गुणस्तरीय शिक्षामा जोड दिदैँ दुर्गमका विद्यालय


सागर परियार

पातारासी गाउँपालिका ५ माथि लोर्पाका लोकेन्द्र बोहोरा अहिले कक्षा ३ मा पढ्छन् । उनी पहिले घण्टौको पैदल हिडेर उर्थुमा रहेको नीजि विद्यालमा जान्थे । दुर्गमका विद्यालयमा पढाई राम्रो गुणस्तर नहुने भन्दै उनका अभिभावकले नीजि विद्यालयमा २ वर्ष पढाए । त्यस्तै सोहि गाउँका लोकेन्द्र बोहोरा पनि गत वर्ष सम्म सदरमुकामको एक बोर्डिङ स्कुलमा पढ्थे । तर अहिले उनका बुबा आमा गाउँकै शंकर आधारभुत विद्यालयमा भर्ना गरेका छन् ।

भने सोहि गाउँका हेमन्त बोहोरालाई पनि उनका बुबा कालो बोहोराले यो वर्ष नीजि विद्यालयमा पढाउने सोच गरेका थिए । तर उनले गाउँमै रहेको शंकर आधारभुत विद्यालयको शैक्षिक, भौतिक तथा विभिन्न पक्षको अवलोकन गरे । त्यसपछि उनले पनि आफ्नो बच्चालाई गाउँकै विद्यालयमा भर्ना गराएका छन् ।

यस्तै तातोपानीका राम बहादुर परियारले गाउँ नजिकैको विद्यालय छोडेर आफ्नो छोरीलाई भुरिचुल्ला बोर्डिङ स्कुलमा भर्ना गर्ने तयारी गरेका थिए । विद्यालयमा शैक्षिक अबस्था अन्य वाताबरणको अवलोकन गरेपछि गाउँकै भवानी आधारभुत विद्यालयमा भर्ना गरेका छन् । यी एक प्रतिनिधि उदाहरणहरु मात्रै हुन् ।

फोटो ः किर्डाक तथा वल्र्डभिजनको साझेदारीमा शंकर आधारभुत विद्यालयमा निर्मित बालमैत्री धारा । तस्बिर ः सागर परियार

दुर्गमका विद्यालयमा राम्रो पढाई हुदैन्, योग्य शिक्षक हुदैनन्, बालबालिकाको लागि उपयुक्त वाताबरण हुदैन् भन्ने सोचले यहाँका सयौ अभिभावक मंहगो खर्च गरी आफ्ना छोराछोरी सदरमुमकाका तथा टाढाका नीजि विद्यालयमा पढाउन बाध्य हुन्थे ।

तर पछिल्लो समय दुर्गमका विद्यालयहरुमा बढ्दै गएको चेतनाका कारण शैक्षिक गुणस्तरका अब्बल बन्दै दुर्गमका विद्यालय अभिभावकहरुको विश्वास जित्दै गएका छन् । पहिले शुन्य विद्यार्थी हुने विद्यालयहरुमा हिजोआज खचाखच विद्यार्थी हुने, नीजि छोड्दै सरकारीमा भर्ना हुने अबस्थाको सृजना किर्डाको शिक्षा परियोजनाले गरेको प्रधानाधपकहरु बताउँछन् ।

शिक्षा परियोजना सारथी
भवानी आधारभुुत विद्यालयका निमित्त प्रअ अर्जुन बुढा केहि वर्ष मध्यपश्चिमका उत्कृष्ट शिक्षकको पुरुष्कारबाट सम्मानीत भएका हुन् । तर पनि उनले विद्यालयमा भनेको जस्तो शिक्षामा गुणस्तर ल्याउन नसकेको स्वीकार छन् ।

जब विद्यालयमा किर्डाकको शिक्षा परियोजना लागु भयो, नमुुना विद्यालय बनाउने, अभिभावकको विश्वास जित्ने, शिक्षामा गुणस्तर ल्याउने असल सारथी बनेको बताए । उनले भने, जुम्लामा झण्डै १ सय ७० वटा विद्यालय छन् । आधारभुत ९२, निमावी ३१ र माध्यमिक विद्यालय ४७ वटा रहेका छन् ।

यी मध्य अधिंकाश विद्यालय दुर्गममा पर्दछन् । आर्थिक, भौतिक अबस्थाले मात्र कमजोर होईन दुर्गमका विद्यालयहरु शैक्षिक गुणस्तरले पनि निकै कमजोर हुन्छन् भन्ने मानसिकता सदरमुकामा विद्यालयहरुलाई छ । तर यस्तो गरिब मानसिकतालाई तोडरने अबसर बल्ल दुर्गमका विद्यालयले पाएका छन् ।

फोटो ः उर्जाशील तथा अनुशासित शंकर आधारभुत विद्यालयका विद्यार्थी । तस्बिर ः सागर परियार

शिक्षा परियोजना अन्तरर्गत बालबालिका प्रारम्भीक शिक्षा, अभिभावक शिक्षा, विद्यालयमा छात्रा छात्र शौचालय, पुुस्तक कर्नर,नियमित अभिभावक भेला, विव्यस बैठक, नमुना विद्यालयका मापदण्डमा छलफल, विद्यालय अनुगमन लगायत विभिन्न पक्षमा परियोजनाले सहयोग गर्दै आएको शंकर आधारभुत विद्यालय पातारासीका प्रअ हरि बहादुर बुढाले बताए ।

उनका अनुसार गाउँमै पढाई शिविर चलाएपछि बालबालिका घरबाट भागेर विद्यालय आउने अबस्था सृजना भएको छ । बालमैत्री वाताबरणमा बालबालिका रमाउन थालेका छन् । बस्ने राउण्ड टेवल, कुसन, कार्पेट, पिपि फर्म दिएपछि बालबालिकाहरु निकै उत्साहित भएर विद्यालय आउन थालेको प्रअ बुढाले उल्लेख गरे ।

नाभिडाँडाका विद्यालयका प्रअ प्रेम शाहिका अनुसार सरकारी तथा नीजि ठुला विद्यालय सदरमुकामै भएपछि शिक्षाका आन्तरिक तथा बाह्य बजेट दुर्गम सम्म पुग्दैनन् जसको फाईदा सदरमुकामका विद्यालयले लिईरहेका छन् । भने मोडल घोषणा पनि सदरमुकामै विद्यालय मात्रै हुन्छन् ।

नाम मात्राका मोडल दिनभरी गेटमा ताला लगाएर विद्यार्थी भित्र हुलेर नमुना विद्यालयको धाक देखाउने सुगमका विद्यालयलाई दुर्गमका विद्यालहरुले चुनौती दिईरहेका छन् । जसका लागि शिक्षा परियोजनाले निकै ठुलो राहात दिएको छ । नमुना विद्यालयका विषयमा प्रअलाई तालिम, पाठ्ययोजना बारे तालिम शैक्षिक विधिबारे तालिम दिएर दुर्गमका विद्यालयलाई अभिभावकको विश्वास जित्ने बनाएको छ ।

फोटो ः नमुना विद्यालय बनाउन छलफल गर्दै भवानी आधारभुत विद्यालयका अभिभावक । तस्बिर ः सागर परियार

बालमैत्री शिक्षणको आर्कषण

किर्डाक नेपालले जुम्लाका विभिन्न गाउँमा पढाई केन्द्र संचालन गरेको छ । बालबालिको सर्वागिण विकासका लागि विभिन्न माध्यमबाट पढाई हुने गर्दछ । पढाई केन्द्रमा बालबालिकाहरु आफ्नै क्षामता अनुसारको क्रियाकलपा गर्न बेस्त हुने वाताबरण छ ।

बालबालिकाले बुझ्ने गरी, कथा, गित, कहानी, स्थानीय स्रोत साधानहरुको माध्यम बाट अभ्यास गराई पढाउन्छु, सहजकर्ता,उमा बोहोराले भनिन, हप्ताको शनिबार मात्रै पढाउन्छु ।जसले गर्दा बालबालिको आकर्षण बढ्दै गएको छ । यसको मुख्य लक्ष्य भनेकै बालबालिकालाई विद्यालयको पहुँचमा पुराउनु हो ।

अभ्यास पुस्तीका मार्फत चित्रद्धारा पढाउन लगाउने गर्दा निकै खुसी हुनछन् । भने यदि निदाउन चाहेमा पनि आनन्दले सुताउने व्यववस्था छ । त्यसका साथै, विभिन्न किसिमका घरेलु सामाग्रीहरु निर्माण गरी उनीहरुका बारेमा भन्न लगाउने गर्दछु ।  पढाई केन्द्रमा बालबालिको चाहाना अनुसार दैनिक स्वतन्त्र खेल, गित गाउने, विषय वस्तुको बारेमा जानकारी, कथा भन्ने, सुनाउने, क्रियाकलाप, सामग्री बनाउने, नाच्ने, लगायत सात चरणमा पढाउने गरिनन्छ । ९० मिनेट पढाउने भएता पनि बालबालिका संग रमाउदै घण्र्टा समयकाृ गएको थाहा नहुने सहजकर्ताहरु बताउन्छन् ।

फोटो ः भवानी आधारभुत विद्यालयमा बनाइएको सांकेतिक चिन्ह सहितको बालमैत्री धारा तथा शैचालय । तस्बिर ः सागर परियार

यता शिक्षा परियोजना संयोजक दिपराज रावतका अनुसार जुम्लामा २५ वटा पढाई शिविर संचालन अबस्थामा छन् । जुम्लाका पातारासी, तातोपानी, सिंजामा विभिन्न गतिविधि भईरहेका छन् । जसले गर्दा शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपुर्ण भुमिका खेलेको उनको विश्वास छ ।
उनलेभने, पढाई केन्द्रलाई पिपि फर्म, कार्पेट, ६० प्रकारकार विभिन्न, कथा समेटीका किताब सहयोग गरेका छौ । भने, बेला बेला अभिभावक शिक्षा पनि प्रदान गरिरहेका छौ । भने शिक्षकहरुको क्षामता बृद्धिका तालिम र नमुना विद्यालयका बारेमा पनि सिकाउने गरेको बताए ।

सुचक पुरा गर्दै विद्यालय

प्रदेश सरकारले कर्णालाीलाई तीन वर्षमा साक्षर घोषणा गर्ने लक्ष्य लिएपनि दुर्गमका बालबालिका अझै शिक्षाबाट बन्चित छ । भने २३ प्रतिशत मानिस अझै कर्णालमा निरक्षर रहेका छन् । प्रदेश सरकारले सदरमुकामा ठुला विद्यालय नमुुना घोषण गरेपनि दुर्गमका विद्यालय नमुना बनाउन शिक्षा परियोजनाले काम गरीररहेका छ ।

जुम्लाका १५ विद्यालयलाई नमुना बनाउन विभिन्न गतिविधि भईरहेको परियोजना संयोजक दिपराज रावतले बताए । पातारासीका शंकर आधारभुत, आधारभुत विद्यालय लुम, भवानाी आधारभुत, सुन्दरमणि, नाभिडाँडा लगायत १५ विद्यालय नमुना बन्ने तयारी रहेको उनको भनाई छ ।


फोटो ः बालमैत्री वाताबरणमा रमाउदै नाभिडाँडा विद्यालयका विद्यार्थी । तस्बिर ः सागर परियार

नमुना विद्यालयका लागि ४५ सुचक तय गरिएका छन्, बालमैत्री वाताबरण, मैत्रीपुणै शौचालय, खानेपानी, घेरबार, पुस्तकालय, सरसफाई, नियमित हाजिर नियमित विद्यालय खुलेको हुनुपर्ने पुस्तक कर्नर लगाय ४५ सुचक पुरा गर्नु पर्नेछ , जुन कसरतमा दुर्गमका विद्यालय लागि परेको भवानी विद्यालयका विव्यस अध्यक्ष धन बहादुर बुढाले बताउ ।

चाडै सुचक पुरा गरी नमुना बनाउने उनको लक्ष्य छ । परियोजनाको सहयोगबाट अभिभावकको विश्वसा जितका छौ पक्कै सफल हुने दुर्गमका विद्यालयको विश्वास छ ।

तपाईको प्रतिक्रिया