नेकपा जुम्लाको अध्यक्षमा सुरेश पहाडी – को हुन्, उनी ?

नन्दराम जैशी,

जुम्ला । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकतापछिको जिल्ला नेतृत्व टुंग्याएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार नेकपा जुम्लाको अध्यक्षमा तत्कालीन माओवादी केन्द्रका विरबहादुर कुँवर (सुरेश पहाडी) को नाम टुंग्याएको छ । उनि तत्कालीन माओवादी केन्द्रका पुर्व जिल्ला संयोजक समेत हुन् । (सुरेश पहाडी) नेकपा जुम्लाको अध्यक्ष घोषणा भएपछि उनलाई विभिन्न सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना आउन थालेको छ ।

सुरेश पहाडी

को हुन् ? सुरेश पहाडी

विरबहादुर कुँवर (सुरेश पहाडी) जुम्ला तातोपानी गाँउपालिका ७ निवासी एक नेपालि नागरीक हुन् । उनि नेता, समाजसेवी मात्र नभएर एक कुसल, निडर लडाकुको नामबाट परिचित छन् । उनको जन्म २०३६ चैत २९ मा भएको हो । उनि अहिले एक सक्रिय राजनितिकर्मीको रुपमा जिल्लामा परिचित छन् ।

राजनिति यात्रा

हाल ४० बर्षका उनले किशोर अवस्थादेखि नै राजनिति अभियान थालेका हुन् । उनले अहिले राजनिति जिबन बिताएको २१ बर्ष पुग्यो । किशोर अवस्थादेखि नै कम्युनिष्ट राजनिति सिद्धान्तलाई मन पराउने उनले १८ बर्षको उमेरमा नै माओबादी पार्टीमा प्रवेश गरे । २०५४ मा माओबादीमा आबद्ध भएपछि उनि शसत्र द्धोन्द्धमा होमिए । शसत्र द्धोन्द्धमा उनि आफ्नो ज्यानको प्रवाह नगरी तत्कालिन जनमुक्ति सेनामा आबद्ध भए । जनमुक्ति सेनाको मिलिसिया, छापामार, बटालियन हुँदै ब्रिगेट कमाण्डरको नेतृत्व गर्दै उनि देशभर घुमेका छन् । सबैको साथ सहयोग र हौसला तथा आफ्नो साहस, आँट र जोसका कारण (सुरेश पहाडी) ले पाटीमा सँधै उच्च नेतृत्व गरीरहे । उनको नेतृत्वमा पाटीलाई समेत सफलता मिल्न थालेपछि २०५८ मा उनले पश्चिम मोर्चाको नेतृत्व गर्ने अवसर पाए । उक्त मोचौबाट उनि दुई बर्ष सुदुरपुर्व बसे । त्यसपछि उनि २०६१ देखि २०६४ सम्म सुदुरपश्चिममा रहे ।

अन्तत ः नेपालमा शान्ती पुर्नस्थापनापछि उनि सेना समायोजनमा अवकास लिएर फरक राजनिति भुमिकामा देखिए । २०५६ मा जिल्ला कमिटि सदस्य हुँदै पार्टीका विभिन्न कमिटिमा आबद्ध भएका उनि २०७० मा तत्कालिन ए माओबादी पाटीको जुम्ला संयोजक भए । पाटीप्रतिको उनको लगाब र नेतृत्वकै कारण उनि पुन ः माओबादी केन्द्रको जिल्ला संयोजक तोकिए ।

सुरेश पहाडी

के भन्छन्, सुरेश ?

नेकपा जुम्लाको पाटी अध्यक्ष घोषणापछि उनले पाटमिा सबै खालका भावनालाई समेटेर एकताबद्ध तरीकाले अघि बढ्ने बताए । ठुलो पाटीमा सबैका विभिन्न धारणा हुन्छन्, त्यसलाई मिलाएर सबैको हित हुने गरी मेरो अध्यक्षतामा पाटी अघि बढ्नेछ उनले भने, पाटी्रले लिएको निति, कार्यक्रमलाई अंगाल्दै पाटीको विचार सिद्धान्तका आधारमा आचारसंहिका कार्यान्वयन गर्ने र गराउने छुँ । जिल्लाको विकासका एजेण्डामा जनताका जनजिविकासँग सम्बन्धित पक्षलाई जोड दिने उनको भनार्ई छ ।

 

तत्कालिन माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ । जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ । माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ । यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु ?

 

प्रदेश १
ताप्लेजुङ ः खेलप्रसाद बुढाथोकी
सुनसरी ः रामकुमारी चौधरी
उदयपुर ः विनोद कटुवाल दिनेश
खोटाङ ः देवान चाम्लिङ
ओखलढुंगा ः मोहन कुमार खड्का

प्रदेश २
बारा ः गोपाल ठाकुर
सर्लाही ः डाचाराज वाग्ले
धनुषा ः जोखकुमार बर्बरीया
सिराहा ः रामकुमार यादव

प्रदेश ३

चितवन ः यमवहादुर परियार
सिन्धुली ः राजन दाहाल
नुवाकोट ः हिरानाथ खतिवडा
काभ्रे ः रुकु चौलागाई
रामेछाप ः मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश
गोरखा ः जगन्नाथ खनाल
लमजुङ ः मधुमाया अधिकारी
म्याग्दी ः गोविन्द पौडेल
स्याङजा ः पारस गैरे

प्रदेश ५
बांके ः आइपी खरेल
बर्दिया ः भवनकुमार थारु
रोल्पा ः सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम ः मेघबहादुर श्रेष्ठ
नवलपरासी ः राजुप्रसाद हरिजन

कर्णाली प्रदेश
रुकुम पश्चिम ः गोपाल शर्मा (अनल)
जाजरकोट ः ढकविर राना
जुम्ला ः सुरेश पहाडी
हुम्ला ः विजय भण्डारी
कालिकोट ः दुर्गबहादुर रावत
मुगु ः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश
दार्चुला ः गणेश खत्री
डडेलधुरा ः मानसिंह माल
कञ्चनपुर ः वीरबहादुर थापा
वझाङ ः कलकबहादुर खड्का

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस