सागर परियार,सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा शिक्षकहरूले अनिश्चित कालिन रुपमा तालाबन्दी गरेका छन् । ७÷८ महिनादेखि पारिश्रमिक नपाएको भन्दै निजी शिक्षकहरूले सिंजा गाउँपालिका भरीका २२ वटा विद्यालयमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाका आधारभुत, निमावी र मावि गरी २२ वटै विद्यालयमा कार्यरत ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका शिक्षक हरिबहादुर रोकायाले बताए । उनले भने ‘तलब उपलब्ध गराउन २२ वटै विद्यालयका शिक्षकहरूले व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको अल्टिमेटम दिएका थियौ । त्यो भन्दा अगाडी पटक पटक पनि विव्यसलाई भनेका हौ ।
तर मागको सुनुवाई नगरी अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालिन तालाबन्दै गरेको रोकायाले बताए । उनका अनुसार नीजि शिक्षकलाई फुल समय प्रयोग गर्ने, निकै थोरै तलब निर्धारण गर्ने, त्योपनि समयमै नदिने जस्ता समस्याले काम गर्ने कठिन भएको दुखेसो गरे । जुम्लामा नीजि शिक्षकको श्रम शोषण माधै गर्ने तर सेवा सुविधामा गम्भीर नहुने प्रबृति हाबी हुँदा संषर्घ समितिनै गठन गर्नुपर्ने अबस्था आएको शिक्षकहरुले बताएका छन् ।
नीजि शिक्षकको मजबुरीको फाईदा उठाउदै, एक हजार देखि ५ हजार सम्म मात्रै पारिश्रमिक दिएका छन् । तर त्यो पनि नियमित नहुँदा हामी अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्न पुगेको संर्घष समितिका कोषध्यक्ष हरिबहादुुर रोकायाको भनाई छ । २२ वटै विद्यालयमा आईतबार देखि पढाई ठप्प भएको छ । यता, सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भने निजी शिक्षकको तलब सम्बन्धी विषय स्थानीय तह संग सम्बन्धीत नरहेको बताए । उनले तलब नपाउनु दुखद पक्ष भएको उल्लेख गरे ।
तर तालाबन्दी गरी सयौ विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको शिक्षकहरुलाई आरोप लगाए । तालाबन्दीबाट समस्याको समधान नहुने हुदैन् । अध्यक्ष रावलले थपे, विद्यार्थीहरुको पठनपाठन प्रभावित भएकाले विद्यालय बन्द भन्दा पनि वार्ताबाटै समाधान खोज्न उनले सुझाव दिए ।
त्यसमा गाउँपालिकाले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने समेत विश्वास दिए ।
सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्याको समाधान खोज्नुपर्ने रावलको भनाइ छ । आन्दोलनमा उत्रिएका निजी शिक्षकले भने तलब नपाए सम्म कुनैपनि हालतमा ताला नखोल्ने अडान राखेका छन् । कसैले जबरजस्ती गर्न खोजे शान्तीपुर्ण आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।