लागुऔषध दुव्र्यसनी रोक्न नगरपालिका अभियान चलाउँदै


सागर परियार

समयको विकास संगै पछिल्लो समय लागु औषध दुव्र्यसनीको लत लागेको संख्यामा बृद्धि हुदै गएको छ । काम नपाउनु, बेरोजागर हुनु, सामाजिक आर्थिक तथा पारिवारिक पक्षबाट तनावमा पर्नु लगायतका कारण युवा पुस्ता लागु औषध दुव्र्यसनीको शिकार भईरहेको अबस्था छ । विशेष गरी चन्दननाथ नगरपालिका भित्रका विभिन्न क्षेत्रबाट लागु औषध प्रयोग गरिरहेको अबस्थामा प्रहरीले प्रक्राउ गरेको छ ।

लागु औषध दुव्र्यसनीमाले युवा पुस्तामा पार्दै गएको प्रतिकुल अबस्थाको मध्यनजर गर्दै, चन्दननाथ नगरपालिको साता व्यापी लागु औषध दुव्र्यसनी अन्त्यका लागि अभियान संचालन गर्ने भएको छ । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले विहिबार पत्रकार सम्मेलन मार्फत जेठ २४ गते देखि नगरक्षेत्रका ८ वटा विद्यालयमा चेतना मुलक कार्यक्रम गर्ने बताईन ।

विद्यालय स्तरबाटै लागु औषध दुव्र्यसनीका नकरात्मक असर तथा कानुनी दण्ड जरिवाना तथा सजायका बारेमा जनाकारी दिने उद्देश्यका साथ चेतना मुलक कार्यक्रम गरिने मेयर सेजुवालको भनाई छ । विकास संग संगै युवा पुस्ताहरुमा पर्दै गएको लागु औषधको लत लाई छुटाउन चेतना अभिबृद्धिमा जोड दिने उनको भनाई छ । शुक्रबार पहिलो दिन चन्दननाथ माविबाट चेतना मुलक कार्यक्रम शुरु गरिने छ । भने, क्रमश, जनता मावि महतगाउँ,भैरब मावि ढुपीढुस्का, ज्ञानकुन्ज मावि,कर्णाली मावि अनामगर लगायत नगर क्षेत्र भित्रका सबै मावि विद्यालयमा साता व्यापी रुपमा चेतना मुलक कार्यक्रम चलाईने छ ।

एक साताको चेतना मुलक कार्यक्रम सकिए लगत्तै नगरपालिका भित्रका सबै विद्यालयका कक्षा ९ र १० का विद्यार्थीको उपस्तिथीमा रयाली सहित बृहत कार्यक्रम गरिने मेयर सेजुवालले जानकारी दिईन । लागु औषध दुव्यृसनीबाट युवालाई छुटाउन ुवा मैत्री बजेट तथा नीति र कार्यक्रमममा जोड दिईने मेयरकोे प्रतिबद्धता छ ।

लागु आषध दुव्र्यसनी अन्त्यमा संचार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै उनले सहयोग गर्न आग्रह गरिने भने, एक फरक प्रसंमा मेयर सेजुवालले संचार क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट छुटाउने समेत आश्वासन दिईन । यता पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहिको अगुवाईमा गएको पत्रकारको टोलीले आगाामी आवमा स्रचार क्षेत्रलाई विशेष बजेट दिन तथा सुचना सम्प्रेरणमा सहकार्य बढाउन ध्यानकर्षण पत्र समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया