नमुना विद्यालयका,अनुसरण योग्य कार्य

सागर परियार
वरिपोरि पर्खालले घेरिएको, खोला पारि पट्ी लस्करै पुराना शैलीमा निर्माण भएका घरहरु, अनि माथि जंगल पाखोे भिरपरेको ठाउँमा अबस्थित शंकर आधारभुत विद्यालय । सफा कक्षा कोठा, सफा अनि अनुसाशीत, मेहनती विद्यार्थी, चौरमा बनाइएका गार्डेन, शिक्षकहरुमा भएको जागर, अभिभावमा भएको जिम्मेवारीपन एक नमुना विद्यालयको सफल उदाहरण ।

जिम्मेवार अभिभावक, कर्तव्य निष्ट शिक्षक, अनुशासित विद्यार्थी ,किर्डाकको लगानी उपलब्धी मुलक भएको एक सफल उदाहरण हो, शंकर आधारभुत विद्यालय ।

छात्रछात्राको छुट्ै शौचालय, मैत्रीपुर्ण खानेपानीका धाराहरु, सफा वाताबरण, नियमित पढाई, सक्रिय बालक्लब, अनि विद्यालय एक गन्तव्यमा पुराउने लक्ष्य र सोचका साथ उचालिएका कदमहरु विस्तारै अघि बढ्दै गरेको शंकर आधारभुत विद्यालय जुम्लाको सरसफाई एक नमुना विद्यालयमा हो । सरकारको सहयोगीका रुपमा रहेका संस्थाको योग्दान र विद्यालय अभिभावकहरुको मेहनतले शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तनको महशुस हुन थालेको छ । पातारासीको शंकर आधारभुत विद्यालय लाई नमुना घोषणा गर्ने तयारीमा छ । तर त्यहाँका रचनात्मक कार्यहरु अनुसरण योग्य छन् ।

कर्णाली प्रदेश सरकारले तीन वर्ष भित्र साक्षर प्रदेश घोषणाको लक्ष्य लिएको छ । तर अहिले सम्म समग्र कर्णालीको साक्षरता दर ७७ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । कर्णालीका दुर्गम बस्तीहरुमा शिक्षाको पहुँच विस्तारमा आर्थिक, राजनीतिक, भौगोलिक तथा सामाजिक कठिनाई विद्यमान अबस्थामा छ । भने प्रदेश सरकारलनै कर्णालीका २४ वटा विद्यालयहरु लाई डिजिटल बनाउने लइउ लिएर कार्यक्रम संचालन पनि गर्यो । डिजिटल घोषणा हुुनेमा जुम्लाका जनता मावि र चन्दननाथ मावि मात्रै परे ।

जुम्लामा आधारभुत, निमावी, माध्यमिक गरी जम्मा १ सय ७० विद्यालय रहेका छन् । जसमा आधारभुत विद्यालय ९२, निमावी ३१ र माध्यमिक विद्यालय ४७ वटा रहेका छन् । सबै विद्यालयको योजना आफु नमुना बन्ने, गुणस्तर शिक्षा प्रदान, शुसाशमैत्री विद्यालय प्रशासन बनाउने हो । तर सबैमा यो सम्भव पनि देखिदैन् । आर्थिक, भौतिक पुर्वाधारले तथा अभिभावको साथ असहयोगले बाधा पुराइएको हामीले देखेका छौ ।

मुलुकको एक कर्मनिष्ट, जिम्मेवार तथा दक्ष जनशक्ति उत्पादनको पहिलो थला हो विद्यालय । जुन क्षेत्र राजनीतिकरण बाट टाढा रहनु पर्छ । भने, व्यक्ति हाबी हुने प्रचलनको जरैदेखि निर्मुल हुनु पर्दछ । भने, जिम्मेवार अभिभावक, कर्तव्य निष्ट शिक्षक र अनुशासित विद्यार्थी भएको खण्डमा नमुना विद्यालय निर्माण कठिन कार्य पनि होईन । जुम्लामा रहेका १ सय ७० विद्यालयका विभित समस्याका बीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने जमर्कोमा छन् ।

तर भौगोलिक हिसाबले दुर्गम मानिने, शिक्षा चेतनाका हिसाबले पनि निकै पछि मानिने पातारासी गाउँपालिकाको एक यस्तो विद्यालय छ । जहाँ जाँदा हेर्दै समय बितेको पत्तो नपाईने रैछ । किर्डाक नेपाल जुम्लालले गएको सोमबार जुम्लाको पुर्वी क्षेत्र पातारासी गाउँपालिका विभिन्न विद्यालय अवलोकन गर्ने अबसर जुरायो । त्यस क्रममा आधारभुत विद्यालय लुम, ज्योति आधारभुत विद्यालय लासी, सरस्वती मावि तल्फी र शंकर आधारभुत विद्यालय माथि लोर्पा लगायत विभिन्न गाउँका पढाई शिविरहरु अवलोकन गर्ने, सुझाब दिने राम्रो पक्ष सुधार गर्ने पक्षका विषयमा केहि लेख्ने जिम्मेवारी पाइयो ।

म पुगेका सबै विद्यालयहरु निकै राम्रो थिए । जहाँ किर्डाक नेपाल जुम्लाको शिक्षा परियोजना संचालन भएका विद्यालयहरु हुन् । तर ती मध्य पनि अनुशसर गर्न मिल्ने काम गरेको विद्यालय शंकर आधारभुत विद्यालय भेटियो । जहाँ जाँदा फर्किन मन लागेको थिएन म लगायत सबै अनुमगन टोलीको । साहेत एक विद्यालय नमुना बन्नका लागि जिम्मेवार अभिभावक, कर्तव्य निष्ट शिक्षक, अनुशासित विद्यार्थी भएको एक सफल उदाहरण हो, शंकर आधारभुत विद्यालय । त्यस विद्यालयका शिक्षक कुरा भन्दा काम बढि गर्दछन्, कुरा काट्ने भन्दा रचनात्मक सुझाब दिने त्यहाका अभिभाव भेटिए ।

भने, विद्यालयको नियमको पालाना गर्दै आफ्नो व्यत्तित्व विकासका साथै, अनुशासनमा रहेका विद्यार्थी भेटिए शंकर आधारुभत विद्यालयमा । जहाँ किर्डाक नोपलले शिक्षा कार्यक्रम संचालन गरेको छ । चेतना अभिबृद्धि गएकै एक सफल उदाहरण पनि हो । पहिला घर भाग्ने बालबालिका अहिले छुटि भएर घर जाँदा पनि जान मान्दैनन, भने अभिभावकहरु प्नि विद्यालयका आतिर दिनरात लागि परेका छन् । किर्डाक नेपालद्धारा संचालित शिक्षा कार्यक्रमले दिएको अभिभावक शिक्षा, विद्यालय स्तरमा दिएको चेतना मुलक शिक्षा, शिक्षकहरुलाई दिएको तालिम तथा गरिएको आर्थिक, भौतिक तथा नैतिक सहयोग उपलब्धी शंकर आधारभुत विद्यालय देखाउन सफल भएको छ ।

किर्डाक नेपालको सहयोग समर्थन शिक्षा क्षेत्रको उन्नयनका लागि निकै सरायिन छ । शंकर आधारभुत विद्यालयका प्रअ हरि बहादुर बुढाले भने, यहाँका सक्रिय अभिभावहरुको कारणले हामी सफल भएको दाबी गरे । भने, नमुना घोषणा गर्ने प्रक्रियामा छौ । यसमा किर्डाकले ठुलो सहयोग गरेको उनको भनाई छ । अभिभावकको सत्रियता, विद्यालयमा भएको उपलब्धी देखि खुसी महशुस किर्डाकले पनि अबश्य गरेको छ । किर्डाक शिक्षा संयोजक दिपराज रावत भन्छन, गरे सम्भव रैछ, दुगर्म मानिने शंकर आधारभुत लगायत अन्ष्य विद्यालयहरु छोटो समयमा पनि निकै फट्को मार्न सफल भए ।

अझै संग सगंै गएर शैक्षिक उन्नयनका लागि किर्डाकले आबश्यक सहयोग गर्ने उल्लेख गरे । आजको आबश्यकता गुणस्तर शिक्षा, त्यसका लागि आबश्यक वाताबरण हुन जरुरी छ । किर्डाका जिल्ला संयोजक रेशम शाहिका अनुसार, लगानीको उपलब्धी देखाउनु सबैको जिम्मेवारी जुन शंकर आधारभुत लगायत धेरै विद्यालयहरुले देखाएका छन् । ँ बालबालिकाले आफ्नो रुचि, चाहाना, ईच्छा अनुसारको अध्यापन गराउने वाताबरण गरि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक धरोहरहरु पछिल्लो मा उदाउदै गएको प्रति उनले खुसी व्यक्त गरे । भने, जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले धन सम्पत्ति कमाउनु पहिले छोराछोरीलाई शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । शिक्षा क्षेत्रलाई राजनीतिकरण बाट टाढा राख्न सके नमुना बन्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस