अनाथ विद्यार्थीलाई मानव फाउण्डेशनकोआर्थिक सहयोग


सागर परियार,

कर्णाली मावि अनामनगरमा कक्षा ४ मा अध्यायनरत स्नेहा जिसी अनाथ बालिका हुन् । उनी सानै छदा उनका आमा बुबाको मुत्यु भएपछि उनी आफन्तको घरमा बस्दै आएकी छन् । स्कुल पोशाक त परै जावस कापी कलम किन्न पनि स्नेहालाई निकै मुस्किल हुने गरेको छ । त्यस्तै कक्षा ४ मै पढ्ने दिपेश कठायत पनि अनाथ बालक हुन । उनी पनि कक्षा २ मा पढ्छन् ।

९ वर्षकै उम्मेरमा अनाभ भएका दिपेश लाई कापी कलम र पोशाक किन्न निकै मुस्किल छ । भने, घरको कमजोर पारिवारिक अबस्थाका कारण सोहि विद्यालयमा पढ्ने निसा तिमिल्सीना पनि कापी कलमको अभावमा साथीको मागेर काम चलाउँछन् । आमा बाबुको न्यानो माया पाउने उम्मेरमा अनाथ बनेका स्नेहा र दिपेशले राहात पाउँदा निकै खुसी छन् । भने आमा बाबु भएपनि कमजोर आर्थिक अबस्था भएकी निसा पनि राहात पाउँदा निकै मख्ख परेकी छन् ।

जुम्लामा रहेको मानव फाउण्डेशनद्धारा एक कार्यक्रमका बीच तीन जना अनाथ विद्यार्थीलाई २५ हजारका दरले राहात रकम हस्तान्तरण गरिएको शिक्षक देबेन्द्र तिमिल्सीनाले बताए । अध्यायनरत अनाथ आमा बाबु नभए नभएका तथा घरको आर्थिक अबस्था कमजोर भएका ३ जना लाई २५ हजारका दरले ७५ हजार आर्थिक सहयोगी न्याय गरेको उनको भनाई छ । उनका अनसार कर्णाली माविमा अध्यायरत ७ सय ३५ जना विद्यार्थी मध्य ३ जनाको अबस्था निकै दयनिय थियो । कापी कलम किन्न पनि धौधौ हुने अबस्था थियो ।

तर मानव फाउण्डेशनले आर्थिक सहयोग गरेपछि अनाथ बालबालिकाले निकै राहात महशुस गरेका छन् । एक कार्यक्रमका बीच मानव फाउण्डेशन कि अध्यक्ष तथा चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सहयोग रकम हस्तान्तरण गरेकी हुन् । अनाथ बालबालिको पढाईमा हुने विभिन्न खर्च व्यवस्थापनका लागि सहयोग गरिएको हो ।

वर्ष भरी नभएपनि केहि समयको लागि भएपनि सहयोग गरिएको रकमबाट राहात हुने मेयर सेजुवालको विश्वास छ । विद्यालयको विकास र अनाथ बालबालिको शिक्षा दिशाका लाष् िफाउण्डेशन तथा व्यक्तिगत रुपले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरिन । मेयर सेजुवालका स्वर्गीय श्रीमान मानव सेजुवालको सम्झनामा स्थापना भएको मानव फाउण्डेशनले जुम्लामा सामाजिक हितका लागि विभिन्न काम गर्दै आएको छ । नगरपालिकी मेयर सेजुवाल फाउण्डेशन मार्फत गाँउगाउामा गरिब तथा विपन्नको राहातका लागि जुट्ने गरेकी छन् । स्वर्गीय मानव सेजुवाल नेपाली काँग्रेस जुम्लाका पाटी सभापति हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया