र्निब्याजी ऋणले व्यवसायिक कृषिलाई राहत


कर्णाली पोष्ट दैनिक
जुम्ला ः तिला गाउँपालिका – ८ का प्रेम बस्नेत नर्सरी किसान हुन् । उनले २०६० साल देखि नर्सरी खेती शुरु गरेका थिए । घरको आर्थिक अबस्था कमजोर हुँदा हुदै पनि आफुले नर्सरी खेतीलाई निरन्तरता दिदै आएको उनले बताए । झण्डै एक रोपनी जग्गामा नर्सरी खेती छ, । विरुवाको बढ्दो माग छ । उनले थपे, आफु संग बजेट शुन्य, ऋण लिकालेर नर्सरी खेती गरौँ साहुको चर्को ब्याजदरले ढाड सेक्ने ननिकालौँ आर्थिक अभाव थियो । विस्तारै नर्सरी खेतीबाट हात झिक्ने सोचमा थिए । माग बढेपनि आर्थिक मलजल, सिचाई, आधुनिक प्रविधिको अभावले सताएको थियो । त्यस्तै, तिला गाउँपालिका – ३ कुडारीका कर्ण हमाल पनि सामान्य तरकारी खेती गर्थे, मनमा व्यवसायिक तरकारी खेती गर्ने जागर थियो, तर उनलाई पनि आर्थिक अभावले बाधा गरेको थियो ।


सानो खेतमा फलाएको तरकारी साना बजारमा पुराउन्थे, उनले भने, कतै ऋण पाएको भए जग्गा लिजमा लिएर व्यवसायिक तरकारी खेती गर्ने सोचमा थिए उपयुक्त समयको पर्खाईमा बसे । साथै, रारागाउँकी सिता र घोडेका हस्त बुढा सिमि र फापर खेतीको व्यवसायिक रुपमा अघि बढाउने सोचमा थिए ।
यी प्रतिनिधि पात्र जो व्यवसायिक किसान बन्न चाहान्थे, उनीका लागि तिला गाउँपालिका आव २०७४÷०७५ मा र्निब्याजी ऋण दिने नीति ल्यायो । बेरोजगार न्युनिकरण गरी किसानको जीविकोपार्जनमा टेवा पुराउने सोचका साथ र्निब्याजी ऋणको नीति अघि सारिएको तिला गाउँपालिका सामाजिक विकास शाखा प्रमुख मन्दिरनाथ योगीले बताए । र्निब्याजी ऋण दर्खास्त आह्वान गरी पाँच समुह (र्नसरी, तरकारी, सिमि, भेडाखाब्रा र अर्गानिक बाली) सम्बन्धी खेती गर्ने किसान समुहलाई दिइएको थियो ।
एक वर्षको अन्तरालमा गएको शुक्रबार समिक्षा गरियो । समिक्षा अबसरमा प्रेम बस्नेत, कर्ण हमाल सिता रावल लगायतका किसानले गाउँपालिकाको र्निब्याजी ऋणले व्यवसायी कृषिका लागि ठुलो राहत गरेको बताईन् । नर्सरी किसान प्रेम बस्नेतले ४ लाख ४५ हजार र्निब्याजी ऋण पाएका हुन् । उनले भनिन्, आफुजस्ता सामान्य किसानलाई व्यवसायी कृषिमा आर्कर्षित गर्ने गाउँपालिकाको नीति किसानका लागि न्यायोसचित भएको बताईन् । रोट स्टक तीन जातको १ लाख २० हजारका लागतमा २ सय बोट (एम नाई एम ईलाभेन, एम सीस्टीन) उन्नतजातका विरुवा रोपेको छु ।
भने, माउबोटका रुपमा ओखर, बदाम, हाढे बदामको नयाँ विरुवाहरु १ लाख बराबरको उत्पादन गरेको छु । जुम्ला जिल्ला भरिका किसानलाई सहुलियतमा बेच्नेगरी व्यवसायिक उत्पादनमा र्निब्याजी ऋणले ठुलो राहत गरेको बताए । ३ हजार दाना ओखर रोपेको १ हजार, (हुमेक एसिड) जातको नयाँ मल नर्सरीमा प्रयोग गरेको छु । आगामी वर्षमा वन लसुनको उत्पादनमा जोड दिईने बताए ।
साथै तरकारी किसान पदम भट्राईले र्निब्याजी ऋण ९ लाख ५० हजार लिएर ५ रोपनी जग्गा लिज लिएका छन् । सामुहिक रुपमा ४ जना युवा मिलेर व्यवसायिक तरकारी खेती गरेका छन् । अहिले पहिला स्थानीय बजारमा पुराउन नसक्ने भट्राई अब सिधै बाहिर निर्यात हुने गरी उत्पादन गर्ने अबस्थामा पुगेको बताउन्छन् ।
त्यसका साथै, तिला गाउँपालिका राराका १ सय ५० जना र घोडे १७ जना किसानले सामुहिक फापर सिमि खेती गर्न ९ लाख ५० हजारका दरले ऋण लिएर व्यवसायिक रुपमा खेती गर्ने तयारीमा छन् । घोडेको १० हजार हेक्टर जमिनमा अर्गानिक फापर खेती हुदैछ । भने भेडाबाख्रा पालनका लागि पनि साढे ९ लाख ऋण दिइएको छ ।
तिला गाउँपालिकाको व्यवसायिक योजना
बेरोजगारलाई स्वरोजगार बनाउन तथा सिप जागर भएका किसानलाई व्यवसायिक बनाउन गाउँपालिकाले गत आर्थिक वर्षबाट यो नीति लिएको हो । कृषि शाखा प्रमुख हिक्मतराज गिरीले भने, जस अनुसार गत वर्ष झण्डै ५० लाख बजेट र्निब्याजी ऋणका लागि छुटाइएको थियो । भने, यो आर्थिक वर्षमा पनि किसानका आबश्यकता मध्यनजर गर्दै फेरी ५० लाख बजेट र्निब्याजी दिने नीति अघि बढाइएको छ ।
व्यवसाय प्रर्बद्धन ऐन २०७४ पारित संगै र्निब्याजी ऋणको कार्यक्रम ल्याइएको हो । बेरोजगार न्युनिकरणका साथै, किसानको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको उनकोे भनाई छ । जुम्लामै पहिलो गाउँपालिकाका रुपमा तिला गाउँपालिकाले र्निब्याजी ऋण दिईएको थियो ।
कृषि खेतीका लागि व्यवसायिक योजना बद्ध रुपमा अघि बढेर प्रत्यक्ष जीवनमा फाईदा पुग्ने गरी कार्यक्रम शुरु गरिएको उनले बताए । शुक्रबार र्निब्याजी ऋणको सदुपयोग, तथा कृषकका व्यवसायिक योजना माथि समिक्षा गरिएको थियो ।
उत्कृष्ट किसानलाई २० प्रतिशत छुट
र्निब्याजी ऋण उद्देश्य प्राप्तिका लागि जागर भएका विपन्न किसान उत्थानका लागि दिइएको हो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने दुई आर्थिक वर्ष गरी झण्डै १ करोड बजेट र्निब्याजी ऋण दिने छौँ । उत्पादन गरे बजार खोज्नका लागि गाउँपालिकाले पहल गर्नु पर्ने अबस्था सृजना हुनु पर्ने ऋणको लक्ष्य हो ।
उनले थपे, केहि कृषक समुहको प्रगति लक्ष्य अनुसार भएको देखिएन, अनुगमनका बेला राम्रो गर्ने तथा उत्कृष्ट गर्ने किसानलाई कुल ऋण लिएको ९ लाख ५० हजारको २० प्रतिशत छुट दिने उनले बताए । जसअनुसार उत्कृष्ट किसानले २ लाख र्तिनु पर्ने छैन् । भने लक्ष्य अनुसार काम नगरी अन्य खर्च गरेमा तत्काल ऋण फिर्ता गर्न लगाउने समेत चेतावनी दिए । किसानका आबश्यकता माग र जागर तथा प्रगतिका आधारमा गाउँपालिका थप बजेट कृषिमा लगानी गर्न तयार रहेको समेत उल्लेख गरे ।
व्यवसायिक खेतीका लागि बजेट अभाव भए बजेट थप गर्छौ, तर हिनामिना भए, घरखेत बेचेर पनि असुली गर्नुपर्ने उनको भनाई छ । पहिलो लक्ष्य बेरोजगारलाई स्वरोजगार बनाउने थियो । भने, दोस्रो किसानका जीवनस्रतमा सुधार ल्याउने हो ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, व्यवसायिक योजनाका उद्देश्य अनुरुप किसानले व्यवसायिकतालाई अघि बढाउन सुझाब दिईन । र्निब्याजी ऋण कार्यक्रमलाई सफल बनाउन किसानहरुलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया