कर्णालीमै पहिलो,जाँच र धाँपा, विद्यालय बाहिर बालबालिका मुक्त समुदाय घोषणा


सागर परियार,

जुम्ला सिंजा १ का जाँच र धाँपा गाउँलाई विद्यालय बाहिर रहेका बालबालिका मुक्त समुदाय घोषणा गरिएको छ । कर्णालीकै पहिलो नमुनाका रुपमा दुई गाउँ लाई विद्यालय बाहिर रहेको बालबालिका मुक्त घोषणा गरिएको हो । निकै तामझामका साथ घोषणा गरिएको हो । जाँच र धापा जिल्लाकै दुर्गम बस्ती हुन् । दुई गाउँको जम्मा घरधुरी संख्या दुई सय ८० रहेको छ । भने, झण्डै एकसय बढि बालबालिका पहिला विद्यालय क्षेत्रबाहिर रहेका थिए ।

प्लान ईन्टरनेश्सनल नेपाल किर्डाक द्धारा समाबेशी शिक्षा कार्यक्रम मार्फत चेतना अभिबृद्धि गरिएको थियो । झण्डै दुई वर्षको अवधिपछि सिंजाका दुईगाउँलाई शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना गराउने समुदाय रुपमा घोषणा गरेको किर्डाका जिल्ला संयोजक रेशम शाहिले बताए ।
सामाजिक परिचालक सुमिता शाहिलेका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा पुराउन निकै मेहनत गरेको बताईन । एक सयबढि बालबालिकालाई विद्यालयको पहुँचमा पुराउन, निकै कठिन थियो, दलित बालबालिका बाहिर बढि थिए,उनले थपिन, निरन्तरको प्रयासले कर्णालीकै नमुना काम गर्न सफल भएको उल्लेख गरिन ।

जाँच र धापा गाउँ अबस्थित मालिका मावि विद्यालय छ । जहाँ पहिले दलित बालबालिका आउदैन् थे, पहिला ३÷४ सय मात्रै विद्यार्थी हुन्थे । तर दुईवर्षको अवधिमा विद्यालयमा झण्डै सातसय विद्यार्थी भर्ना भएका छन् ।

२०१९ सालमा स्थापना भएको विद्यालयमा दशकौ पछि दुबै गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको प्रधानाध्यापक परेकराज खत्रीले बताए । किर्डाक र प्लानको योग्दानकै कारण जिल्लाकै नमुना काम भएकोमा खुसी व्यक्त गरे ।

घोषणाका सुचक
कर्णालीकै नमुना समुदायका रुपमा जाँच र धापालाई घोषणा गर्नका लागि दुई वर्षको अवधिमा विभिन्न सुचकमा रहेर काम गरिएको छ । सयौ बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि, घरधुरी सर्वेक्षण, विद्यार्थी रयाली, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैंठक, घरदैलो अभियान, अभिभावक परामर्श कार्यक्रम, विद्यालयमा मैत्रीपुर्ण संरचनाm शौचलय खानेपानी, घेराबार र गाउँपालिकाको अनुगमन लगायत विभिन्न सुचक पुरा गरेर जाँच र धापा गाउँलाई शतप्रतिशत बालबालिका विद्यालय बाहिर रहेको मुक्त समुदाय घोषणा गरिएको हो । दुई वर्षको अवधिमा यी विभिन्न सुचक माथि निरन्तर छलफल र बहस गरेर घोषणा भएको छ ।

प्रदेशको योजनालाई टेवा
कर्णाली सरकारले अबको दुुई वर्षमा साक्षर कर्णाली घोषणा गर्ने लक्ष्य लिएको छ । अहिले ७७ प्रतिशत कर्णालीको साक्षर प्रतिशत छ । तर कर्णालीमै पहिलो जुम्ला सिंजाका दुई गाउँ विद्यालय बाहिर बालबालिका मुक्त समुदाय घोषणा हुनु प्रदेश सरकारको योजनामा ईटा थपिनु हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने, घोषणा भन्दा कार्यान्वयन चुनौतीपुर्ण छ । भोलीका दिनमा बालबालिका सडकमा, होटलमा देखिन नपरोस भन्दै घोषणा पुर्ण कार्यानवयनकोे शुभकामना दिए ।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुराउनु पहिलो लक्ष्य थियो भने, प्रदेश सरकारको योजनालाई टेवा पुराउनु दोस्रो लक्ष्य रहेको स्पष्ट पारे ।  यो घोषणाले कर्णालीमै नमुना सन्देश दिने छ । अध्यक्ष रावलले थपे, घोषणा कार्यान्वयनका लागि गाउँपालिका गम्भीर भएको समेत दाबी गरे । आउने बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउने समेत प्रतिबद्धता गरे ।

प्लानका एरिया म्यानेजर योगेश निरौलाले शिक्षामा सबैको पहुँच पुराउनु हाम्रो लक्ष्य, मुलुकै नमुना कार्य जुम्लाबाट शुरु भएकोमा खुसी व्यक्त गरे ।  क्रमिक रुपमा विद्यालय क्षेत्र बारि रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने अभियान चलाउनु पर्नेमा जोड दिए । सिंजा गाउँपालिकाले कर्णालीमै नमुना काम गर्न योग्दान दिएको भन्दै, किर्डाक, प्लान र मालिका मावि लाई सम्मान पत्र समेत प्रदान गरिएको छ ।
फोटो क्याप्सन ः घोषणा कार्यक्रममा जिल्लाका सरोकारवाला । तस्बिर ः सागर परियार

तपाईको प्रतिक्रिया