जुम्ला ः स्वास्थ्य क्षेत्र सवै भन्दा प्रथामिकताको विषय भएको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताईन । स्वास्थ्य शाखा हिमा गाउँपालिका जुम्लाद्धारा आयोजित पत्रकार, स्वास्थ्य कर्मी तथा स्थानीयसँग स्वास्थ्य विषय अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । मानव स्वास्थ्य नै सवै भन्दा ठुलो सम्पत्ति हो यसलाई आम नागरिक देखि स्थानीय सरकारले प्रथामिकताको विषय बनाउनुपर्ने उनको तर्क छ । स्वास्थ्यका विषयमा हिमा गाउँपालिका सकारात्मक रहेको र सोही अनुसार बजेट व्यवस्थापन गरेको उनको भनाई छ ।
आगामी आर्थिक बर्षका लागि हिमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एक बच्चा एक बैक खाता देखि एम्बुलेन्स खरिदका लागि बजेट विनियोजना गरेको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने गाउँपालिकाले समानिकरण तर्फ मात्रै अहिले झण्डै ५० लाख जतिको बजेट विनियोजन भएको छ । यस बजेटको भरपुर सदुपोग गरी स्थानीय बासीलाई सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड रहेको छ ।
हिमा गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्रबहादुर महतका अनुसार यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा कुनै कमी नभएको छैन । गाउँपालिका देखि सम्वन्धीत निकायमा समन्वय र पहल गरी यहाँका नागरिकको स्वास्थ्य सेवामा जोड दिएको उनले बताए । चालु आर्थिक बर्ष ०७५÷०७६ मा यस गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा १५ लाख बजेट विनियोजन गरेको हो । सबै बजेट खर्च भएको र कुनै पनि बजेट फ्रिज जान पाएको छैन । त्यसैगरी शर्शत अनुदान तर्फ पनि सवै खर्च भएको उनको भनाई छ । राज्यले उपलव्ध गराउदै आएको निशुल्क औषधि सहित अन्य औषधि पनि व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक महतले बताए ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरम महतका अनुसार स्वास्थ्य क्षेत्र सवै भन्दा सम्वेदनशिल विषयमा हो । उनले भने यस क्षेत्रमा नागरिक देखि स्थानीय सरकारको अहम् भुमिका हुन्छ । स्थानीय बासी महिला तथा गर्भवती, सुत्केरी महिलाले स्वास्थ्य संस्थामै प्रसुति भएर राज्यको सेवा सुविधा सदुपयोग गर्नु पर्दछ उनले भने । स्वास्थ्य विषय अन्तरक्रिया कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको सहभागीता रहेको थियो ।