नाक्चेलाग्ना सडक जोड्न सांसदहरुको प्रथामिकता


सागर परियार जुम्ला,
जुम्लाका प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतको पहलमा कर्णाली प्रदेशका जनप्रतिनिधि र सांसद बीच चिनसँग नाका जोड्ने उत्तर दक्षिण राजमार्गका विषयमा सोमबार छलफल भएको छ । कर्णाली राजमार्गको स्तरन्ती संगै सुर्खेत दैलेख र चीनको उत्तरी दक्षिण जोड्ने मुगु गमगडी नाक्चेलाग्ना सडक जोड्न सबै सांसदहरुले प्रथामिकता दिने भएका छन् ।

कर्णाली प्रदेशको मुकाम सुर्खेतमा सुर्खेत दैलेख हुदै महाबुलेकबाट छोटो दुरीको सडक जुम्ला हुने र मुगु नाक्चेलाग्ना हुदै चिनसँग नाका जोड्न सकड विस्तार कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सांसदहरुको प्रथामिकता रहेको उनको भनाई छ । प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेश छिमेकी देश भारतसँग नाका नजोडिए पछि अर्काे छिमेकी देश चिनसँग नाका जोड्नका लागि पनि यो उत्तर दक्षिण सडकका लागि सवै जनप्रतिनिधि तथा सांसदहरु जुटेर काम गर्ने कर्णाली प्रदेशका सांसदहरुको साझा प्रतिबद्धता छ ।

व्यापारिक र कर्णाली प्रदेशको समृद्धिका लागि चिनसँग जोड्ने उत्तर दक्षिण राजमार्ग उपयुक्त हुने ६ नम्बर प्रदेश मुख्य मन्त्रीका दाबेर तथा सांसद नरेश भण्डारीले बताए । उत्तर दक्षिणीस् जोड्ने सकड विस्तार नगरे कर्णालीमा विकासको ढोका खुल्दैन । भण्डारीले भने, मुलुकको मोडेल प्रदेशका रुपमा ६ नम्बर प्रदेशलाई विकास गर्न साँझा प्रतिबद्धताका साथ अगाडी बढ्नुको विकल्प नरहेको उनको भनाई छ ।

अहिले संचालनमा रहेको कर्णाली राजमार्ग भन्दा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो सहज हुने र ७० किलोमिटर कम पर्ने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधिले दैलेख जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन् । महावै गाउँपालिकाको महावु देखि चिलखायसम्मको झण्डै ३० किलोमिटर सडक निर्माण भएको खण्डमा कर्णाली राजमार्गसँग जोडिन्छ सांसद पदम रोकायाले भने, लिकोटको महावै गाउँपालिका र दैलेखको सिमानाको गाउँपालिका अध्यक्षसंग छलफल गरेर निर्माण कार्यमा तदारुकता देखाई रहेका छन् ।

सडकको ट्रयाक खोल्न दुवै गाउँपालिकाको तयारी रहेको भन्दै अव महावुको लेक देखि कालिकोटको चिलखायसम्मको सडक विस्तारमा जोड दिएको छ । छलफलमा सहभागी नेकपा माओवादी केन्द्र जुम्लाका युवा नेता विष्णुबहादुर भण्डारीका अनुसार कर्णाली पर्देशको दृतमार्गको रुपमा विकास गर्ने र यस सडकलाई प्रथामिकतामा राखेर काम अगाडी बढाउने सवै स्थानीय तहका जनप्रतिनिधि र सांसद सहमत भएका छन् ।,
अब आउने नयाँ सरकार गठन हुना बित्तिकै बजेटको व्यवस्थापन गरी काम अघि बढाउने सवै सांसद जनप्रतिनधि केन्द्रीत रहेका छन् । सुर्खेत दैलेख जुम्ला १ सय ७० किलोमिटरमा ३० किलोमिटर ट्रक खुलेको खण्डमा जुम्ला जोडिन्छ भने नाग्म गमगडी मुगु ९६ किलोमिटर यातायात चलिरहेका छन् ।

नाका खोल्न सडक डिभिजनको तदारुक्त
कर्णालीका सांसदको प्रथामिकतामा रहेको उत्तर दक्षिण जोड्ने सडक विस्तारमा सडक डिभिजन कार्यालय जुम्लाले पनि तारुक्ता देखाएको छ । अब सांसद र जनप्रतिनिधिहरु मिलेर नाका खुलाउन सके अबश्यक कर्णालीमा विकासका लहर फुट्ने भन्दै सडक विस्तारमा केन्द्र देखि जिल्ला स्तरमा सडक विभागले तदारुक्ता देखाएको डिभिजन सडक कार्यालयका प्रमुख अंगलाल रोकायाले बताए ।

अहिले सम्म १५ किलोमिटर ट्रक खोलिसेको छ । उनले थपे, मुगु गमगडी देखि चिनसँग जोड्ने लाक्चेलाग्ना सडक ९२ किलोमिटर पर्दछ । नाक्चेलाग्ना सडकका लागि हरेक बर्षेनि ४ करोड बजेट निकासा हुने गरेको छ । अस्थिर राजनीतीले गर्दा बजेटले मात्रै निमार्ण अगाडी बढ्न सकेको छैन् । त्यो सडकमा चट्टान धेरै भएको रकम पनि धेरै खर्च हुने अवस्था देखिन्छ उनले भने । लाक्चेलाग्ना सडकका लागि ठुलो भोलुममा बजेटकाको आवश्यकता छ ।

कहिले सम्म जोखिमको यात्रा ?
कर्णाली राजमार्गको सुर्खेत कालिकोट देखि जुम्ला सम्म २ सय ३२ किलोमिटर यात्रा गरिरहेका छन् । साना सवारीले १ दिनमै नेपालगज्ज सुर्खेत देखि जुम्ला पुर्याउने गरेको छ भने ठुला सवारी साधनले २ दिनमा पुर्याउने गरेका छन् ।  नजाउ काम भेटाउनु जाउ जोखिमै जोखिम कर्णाली राजमार्गमा यात्रा गर्ने सबैको अनुभव यस्तै छ । अझ नाग्म गमगडी जोड्ने सडकको यात्राको कुरै नगरौ । भगवान पुकारै गन्तव्यमा पुगिन्छ अहिले पनि ।

आखिर कहिले सम्म कर्णालीका जनताले जोखिम मोलेर यात्रा गर्लान सबैको प्रश्न यहि छ । अहिले स्थानिय तह सघ र प्रदेश सभामा चुनिएका कर्णाली प्रदेशका सांसदहरुले कर्णाली राजमार्ग संगै चीनको उत्तरी दक्षिण जोड्ने सडक विस्तार लाई प्रथामितका दिएकोमा कर्णाली बासीमा केहि आशा पलाएको छ ।

तपाईको प्रतिक्रिया