‘प्रतिभा भए नयाँलाई फिल्मी क्षेत्रमा प्रशस्त स्थान छ’


बुधबार, २४ माघ २०७४

काठमाडौं । संखुवासभाको चैनपुर पोखरी बजारमा जन्मिएकी रेखा लिम्बुले फिल्म तारेभिरबाट फिल्मी यात्रा सुरु गरिन्। २५ वटा भन्दा बढी गीतमा मोडलिङ गरेपछि फिल्मी क्षेत्रमा आएकी उनले अब अर्को फिल्ममा समेत अभिनय गर्दै्छिन् । कलाकार शिव श्रेष्ठले निमार्ण गर्न लागेको नयाँ फिल्ममा उनी आबद्ध भएकी छिन्। ४ वर्षअघि धरानका गायक अगेन लिम्बुको ब्याण्डबाट उनले म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।

उनी तेक्वान्डो खेलाडी समेत हुन्। फेसन डिजाइनर र मेक अप आटिष्टमा उनको रुची छ । धरानमा उनले दिदीसँग मिलेर ब्युटिकसमेत खोलेकी छन् । ‘फिल्मी क्षेत्रमा आउने सोच बच्चादेखि नै थियो, ‘उनले भनिन् ‘संखुवासभामा हाम्रो फिल्म हल थियो। पर्दा भित्र कसरी पस्ने होला, कसरी अभिनय गर्ने होला भन्ने उत्सुकता हुन्थ्यो। ‘

नयाँ प्रतिभाहरुका लागि फिल्मी क्षेत्रमा कस्तो स्थान पाउनुभयो भन्ने प्रश्नमा लिम्बुले भनिन् ‘नयाँलाई अहिले धेरै स्थान छ, तर मेहनतको खाँचो छ। पहिलाको तुलनामा अहिले फिल्मी क्षेत्रमा अभिनय गर्ने र लगानी गर्नेहरुपनि धेरै शिक्षित र फिल्मी कोर्ष पढेरै आउनेहरु पनि धेरै छन्।’

तारेभिरसँगै आफूहरुलाई केही फिल्ममा अफर आइरहेता पनि ह्वात्तै हाम फालि नहालेको उनले बताइन् । फिल्मी क्षेत्रमा लागेपछि होसियारी भएर काम गर्नुपर्ने उनले सुनाइन्।

उनी ५ वर्षअघि धरानमा भएको मिस लिम्बुमा सहभागि भएकी थिइन् । त्यसताका उनले वेष्ट स्क्रिन अर्वाड हात पारेकी थिइन् ।

तपाईको प्रतिक्रिया