाईबस्तु समेत मर्ने त्रास छ’ पातारासी गाँउपालिका ६ का नरबहादुर थापाले भने ।

पशुचौपाया जोगाउनै मुस्किल

कर्णालीका अधिकांस भेडा पालक कृषकहरुलाई चिसोले आफ्ना पशुचौपाय मर्न थालेपनि सुरक्षा गर्न नसकिने चिन्ता छ । हिजोआज अधिकांश पशुपालक कृषकहरुलाई पशु आहारा ब्यवस्थापनका लागि घाँसको जोहो गर्नेदेखि पशुलाई न्यानो गर्ने चटारो छ । भने ज्यान जोखीममा राखेर समुन्द्री सतहदेखि करीब दुई हजार उचाईमा पाईने खरुको डाले घाँस काटेर ल्याउनुपर्ने बाध्यता छ । यसअघि गत कार्तिकमै लेकमा राखेका खसि, बाख्रा चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारीएका थिए । कतिपय भेडा बाख्रा तथा अन्य पशुपालक कृषकहरुले चिसोमा पशु मर्ने डरले गत मंसिरमै जुम्लाभन्दा तातोहुने जिल्ला सुर्खेत, जाजरकोट, दैलेख र कालिकोटतिर पशु पाल्न लिएका छन् ।

तपाईको प्रतिक्रिया