गाउँ गाउँमा ट्राफिक शिक्षा दिँदै प्रहरी

कर्णालीपोष्ट दैनिक

जुम्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशक भयो तर यहाँका महिला तथा बालबालिकाहरुलाई ट्राफिक नियम सम्वन्धी भने जानकारी छैन । कर्णाली राजमार्ग हुदै जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

यहाँका महिला तथा बालबालिका जेष्ठनागरिकहरु सडकको दाँयाँबाँया कुन साइडमा हिड्ने कसरी सडक क्रस तथा प्रयोग गर्ने भन्ने कुरा जानकारी नहुदा दुर्घटना हुने गर्दछ । यहाँका सर्वसाधारण पशुचौपायलाई सडकमा जथाभाबी छोड्ने गर्दा पनि दुर्घटनाको जोखिम बढेको हो ।

दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालय जुम्लाले ट्राफिक नियम सम्वन्धी जनचेतना जगाउने गरेको छ । ट्राफिक, ट्राफिक प्रहरी, सडक तथा बाटोको प्रयोग गर्ने तरिका, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जनचेतना जगाएको ट्राफिक हवलदार कुशराज शाहीले बताए ।

उनले भने सवारी साधनमा यात्रा गर्ने तरिका तथा छाडा पशुचौपायाबाट हुने सवारी दुर्घटना र धनजनको क्षति सम्बन्धमा प्रशिक्षण तथा जनचेटना जगाउन काम गरिएको हो । किसान माइक्रो फाइनान्सको आयोजनामा तिला गाउँपालिका र तातोपानी गाउँपालिकाका महिलालाई सचेतना गरिएको हो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस