सिंजाकै नमुना विद्यालय ‘भैरब मावि नराकोट’


सागर परियार


शिक्षा क्षेत्र भनेको स्वतन्त्र क्षेत्र हो । जहाबाट देशका लागि सच्चा नागरिक जन्मीन्छन् । गुणस्तरी तथा व्यवहारिक शिक्षा आर्जन गर्ने नमुना शैक्षिक संस्था बनाउन त्यति सजिलो पनि छैन् । पछिल्लो समय शिक्षक नियुक्ती देखि विद्यालय स्तरमा भईरहेको राजनीति करणले गर्दा शिक्षा क्षेत्र धरासय बन्दै गएको छ ।

तर सिंजाको भैरब मावि नराकोट विद्यालयले यस्ता सबै भरम चिर्दै शिक्षाको उन्नयनका लागि अघि बढेको छ । नेतृत्व गर्ने व्यक्ति अथवा उतृकष्ट कार्यशैली भएको विव्यस अध्यक्ष तथा समिति भएपछि पक्कै पनि नमुना सन्देश दिन सकिन्छ भन्ने ज्वालन्त उदाहरण बनेको छ । सिंजाको भैरब मावि नराकोट ।

दुर्गम मानिए पनि सुगमका विद्यालयलाई चुनौती दिदै, डिजिटल हाजिरीको व्यवस्था, सुविधान सम्पन्न ३ वटा पक्की भवन निर्माण भई गुणस्तरी शिक्षाका लागि प्रयाप्त पुर्वाधार विकास तर्फ लम्की रहेको विव्यस अध्यक्ष हरि शंकर चौलागाँईले बताए । उनले भने, शिक्षा क्षेत्रलाई स्वतन्त्र बनाउन निकै मुस्कील छ ।

विव्यस अध्यक्ष हरिशंकर चौलागाँई

तर पनि समुदायको सक्रिया, विद्यार्थीको अनुशासन, शिक्षकहरुको जिम्मेवारीपनकै उदाहरण नै नमुना भैरब मावि हो । झण्डै पाँच सय ५० जना विद्यार्थी अध्यायनरत विद्यालयमा दृष्टिविहिन विद्यार्थीका लागि छुट्ै भवन तथा विशेष शिक्षा लागु छ । २९ जना शिक्षकहरुले आफ्नो जिम्मेवारीका साथ अध्यायपनलाई अघि बढाएका छौ ।

शिक्षा क्षेत्रमा सुगमका विद्यालय हावी हुने प्रबृत्तिको अन्त्यका लागि हामी निकै मेहनतका साथ लागेको अध्यक्ष चौलागाँईले बताए । भौतिक संरचना, शिक्षाको गुणस्तर, अभिभावकको सक्रियता लगायत विभिन्न पक्षका आधारमा भैरब मावि सिंजा गाउँपालिका भरिकै नमुना विद्यालय भएको विव्यस अध्यक्ष हरिशंकर चौलागाईको दाबी छ ।

यसपाली एसईईमा पनि सिंजाकै नमुना विद्यालय भैरब मावि बनेको छ ।  भने डिजिटल हाजिरी पनि संचालन भईरहेको छ । किर्डाक तथा प्लान संग सहकार्य गरेर दृष्टिविहिन बालबालिका लागि अपांगमैत्री आवासीय भवन निर्माण गरे अध्यक्ष चौलागाईले भने, अहिले दृष्टिबिहिन बालबालिका सुरक्षितका साथ पढिरहेका छन् ।

भने, बाँकी दुई पक्की भवन पनि बन्दैछन् । केहि वर्षमै सिंजा क्षेत्रकै नमुना विद्यालय बनाउने अभियानमा आफु जुटेको बताए । जागर उर्जा भएमा शिक्षा क्षेत्रको विकास गर्न दुर्गमताले छेक्दैन भन्ने सन्देश दिनका लागि पनि निकै खटेर लागिपरेको बताए ।

अझै स्थानीय सरकारले शिक्षामा लगानी बढाउनु पर्ने उनको सुझाब छ । किर्डाक तथा प्लानको समाबेशी शिक्षा कार्यक्रमबाट विद्यालय सुधारका लागि मार्ग देखिएको उनले उल्लेख गरे । अझै शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न किर्डाक प्लान, लगायतका विभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

विद्यालयलाई राजनीति बाट टाढा, शिक्षामा गुणस्तर, मैत्रीपुर्ण वाताबरण तथा संरचना, अभिभावक भेटघाट गर्दै अबको केहि समयपछि सिंजाकै नमुना विद्यालय बनाउने संकल्प गरेको अध्यक्ष चौलागाईको तर्क छ । किर्डाक प्लानको समाबेशी शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रको विकासमा टेवा पुगेको उल्लेख गरे । विद्यालयकै विकासका लागि दिनरात नभनी विभिन्न सरोकारवाला संग समन्वय सहकार्यलाई अझै बढाउदै जाने बताए ।

तपाईको प्रतिक्रिया