कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,सरकारकोे प्रथामिकतामा छ ः मन्त्री यादव

सागर परियार

“एमबिबिएस र एमडिजीपि संचालनका लागि ७ सय २ रोपनी जग्गा निशुल्क दान, माग सम्बोधन गर्न सरकारसंग जुम्लीको माग । ”

नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकास तथा स्तरबृद्धिको सबाल पहिलो प्रथामिकतामा रहेको बताएका छन् । विकासका दृष्टिले उपेक्षामा परेको कर्णाली क्षेत्रमा अथाह सम्भावना छन् । उनले कर्णाली अस्पतालमा एमबिबिएस र एमडिजीपि संचालनका लागि पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई पहिलो प्रथामिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

एक दशक पहिले उपचार नपाएर अकालमै मर्नु पर्ने, लाखौ करोडौको खर्च गरी उपचार गर्न जानु पर्ने तितो यर्थात लाई स्मरण गर्दै मन्त्री यादवले भने, कर्णालीमा दशक पछि स्वास्थ्य क्षेत्रले फट्को मारेको छ । भने विशषज्ञ सेवा कर्णाली प्रदेशभरी प्रदान गर्दै विश्वसनियता बढाउदै गएको प्रति खुसी व्यक्त गरे ।

उनले, थपे कर्णाली अस्पतालमा एमबिबिएस र एमडिजीपि कार्यक्रम संचालनका लागि स्वास्थ्य मन्त्रालय गर्ने सहयोग निरन्तर रहने समेत प्रतिबद्धता गरे । आगामी बजेटमा कर्णाली अस्पताल लाई न्याय हुने गरी पुर्वाधार निर्माणका लागि बजेट छुटाउने समेत आश्वासन दिए । कर्णालीमा एमबिबिएस र एमडिजीपि संचलान सहजीकरणका लागि शुक्रबार जुम्ला पुगेका मन्त्री यादबले कर्णाली प्रतिष्ठानलाई देशकै नुमना तथा स्वास्थ्य सेवा गुणस्तरमा विश्वसनिय बनाउन विशेष पहल गरिने उल्लेख गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुराउन गरेको योग्दानको कदर गर्दै यहाँका जायज माग सम्बोधन गर्नु सरकारको जिम्मेवारी भएको समेत बताए । अबको १० वर्षमा कर्णाली स्वास्थ्य विज्ञान देशकै चिकित्सा शिक्षाको केन्द्र बन्ने समेत दाबी गरे । आगामी बजेटमा एमबिबिएस र एमडिजीपि संचालनका संसदमा पहिलो प्रथामिकताका साथ बहस थालिने उनको भनाई थियो ।

संघिय सरकारले विगत देखि हाल सम्म कर्णाली स्वास्थ्य विज्ञानका सर्वपक्षिय विषयलाई पहिलो प्रथामिकतामा रोखेको र राख्दै जाने समेत प्रतिबद्धता गरे । देशका १३ वटा प्रतिष्ठान मध्य कर्णाली प्रतिष्ठान पहिलो सुचिमा छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले भने, त्यसैले पनि यसको बृद्धि विकासको जिम्मेवारी संघिय सरकारको काधमा छ ।

कर्णालीबासीको एकता र आबश्यकता मध्य नगर लाई हेरि कर्णालीमा एमडिजीपि र एमबिबिएस संचालन गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । एमडिजीपि र एमबिबिएस संचालनका निरन्तर पहल, आबश्यक पुर्वाधार निर्माण र बजेट व्यवस्थापनमा मन्त्रालयले विशेष प्रथामिकता दिने उनको भनाई छ । कर्णाली प्रतिष्ठानलाई देशकै एक प्रतिम्ब बनाउन कर्णाली बासी सफल हुने समेत उल्लेख गरे । गुणस्तरी तथा विश्वसनिय सेवामा कर्णाली पहिलो बन्न समय नलाग्ने समेत बताए ।

कर्णाली र तराई मधेश उपेक्षामा
नेपालमा आर्थिक, राजनीतिक हिसाबले कर्णाली र तराई मधेश विकासमा विगत देखि अहिले सम्म उपेक्षा रहेको मन्त्री उपेन्द्र यादवले बताए । उनले भने, देशमा व्यववस्था परिवर्तन भएपनि तराई मधेश र कर्णालीका अबस्थाले काँचुली नफेरेको उल्लेख गरे । उपेक्षित क्षेत्रको विकास र समृद्धिका लागि अब तीन तहका सरकारले योजना बनाउनु भन्दा कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।

जुम्ला पुगेका उप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले सन्तुलीत विकासका लागि उपेक्षित क्षेत्रको विकास पहिले गर्नुपर्ने बताए । विगतमा उपेक्षा परेपनि अब कर्णालीले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रले काँचुली फेर्ने दाबी गरे । स्वास्थ्य क्षेत्र संगै, कनेक्टीभीट र ईलेक्टोसिटिको विषयलाई कर्णालीमा प्रथामितका साथ अघि बढाईने बताए ।

दुर्गम मानिने कर्णाली सम्भावना अवलोकन गर्न आएको उनले भने । यहाँका सम्भावनालाई अबसरमा बदल्न बाह्य तथा आन्तरिक लगानीको खाँचो रहेको छ , उनले थपे, लगानी जुटाउने सवालमा तीन तहकै सरकार निकै गम्भीर रहेको बताए ।

स्कुल अफ जनस्वास्थ्य कार्यक्रम उद्घाटन
श्ुक्रबार जुम्ला पुगेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्कुल अफ जनस्वास्थ्य कार्यक्रमको समेत उद्घाटन गरेका छन् । यस सगै पश्चिम नेपालको स्वास्थ्य हव क्षेत्रको रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अव स्नातक तहको स्कुल अफ जनस्वास्थ्य कार्यक्रम औपचारिक रुपमा शुरु भएको हो । यस अघि प्रतिष्ठानमा एच. ए. नर्सिङ्ग पढाई भईरहेका छन् ।

भने यसै वर्ष बाट व्याचलर अफ नर्सिङ्ग पनि पढाई शुरु भएको छ । उद्घाटन संगै पढाई निरन्तर हुने भएको छ । उनका अनुसार स्वास्थ्य क्षेत्रमा रहेको विद्यामान समस्याको समाधान गर्न सके कर्णालीको भविश्य उज्ववल रहेको बताईएको छ । कर्णालीको लागि स्वास्थ्य क्षेत्रको गुरु योजना निर्माण भईरहेको भन्दै कार्यक्रम सफल्ताको शुभकामना व्यक्त गरे ।

जुम्ली एकता बलियो
उक्त कार्यक्रममका अवसरमा जिल्ला समन्वय समिति जुम्लाको अगुवाई प्रतिष्ठानमा एमडिजिपि र एमविविएस पढाईको लागि पहल गरिदिन स्वास्थ्य मन्त्रीलाई माग पत्र बुझाईएको छ । दुई बुदें मागमा एमडिजिपि र एमविविएस पढाई, पुर्वाधार निर्माणमा स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले प्रतिष्ठानमा एमडिजिपि र एमविविएस संचालनका लागि जुम्ली एकता बलियो भएको बताए ।

भने, जुम्ली जनताले ७ सय २२ रोपनी जगा निशुल्क दान दिएको भन्द्र तत्काल माग सम्बोधन गर्न आग्रह गरे । पुर्व राज्य मन्त्री बल बहादुर महतले कर्णालीले अब माग्ने हाईने विस्तारै देशभर स्वास्थ्य सेवा दिने विश्वास व्इत्तः गरे । भन चन्दननाथ नगरपालिका की मेयर कान्तिका सेजुवालले स्वास्थ्यमा सरकारको लगान् िबढाउन सुझाब दिईन । कर्णाली प्रतिष्ठानलाई ‘हेल्थ टुरिजम’को रुपमा विकास गर्नु पर्नेमा जोड दिईन । जुम्लाबासीको एकता र दान लाई मध्यनर गरी माग सम्बोधमा सरकार गम्भीर हुने मन्त्रीको आश्वासन छ ।

विशेषज्ञ सेवा प्रवाह
दशक पहिले उपचार नपाएर अकामै ज्यान गुमाउने कर्णाली बासीका घरघरमा प्रतिष्ठाने विशषज्ञ सेवा दिएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । उनले भने, गुणस्तरीय सेवा प्रवाहमा हामी जिम्मेवार छौ । समग्र कर्णालीलाई सेवा दिने लक्ष्यका साथ, जाजरकोटर रुकुम, सल्यान, कालिकोट डोल्पा,हुम्ला,मुगु र सुर्खेतमा प्रत्यक महिना २ जना विशषज्ञ डाक्टर पठाएर सेवा दिइरहेको बताए ।

एमडिजिपि र एमविविएस संचालन गर्नु हामी कर्णाली बासीकोलागि निकै महान कार्य हो । जसले गर्दा घरमै बसेर डाक्टर बन्ने सपना पुरा गर्ने छ । उनले थपे, अहिले प्रतिष्ठानमा विभिन्न विषयमा ५० जना विशषज्ञ डाक्टर छन् ।

भने जठिल खालका अप्रेसनहरु प्नि भईरहेका छन् । पुर्वाधार प्रयाप्त छ । एमडिजिपि र एमविविएस संचालनका लागि स्थानीय ७ सय २२ रोपनी जग्गाा निशुल्क दिएका छन् । तत्तकाल सरकारले माग सम्बोधन गरी कर्णालीलाई न्याय गर्न समेत उनको अपिल छ ।

प्रतिक्रिया दिनुहोस