जुम्लामा लागु औषध (ब्राउन सुगर) सहित पाँच युवा पक्राउ


फाईल तस्विर

नन्दराम जैशी, जुम्ला । लागु औषध (ब्राउन सुगर) सहित जुम्लामा पाँच युवा पक्राउ परेका छन् । बाहिरी जिल्लाबाट निर्यात गरेर जिल्लाभित्र लागु औषध (ब्राउन सुगर) ओसार पोसार, विक्रि वितरण तथा सेवन गरिहेको गोप्य सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउका लागि प्रहरी निरिक्षक नविन ओली नेतृत्वको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपीतलाई चन्दननाथ नगरपालिका ४ भारतीबाडा स्थित एक घरको कोठाबाट पक्राउ गरीएको हो ।

पक्राउपछि रितपुर्वक उनिहरुलाई खानतलासी गर्दा ४ ग्राम २० मिलिग्राम लागु औषध प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जिल्ला डुढुवा गाउँपालिका ५ का २६ वर्षिय हिरालाल सुनार सहित पाँच जना रहेका छन् । उनिहरुलाई खानतलासी गर्दा हिरालाल सुनारको कालो रंगको व्याग भित्र पोेको पारेर राखिएको ब्राउन सुगर बरामद गरिएको छ । उनिहरुमाथी मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय जुम्लामा लागु औषध विक्रि, विरतण तथा ओसार पोसार गर्नेहरुको संख्या बढिरहेको पाईन्छ ।

तपाईको प्रतिक्रिया