वर्षातमा परी देशभर ११ को मृत्यु,८ बेपत्ता 


काठमान्डौ । वर्षा आएसँगै डुबानको सिकार हुने नेपालको तराई, पहाड र हिमाल यो वर्ष पनि वर्षा पीडित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण बढेको बाढीले नेपालको पूर्वी तथा पश्चिम तराईका विभिन्न बस्तीहरु डुबेका छन् । वर्षाले अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको ग्रहमन्त्रालयले जनाएको । भने, ८ जना बेपत्ता, १३ जना घाईते भएको जनाइएको छ । निर्माण सञ्चारमा समचार छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाले जनाले ज्यान गुमाएका हुन् । जस अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, २ जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । तराईका विभिन्न गाउँबस्तीहरु यतिबेला डुबानमा छन् ।
यतिबेला देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने घरहरु पहिरोमा पर्ने, बस्तीहरु डुबानमा पर्ने भइरहेको छ ।

त्यस्तै, वर्षा पछि पहिरोका कारण मृत्यु हुनेहरुमा रामेछापमा रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । त्यस्तै, भोजपुरमा पानीको भेल घरभित्र पसेर घर भत्किएको पर्खालले लागेर रामप्रसाद राईको मृत्यु भएको छ । गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई पनि रहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विक पहिरोले पुरिएर मृत्यु भएको छ । बालक शौचालय गर्न जाँदा पहिरोले चर्पी सहित बगाएको थियो ।  वर्षाकै कारण ललितपुरमा पनि एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बेपत्ता हुनेहरुको संख्या पनि बढिरहेको गृह स्रोत बताउँछ । खोटाङमा ३ जना बेपत्ता भएका छन् ।

कलंकी डुब्यो
वर्षाका कारण राजधानी काठमाडौंको कलंकीका विभिन्न स्थानहरु डुबानमा परेका छन् । खसीबजार र मैत्रीनगरका घरहरुको एकतलासम्म डुबानमा छन् । स्थानीय प्रहरी कार्यालय र सडकहरु जलमग्न भएका छन् । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् । कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको प्रहरीले बतायो । यतिबेला कलंकीका घरहरु तथा सडक जलमग्न भएका छन् ।

तपाईको प्रतिक्रिया