हातेमालो नेपालको वार्षिक समिक्षा


जुम्ला ः जुम्लामा च्याउ जस्तै विभिन्न गैरसरकारी निकायहरु छन् । जसले आफ्ना योजना तथा लक्ष्य अनुसार काम गरिरहेका छन् । च्याउ जस्तै गैससले सरकारको सहयोगी भ’मिका त खेलेकै छन् । तर अधिंकाश कार्यक्रमहरु दोहोरी भएकाले उपलब्धीहरु लक्ष्य अनुसार हुन नसकेको देखिन्छ । तर पनि गैससले सरकार लाई सघाउदै आम नागरिकको आर्थिक, सामाजिक तथा चेतना अभिबृद्धिका लागि काम गरिरहेका छन् । विगतका वर्षदेखि जुम्लामा रेडपाण्डा संरक्षण तथा जीविकोपार्जन लगायत विभिन्न विषयमा चेतना अभिबृद्धिका क्षेत्रमा काम गर्दै आएको हातेमालो नेपालको काम सन्तोषजनक पाइएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा हातेमालोले गरेका विभिन्न कामहरु सन्तोषजनक रहेको सरोकारवालाको भनाई छ । जुम्लामा आज सम्मपन्न वार्षिक समिक्षा कार्यक्रमले यस्तो बताएको हो । गत वर्ष जुम्लामा पातारासि, तिला र सिंजा गाउँपालिकामा गरेको काम आबश्यकतामा आधारित रहेको पाइएको छ । समाजका आबश्यकता लाई मध्यनजर गर्दै काम गरेका थियौ । हातेमालो नेपालका जिल्ला संयोजक टेक रावलले भने, आगामी दिनमा पनि सबैको सुझाब तथा समन्वयमा अघि बढ्ने बताए । उक्त कार्यक्रमकै अबसरमा हातेमालोले आर्थिक वर्ष २०१९ मा संचालन गर्ने विभिन्न कार्यक्रमका विषयमा सम्ेत जानकारी गराएको छ । सोहि अबसरमा जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय सहकार्य तिब्रता दिन सुझाब दिए । वार्षि समिक्षा कार्यक्रममा तिला, चन्दननाथका जनप्रतिनिधि तथा जिल्ला स्थित सरोकारवालाको सहभागिता थियो । भने, सरोकारवाले कार्यक्रम नदोहोरिने गरी संचालन गर्न सुझाब दिएका छन् ।

त्यसैगरी पातारासी गाउँपालिका – १ गडीगाउँमा स्थित गंगादेवि आधारभुत विद्यालयमा जनप्रतिनिधि अनुगमन छन् । विद्यालयको भौतिक संरक्षनाको अवस्था बुझ्नका लागि शनिबार स्थानीय जनप्रतिनिधि विद्यालयमा पुगेका हुन् । सरकारी तथा गैरसरकारी पक्षबाट भौतिक संरचना निर्माणका विषयमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरा लगायतको टोलीले भौतिक संरक्षना निर्माणको अनुगमन गरेको हो । गैरसकारी संस्था कर्णाली विकास तथा हातेमालो सेवा समाज जुम्लाको सहयोगमा विद्यालयको घेरबार, शौचालय, खानेपानीको धारा, फर्निचर अनुगमन गरेका थिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार कक्षा १–५ आधारभुत तहसम्म पढाई हुने विद्यालयमा भौतिक संरचना प्राप्त रहेको बताए । उनले भने तर यसको उचित संरक्षण र मर्मत सम्भार गर्न चुनौती देखिएको छ । सरकारी तथा गैरसरकारी निकायको सहयोगमा प्राप्त भएका भौतिक संरचनाको सुरक्षा गर्न यहाँको आम नागरिकको दायित्व रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया