
सागर परियार
पढाईमा निकै मेहनती, अतिरित्त क्रियाकलापमा सधै उत्कृष्ट हुने, भविष्यमा केहि गर्न सक्ने सम्भावना बोकेकी विपन्न गरिब परिवारकी छोरी अनिता नेपाली । जसलाई ७ वर्षकै उमेरबाट संघर्षले जिउन सिकाएको थियो । घरमा खाने अन्न थिएन, लगाउने लत्ता थिएन, बाबुले कालापहाडमा भारी बोकी कमाएको धनले परिवारको मुखमा माड पथ्र्यो ।
अलि मिठो खान, एकलत्ता नयाँ लगाउन वर्षमा दशैनै कुर्नु पथ्र्यो । तिला २ की अनिता नेपालीले भनिन,ठयाक्कै ६÷७ वर्ष पहिलेको अबस्था स्मरण गर्दा, खान लगाउन पुग्थेन, भने पढ्ने कुरा कोहि भाई बाहिनीले सोचेका पनि थिएनौ ।
संगैका साथीहरु स्कुल गएको देख्दा, मलाई लाग्थ्यो, यसरी डे«स लगाएर, झोला बोकेर स्कुल जान पाए हुन्थ्यो अनिताले सुनाईन । तर मेरो पारिवारिक अबस्था भने अति नाजुक थियो । मलाई स्कुल जाने रहर मनमा छलाङ मारिसकेको थियो । तर मजबुरीमा थिए मनमा रहर गाठो पारि राखेर आमा संगै ज्यालामजदुरीका काम जान्थे ।
अनिताले थपिन, बुबा सधै कालापहाड नगई परिवार चल्थेन, आमाले घरमा अर्काको काम नगरी हुन्थेन, छोरा जन्माउने मोहले परिवारमा हामी ५ छोरी थियौ । साहेत घरमा कोहि शिक्षित हुदो हो त यति बहिनी हुन्थेनउ उनले भनिन । २०६८ बाट अनिताले गाउँ नजिकैको कालिका आधारभुत विद्यालयमा पढ्न जान शुरु गरिन ।
सबै साथी स्कुल पोशाकमा जाँदा उनलाई निकै अप्ठयारो महसुश हुन्थ्यो, किनकी, अनिताको शरिरमा घरमा लगाउने देखि स्कुल जादाँ लगाउने एउटै जोर कपडा थियो । घरको पारिवारिक अबस्था नाजुक भएकाले एक हप्ता २÷३ दिन मात्रै स्कुल आउन्थीन, विद्यालयका प्रअ देविराम गौतमले भने, बाँकी आमा संग ज्यालामजदुरीमा जानेरैछन्, तर पढाईमा निकै मेहनत गर्ने भएकाले सधै पास हुने गरेको उनको भनाई छ ।
संघर्षले मेहनत गराउन सिकाउन्छ, हुने विरुवाका चिल्लो पात भएनै अनिताको हरेक कुराले शिक्षक,समुदायलाई निकै प्रभावित पार्दै गएको थियो । ज्यालामजदुरीको पैसाले घरखर्च र पढाई खर्चमा निकै सकस हुन्थ्यो तर अभावकै बीच पनि पढ्ने कदम अनिताले उचालिरहेकी थिईन । तर २०७० साल भारतको केदारनाथमा आएको विनासकारी बाढिले उनका बुबा एैमान नेपालीको मुत्यु भयो ।
त्यसपछि अनिताको परिवारमा झण्डै तीन वर्ष सन्नाटा छायो । आमा अर्धचेतमा थिईन, पापी पेटका लागि गाउँगाउँ चामल र पिठो माग्न जान्थेउ, पढ्ने कल्पना नै थिएन, सबैले पढ्ने रहर मारि सकेका थियौ । बाबु मर्दा, अनिता ८ वर्षकी थिईन,अरु बहिनी सानै थिए ।
अहिले अनमी बन्ने सपनाले सताउँछ
अनिताको गरिब परिवारमा बुबाको मृत्यु पछि सबैका संघर्षका दैनिकी शुुरु हँुदै गए .। २०७० देखि ७३ सम्म आमा झुमा नेपाली अर्धचेत थिईन, विस्तारै निको भएकी थिईन । तर पारिवारिक अबस्था भने निको भएको थिएन । जन्मदा देखि १४ वर्षको उमेर सम्म आफ्नो परिवारले खुसीको साहास फेरेको नदेखेको अनिताको भनाई छ ।
तर किर्डाक र प्लान नेपालको समाबेशी शिक्षा प्रर्बद्धन कार्यक्रम बाट अनिताको घरमा सहयोग प्राप्त भयो । बालबालिकाको पढाईमा सहजताका लागि आयआर्जन बढाउने सोचका साथ समाबेसी शिक्षा कार्यक्रबाट ३० हजार बराबरको खुद्रा व्यापार दियो । उनले भनिन,लिहि गाउँमा खुद्रा व्यापार धेरै थिए तर हाम्रो सपलमा सबैको मायाले व्यापार राम्रो हुन थाल्यो ।
प्रतिदिन १ हजार बढि कमाई हुन थाल्यो आमा झुमा नेपालीले बताईन । उनका अनुसार बाबुको मृत्युपछि अभाव झेल्न नसकेर जेठी छोरीले बिबाह गरि, त्यसपछि आफ्नो साहारका रुपमा अनिता लगायत ४ छोराछोरी रहे । कमाई राम्रै हुन थालेपछि सबै छोरी स्कल जान थालिन बीच बीचमा पढाई लाई निरन्तरता नदिएपनि पढाई छाडेकी थिईनन् । अहिले अनिता सिता मावि रारालिहिमा कक्षा ९ मा पढ्छन् ।
उनको कक्षामा ८५ जना विद्यार्थी छन्,शिक्षक लाल बहादुर बुढाले भने, अरु भन्दा निकै मेहनती र पढाईमा चनाखो छन् । उहिले स्कुल जाउँला, पढौला भन्ने त कल्पना थिएन । अनिताले भनिन, भाग्यमा संघर्ष गर्न लेखेको रैछ । जुन संघषले आज पिडा भुल्दैछ आफ्नो परिवारले ।
समाबेशी शिक्षा प्रर्बद्धन कार्यक्रमले सहयोग गरेपछि विद्यालयमा आउन निकै सहज भयो, पोशाक त परै जावस कापी कलम नपाएर विगतका जस्तै स्कुल जान नपाउने दुख सकिएका छन् । एसइई पछि अनमी पढ्ने ठुलो सपना छ । अझै परिवारमा अभाव छ ,तर पनि अनमी बन्ने ठुलो लक्ष्य छ, समाबेशी शिक्षाले दिएको उर्जा जीवनमा सफल्ता चुम्ने आधारहरु बनेका छन् । हुनेखानेलाई ३० हजार कम भएपनि हामी जस्ता विपन्न परिवारका लागि जीवन बदल्ने सहयोग बन्यो ।
अनमी बन्ने उर्जा दियो, यो सपनालाई पुरा गर्न पनि किर्डाक प्लान लगायतका संस्थाबाट सहयोग मिल्ने उनको आशा छ । अनमी बनेर दुर्गमका गाउँ गाउँमा सेवा गर्ने सपन ाबनेकी छु । समाबेशी शिक्षाले दिएको उर्जालाई अनमी बनेर सपना परा गर्ने सोचमा छु ।
तर यसका लागि सबैको सहयोग अपेक्षा गरेको अनिताले बताईन । यता,आमा झुमा नेपालली भने, ख्द्रा व्यापारले अनमी पढुने उर्जा दियो, तर पुरा गर्नका लागि यो लाखौ पैसा चाहिन्छ होला तर छैन् सबै संग सहयोगको अपिल छ उनले भनिन ।