औषधि अभाबको खबर नपुग्दै गाउँपालिका टोली स्वास्थ्य संस्था अनुगमनमा


मानदत्त रावल, जुम्ला ः कनकासुन्दरी गाउँपालिका – ३ बुढुगाउँ स्थित विराट स्वास्थ्य चौकीमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटा र स्वास्थ्य संयोजक दामोदरप्रसाद आर्चाय ०७६ जेठ २६ गते नै औषधि लिएर विराट स्वास्थ्य चौकीमा पुगेको थिए ।
उक्त समयमा उनीहरुले नियमित स्वास्थ्य संस्थालाई प्रदान गरिने ३५ प्रकारका अत्यावसकिय औषधि र अन्य अभिलेख प्रतिवेदनका लागि आवश्यक कागजात सहित सो संस्थामा पुगेका हुन् ।
उनीहरुले त्यहाँको वस्तुस्थिति अनुगमन गर्दा प्रयाप्त मात्र औषधि मौज्दात रहेको कुरा प्रष्ट गर्दै कर्मचारीको नियमितता लगनशिलता र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरका साथै थप सेवा विस्तार गर्नका लागि नियमित अनुगमन गरेका थिए । अनुगमनका क्रममा स्वास्थ्य संस्थामा देखा परेका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि गाउँपालिका सदा तत्पर रहेको कुरा अवगत गराउदै संस्थाको थप सेवा विस्तारमा सकारात्मक भुमिका रहने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
प्रमुख प्रशासकिय अधिकृत सापकोटा र स्वास्थ्य संयोजक आर्चायले प्रसुति सेवाका लागि यो आर्थिक बर्षमा नै सुचारु गर्नका लागि दुई लाख बजेट विनियोजन गरी आवश्यक सामाग्री समेत खरिद गरिएको र थप जनशक्तिको पनि व्यवस्थापन गर्ने प्रतिबद्धता गरे । हाल उक्त स्वास्थ्य संस्थाको स्थिति क्रमिक रुपमा सुधार भएको जनाएको छ ।
स्वास्थ्य चौकीमा सुचना आदानप्रदानका लागि निशुल्क इमेल इन्टरनेट सेवाका साथै प्रतिवेदन तयारीका लागि आवश्यक कम्प्युटर, प्रिन्टर समेत गाउँपालिकाले व्यवस्थापन गरेको छ ।
हाल जीवनजल पाँच हजार पुरिया, सिटामोटल १० हजार ट्याप्लेट, एमोक्सिलिन पाँच हजार क्याप्सुल, आईरन चार हजार ट्याप्लेट, जीड्ढ ३५ सय ट्याप्लेट लगायत अन्य सम्पुर्ण औषधि प्रयाप्त मौज्दात रहेको छ । तत्काल कुनै पनि औषधिको अभाब नभएको र प्रयाप्त मात्रमा अन्य आर्कमिक औषधि समेत गाउँपालिकाले उपलव्ध गराएको विराट स्वास्थ्य संस्थाका अहेव गोविन्द भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया