
सागर परियार
कर्णाली अर्गानिक उत्पादनको उर्वर क्षेत्रका रुपमा चिनिन्छ । तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँका किसानको जनजीवीकामा प्रतिकुल असर पर्दै गएको छ । जुम्लामा रहेका झण्डै १८ हजार घरधुरी अहिले पनि कृषिमै निर्भर छ । जति मेहनत गरेर खेतीपाती गरेपनि ६ महिना सम्म धौधौ पुग्छ ।
६÷७ वर्ष पहिले घरघरमा मुरी मुरी धान, जौ, गौ, मकै, कोदो र चिनो लगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । वर्षभरी १०÷१२ सदस्य भएको परिवार घरकै उत्पादनले चल्थ्यो । तर पछिल्लो समय एका तर्फ उत्पादन कम भएको उत्पादन अनुसार संचीत गर्ने र उपभोग गर्ने आधुनिक कृषि प्रणालीका बारेमा थाहा नहुँदा कर्णालीमा खाद्य सुरक्षा जोखिम बढ्दै गएको पाईन्छ । गाउँको हुनेखाने बोरीका बोरी उत्पादन गर्ने घरहरुमा पनि अहिले आयातीत खाद्यन्नकै भर छ ।
घरको उत्पादनले नपुगेपछि कालापहाड जाने ६ महिना कमाउने ६ महिना कर्णालीका अधिंकाश किसानको दैनिकी छ । एका तर्फ जग्गा बाझो हुने, अर्को तर्फ खाद्यसुरक्षाको जोखिम बढ्ने समस्या कर्णालीका किसानको जीविकोर्पाजनमा ठुलो समस्या आएको कृषि अर्थविद बालकराम देवकोटाले बताए । अन्न हाल्ने भकारीमा माकुराले जाल बुनिसके, बाझो जग्गाले किसान खोजिरहेको छ । खाद्यन्न संकट हुने खतरा छ । जीविकोपार्जनका स्रोत घट्दै गएको उनको भनाई छ ।
कर्णालीको जमिनमा उत्पादन गर्ने शक्ति आबश्यक प्रविधिको कमीले गर्दा खाद्य असुरक्षाको जोखिम बढ्दै गएको छ । नत युवा शक्ति कृषिमा लागेका छन, नत आधुनिक कृषि प्रणाली लागु छन, ६ महिना कालापहाड ६ महिना घर गरेर खाने संस्कारले कर्णालीमा खाद्य असुरक्षाको जोखिम बढ्दै गएको विज्ञहरुले बताएका छन् । खाद्यसुुरक्षाका संगै किसानको जीविकोपार्जन संग जोडिएका विभिन्न पक्षमा अनुसन्धान गर्नुपर्नेमा कर्णालीका किसानले माग गरेका छन् ।
कर्णालीमा डब्लुएफपीले अध्ययन गर्दै
कर्णालीमा उत्पादनको सम्भावना अथाह भएपनि कृषिमा युवाहरुको बढ्र्दै गएको अभिरुचिले गर्दा जीविकोपार्जनमै समस्या देखिने सम्भावना छ । जुम्लाका ८ वटै स्थानीय तहमा झण्डै २५ देखि ३० प्रतिशत मानिस अति गरिब रहेका छन् । जसको अन्त्यका लागि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)ले कर्णालीमा अध्यायन गर्ने भएको छ । जसका फलफूल, तरकारी गैरकाष्ठ वनपैदावर,पशुपालन,कुखुरापालन,माछापालन,ज्याला मजदुरी,पर्यटन लगायत १५ वटा सुचकमा आधारित रहेर अनुसन्धान अघि बढाईने छ । विगतमा हुने उत्पादन र अहिले भईरहेको र पछि हुन सक्ने उत्पादनका बारेमा छलफल हुने भएको छ ।
किसानको पुनरुत्थानशिलता विश्लेषणका लागि जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन गर्दै र्छौ । डब्लुएपीका मान क्षेत्रीले अध्ययनले कर्णालीमा उत्पादन हुने कृषि बस्तु आयात निर्यातको अबस्था तथा खाद्य सुरक्षा र जीविकोपार्जन सहज ल्याउने उनको भनाई छ । कर्णलीमा जलवायु परिवर्तनको जोखिम मापन गर्ने, जलवायु परिवर्तनले असरले लक्षितवर्गमा पारेको असर न्युनिकरण, जीवीकोपार्जनका साधनका आधारमा छुटाईका क्षेत्रको पहिचान, मानिसहरुको उत्थानशीलता, विगतमा भएका र भविष्य हुन सक्ने जलवायु परिवर्तनका असरका तथा जोखिम क्षेत्रका विष्लेषण र लक्षित क्षेत्रको पहिचान विशेष अध्ययन गरिने छ ।
जलवायु अनुकुलनका गर्दै खाद्य सुरक्षाका लागि पुनरुत्थान सम्बन्धी आबश्यक नीति तथा कार्यक्रम निर्माण लक्ष्य रहेको क्षेत्रीले जानकारी दिए ।
डब्लुएफपीले यसअघि नेपालमा वर्षेबाली धान र हिउदेबाली गहुँको खाद्यसुरक्षा घरधुरी सर्वेक्षण २०७४, खाद्यसुरक्षा र कुपोषणको बारेमा २०६६ देखि २०७१ सम्म अध्ययन गरेको थियो हाल जीविकोपार्जनका लागि कर्णालीका विभिन्न जिल्लामा विस्तृत अध्यायन अघि बढाइने छ जसका लागि जुम्लाका ८ स्थानीय तह संग समन्वय गरी अन्तरक्रियात्मक ढंगबाट तथ्यांक संकलन गरिने छ । हालका लागि २ नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिने अध्ययन शुरु गर्न लागिएको हो ।
अध्ययनका परिणाम
खाद्य सुरक्षाको जोखिम रहेका कर्णालीमा गर्न लागिएको जीविकोपार्जन अध्यायले लक्षित वर्गका हितका साथै खाद्य सुरक्षाको परिणाम देखाउने छ । तापक्रम र वर्षको परिदृष्य निर्माण,भविष्यमा हुने जलवायु जोखिमको दृष्य, शुन्य भोकमरीका प्राप्तीका लागि खाद्य सुरक्षा रणनीति तथा नीति निर्माण,खाद्य सुरक्षा विश्लेषणका लागि सुचनाका स्रोत निर्माण, आर्थिक सर्वेक्षणका लागि उपयुक्त क्षेत्रको छनौट हुने डब्लुएफपीका लाक्पाछिरिङ तामाङले बताए ।
सुचना संकलनका १५ वटा सुचकमध्य २५ प्रतिशत पुरा भएको घरलाई जीविकोपार्जनका रुपमा लिन सकिने छ । भने कार्यक्रमा जिसस प्रमुख लाल बहादुर सार्कीले कर्णालीका खाद्यसुरक्षाका लागि अध्ययन कोशेढुंगा सावित हुने बताए ।