
जुम्ला ः सदरमुकाम खलङ्गामा अवस्थित चन्दननाथ भैरवनाथ मन्दिरको निगरानी गरिने भएको छ । करोडौँको सम्पत्ति सुरक्षित गर्नका लागि मन्दिरमा सिसि क्यामेरा जडान गरी निगरानी गर्न थालिएको हो । ०७२ मङ्सिर ११ गते राती मन्तिरको बहुमुल्य मुर्ति चोरी भएपछि सिसि क्यामेरा जडान गरी निगरानी गर्न थालिए पनि पछिल्लो समयमा क्यामेरा विग्रेर फोटो लिने गरेको थिएन ।
विग्रेको क्यामेराले फोटो भिडियो नलिने भएपछि सिम्पल इन्टीलिजेन्ट एण्ड टयाक्नोलोजी जुम्लाले मन्दिरको सुरक्षाका लागि निशुल्क क्यामेरा जडान गरेको हो । सिम्पल इन्टीलिजेन्ट एण्ड टयाक्नोलोजी जुम्लाका प्रबन्धक हर्ष शाहीका अनुसार चन्दननाथ भैरवनाथ मन्दिर असुरक्षित भएपछि निशुल्क सिसी क्यामरा जडान गरिएको छ । चन्दननाथ मन्दिरमा पहिलो जडान क्यामराले फोटो नलिने भएपछि निःशुल्क जडान गरिएको उनले बताए । हामी नेपालीको धार्मिक धरोहरका रुपमा प्राचिन काल देखिको मन्दिरलाई व्यक्तिगत रुपमा भएपनि संरक्षण सुरक्षित राख्नु पर्छ भन्ने उद्देश्यले क्यामेरा जडान गरिएको उनको भनाई छ ।
चन्दननाथ गुठी व्यवस्था समितिका खरिदार रत्नप्रसाद आचार्यका अनुसार यस अघि जडान गरिएको क्यामेराले काम नगर्ने भएपछि सिम्पल इन्टीलिजेन्ट एण्ड टयाक्नोलोजी जुम्लाले निशुल्क क्यामेरा जडान गरेको हो । नौ वटा क्यामरा, पावर बक्स १ वटा, डिभिआर १ वटा, हार्ड डिक्स १ वटा, मनिटर, मल्टिपलक ४ वटा वइरिङ्गतार १ रोल गरी जम्मा २ लाख बराबरको सामान प्रयोग भएको छ । मन्दिरको सुरक्षाको लागि हवलदारको नेतृत्वमा चार जना प्रहरीको टोली पनि खटाएको छ । त्यसैगरी सिम्पल इन्टीलिजेन्ट एण्ड टयाक्नोलोजी जुम्लाले मन्दिरमा सिम्पल लिड्ढको इन्टरनेट पनि निशुल्क जडान गरिएको जनाएको छ । अगामी दिनमा सिसि क्यामेरामा केही समस्या आएपछि वा विग्रेको खण्डमा निशुल्क मर्मत सम्भार गर्ने जनाएको छ । साथै मन्दिरमा सिम्पल लिंकको इन्टरनेट पनि जडान गरिएको छ ।