हिमा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री प्रर्दशन


मानदत्त रावल
जुम्ला ः पछिल्लो समयमा शैक्षिक संस्था अथार्त विद्यालयमा शैक्षिक सामाग्री प्रयोग गरी पठनपाठन गरेको पाइदैन । तर हिमा गाउँपालिका – २ कोइरेली गाउँ स्थित ५ कक्षासम्म अध्यापन हुने हिमा आधारभुत सामुदायिक विद्यालयले भने शैक्षिक सामाग्री प्रर्दशनी गरेको छ । सामुदायिक वा निजी विद्यालयले पठनपाठनमा शैक्षिक सामाग्री प्रयोग होस भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।


हिमा आधारभुत विद्यालयका प्रधानाध्यापक महेश रावलका अनुसार पठनपाठनमा शैक्षिक सामाग्री प्रयोग गर्दा र नगर्दा विद्यार्थीको बुझाईमा फरक पर्दछ । उनले भने हरेक शिक्षकले पठनपाठन गर्दा अनिवार्य शैक्षिक सामाग्री प्रयोग गर्नुपर्ने हो तर प्रयोग गरेको पाईदैन । कक्षा कोठामा शैक्षिक सामाग्री प्रयोग गर्दा बालबालिकाले छिटो बुझ्ने र शिक्षकलाई पनि बुझाउने सजिलो हुने उनको भनाई छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार यहाँको विद्यालय धेरै पछि स्थापना भएको हो । उनले भने यहाँ भौतिक संरचना अभाव छ । विद्यालयमा घेरवार छैन । तर पनि यति सानो विद्यालयलाई अरुलाई दिनका लागि सन्देशमुलक शैक्षिक सामाग्री प्रर्दशनी कार्यक्रम सञ्चालन गरिएको प्रति उनले खुशि व्यक्त गरे । हिमा गाउँपालिका भित्र रहेको सबै विद्यालयका शिक्षकले कक्षा कोठामा अनिवार्य रुपमा शैक्षिक सामाग्री प्रयोग गर्न सुझाए । यहाँका अभिभावक र शिक्षक सक्रिए भएका कारण पठनपाठन देखि व्यवस्थापन पक्ष पनि राम्रो रहेको छ उनले भने यस विद्यालयको भौतिक संरचना निर्माण देखि अन्य विषयमा गाउँपालिकाले बजेटको व्यवस्थापन गर्नेछ ।
कालिका माध्यामिक विद्यालय बड्कीका शिक्षक खार्मा शाहीका अनुसार हरेक विद्यालयका शिक्षकले कक्षा कोठामा शैक्षिक सामाग्री प्रयोग गर्नुपर्ने हो तर प्रयोग भएको पाईदैन । बालबालिकालाई बुझ्न सहताका लागि सबै शिक्षकलाई शैक्षिक सामाग्री प्रयोग गर्न उनले सुझाए । हिमा गाउँपालिका भित्र केही विद्यालय मात्र नमुनाका रुपमा सञ्चालनमा रहेको उनले बताए । विद्यालय नमुना बनाउनका लागि विद्यालयको नेतृत्व, शिक्षक, अभिभावक र विद्यार्थी सक्रिय हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया