टुंगियो कर्मचारी समायोजन कर्मचारीलाई प्रोत्साहनसहित प्रदेश र स्थानीय तहमा पठाईने


काठमाडौं । सरकारले कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै संघीय संरचना अनुरुप कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको हो । अन्नपुर्ण पोष्टमा समाचार छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहमा एक वर्ष लगाएर समायोजन टुंग्याएको बताए । कर्मचारीलाई प्रोत्साहनसहित प्रदेश र स्थानीय तहमा पठाउने काम भइरहेको मन्त्री पण्डितले जानकारी दिए। ’समायोजन सकियो, पत्र दिने काम भइरहेको छ’ उनले भने।

१ लाख ३१ कर्मचारीको समायोजन भएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख केदार प्रसाद पनेरुले जानकारी दिए। उनकाअनुसार संघमा ४० हजार ७ सय ६९, प्रदेशमा १४ हजार ६ सय ५९ र स्थानीय तहमा ४० हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ।

एक वर्ष लगाएर मन्त्रालयले कर्मचारी समायोजन गरेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया