दुर्गम राँसा देखि घोडेका ३६ गर्भवतीलाई फिल्टर (तस्बिरहरु)

सागर परियार,

तिला ८ पुरु गाउँकी बास्मती नेपाली शुद खानेपानी पिउन फिल्टर पाउँदा निकै खुसी भईन् । उनी अहिले ८ महिनाकी गर्भवती छन् । दुर्गम बस्तीमा सधै दुषित पानी खाईरहेकी उनी गर्भअवस्थामा फिल्टर पाउँदा खुसी नहुने कुरै भएन् । नियमित स्वास्थ्य संस्थामा चार पटक चेक गराए वापत उनले फिल्टर पाएकी हुन् ।


फोटो ः घोडेका गर्भवतीलाई फिल्टर दिदै तिलाकी उपाध्यक्ष विष्णु बुढा र ७ का वडाध्यक्ष ।

फिल्टर पाउँदा बास्मती नेपाली जस्तै दुर्गमका सयौ गर्भवती महिला खुसी भएका छन् । बच्चा गर्भमा रहेदेखि जन्मीएको दुई वर्ष सम्मको अवधि सुनौला हजार दिन भित्रका गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन पनि फिल्टर दिईएको हो । पेट भित्रको बच्चा र आमाको स्वास्थ्यमा कुनै असर नपरोस, शुद पानी खाएर बच्चा जन्मीउन भन्ने सोच तिला स्वास्थ्य शाखाको हो ।


फोटो ः राँसा स्वास्थ्य चौकीमा गर्भवतीलाई फिल्टर दिदै उपाध्यक्ष । तस्बिर ः सागर ।

दुषित पानीको प्रयोग बाट गत वर्ष हिमाका ५० जना स्थानीय एकैसाथ थला परेका थिए । त्यसमा बालबालिका गर्भवती तथा सुत्केरी महिला बढि प्रभावभित थिए । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत रोग दुषित पानीका कारण लाग्ने पनि जनाएको छ । दुर्मग बस्तीहरुमा एक घर एक धारा त पुगेका छन् ।


फोटो ः फिल्टर पाउँदा खुसी भएकी राँसाका गर्भवती महिला । तस्बिर ः सागर ।

तर पानी आउने मुहान देखि ट्यांकी हुदै धारा सम्म आउदा फोहोर साना धुलोका कण मिसिदै आएको हुन्छ । अहिले वर्षातको समयमा सबै पानीका स्रोत दुषित छन् । बिना सुदिकरणको पानी दुर्गमका गर्भवती तथा आम नागरिक पिउन बाध्य छन् । दुर्गम तिला ९ राँसा, ढिपु, मालापानीका सयौ स्थानीय दैनिक दुषित पानी पिउँछन् ।

फोटो ः जुम्लाकोटा स्वास्थ्य चौकीमा फिल्टर वितरण गर्दै उपाध्यक्ष बुढा । तस्बिर ः सागर ।
३६ गर्भवतीलाई फिल्टर
पछिल्लो समय विभिन्न कारणले स्वास्थ्य संस्थामा चेकजाँच गर्ने, सुत्केरी हुने महिलाको संख्या घटेको छ । तिलाको स्वास्थ्य शाखाले सुनौला हजार दिन भित्रका गर्भवतीलाई शुद खानेपानीको पहुँचमा पुराउन, अन्य महिलालाई स्वास्थ्य चौकी तर्फ आकर्षण गराउन फिल्टर वितरण गरिएको तिलाका स्वास्थ्य शाखा सह(संयोजक गणेश बहादुर शाहिले बताए । उनका अनुसार तिलाका १(९ सम्मका ३६ गर्भवती तथा सुत्केरीलाई फिल्टर वितरण गरिएको छ । जसमा प्रत्यक वडाका ४ जना गर्भवती महिलाका दरले ३६ जनालाई दिईएको छ । शाहिले भने, हाम्रो उदेश्य भनेको शुदखानेपानी खुवाउने, नियमित चेकजाँच गर्न महिला स्वास्थ्य संस्था आउन, उत्प्रेरित गर्ने हो ।


फोटो ः कुडारी स्वास्थ्य चौकीमा फिल्टर वितरणपछि तस्बिर ः सागर ।

वर्षातको समय छ, खोलानालाको पानी पुरै दुषित छ । गर्भअवस्थामा दुषित पानी पिउँदा जुका पर्ने, झाडापखला लाग्ने, टाईफाईड हुने भएकोले पुर्वतयारी स्वरुप फिल्टर दिने नीति ल्याएको सहसंयोजक शाहिको भनाई छ । जुम्लाका आठ स्थानीय तहमै पहिलो नमुना कामका रुपमा फिल्टर दिईएको हो ।

सुत्केरी भत्ता देखि वर्थिङ सेन्टरको सेवा नियिमत गराउन पनि उनले घोडे, रासा, जुम्लाकोट, कुडारी र रारालिहि स्वास्थ्य चौकी ईन्चार्जलाई सुझाब दिए । प्रति फिल्टर एक हजार ८ सयका दरले झण्डै ६० हजारको लागतमा ३६ जनालाई फिल्टर दिईएको छ । सुनौला हजार दिन भित्रका २६ जना गर्भवती तथा सुत्केरी लाई दिईएको छ । प्रत्येक दुईवडाका ८ जनाका दरले  बच्चा गर्भ रहे देखि बच्चा २ वर्ष हुन्जेल सम्मका सुनौला हजारभित्रका महिलालाई फिल्टर जग वितरण गरिएको हो ।

फोटो ः गर्भवतीलाई फिल्टर वितरण गर्नुको उद्देश्यबारे बताउँदै तिलाका स्वास्थ्य शाखा सहसंयोजक गणेश बहादुर शाहि तस्बिर ः सागर ।

नियमित चार पटक चेकजाँच गरेका गर्भवति आमालाई फिल्टर वितरण गरिएको हो । तिला गापा स्वास्थ्य शाखाको आयोजनामा वितरण गरिएको हो । ९४,६,८ र९० गरि चार पटक चेक गराएका महिलालाई दिएर प्रयोग विधिका बारेमा समेत सिकाईएको छ । वडानंं.६,७ पोख्री र घोडेका ८ जना  रासा, खोप्री, मालापानी,ढिपु ९ का ४ जना जुम्लाकोटका वडा नं। ८ का ४ जना,कुडारी स्वास्थ्य चौकीमा ३,४,५ का १२ जना र रारालिहका ८ जना गरि ३६ जनाले पहिलो चरणमा शुदपानी पिउन फिल्टर पाएका छन् । अहिलेको वर्षातमा दैनिक दुषित पानी खाएकी तिला ३ कि गोरीकला तिरुवाले स्थानीय सरकार आएपछि निकै राहात भएको बताईन ।

                               फोटो ः रारालिहि स्वास्थ्य चौकीमा फिल्टर वितरणपछि तस्बिर ः सागर ।
तिलाकी उपाध्यक्ष बिष्णुमाया बुढाले मातृ शिशु मृत्युदर शुन्यका झार्ने अभियानका साथ अघि बढेको बताईन् । २र३ दिनको बाटो हिडि रासा मालापानी पुगेर फिल्टर वितरण गरि उनले गर्भअवस्थामा स्वास्थ्य सुरक्षाका लागि स्वयम् गर्भवती सजक हुनुपर्ने बताईन् । आव २०७६र७७ मा स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिदै गर्भवती महिला संग उपाध्यक्ष कार्यत्रमलाइ प्रथामिकता दिईएको सुनाईन ।

फोटो ः रारालिहि स्वास्थ्य चौकीमा शनिवार फिल्टर वितरणकै दिन सुत्केरी भएकी एक महिलालाई फिल्टर दिदै उपाध्यक्ष विष्णु बुढा । तस्बिर ः सागर ।
सुनौला हजार दिन भित्रको अवधिमा बच्चाका ८० प्रतिशत बृदि विकास हुन्छ । उनले थपिन,शुद स्वच्छ पानी, पोसिला खान खान सुझाव दिईन, स्थानीय तहले नियमित चेक गर्नेलाई पुरस्कार गर्ने बताईन् । फिल्टर वितरणले अन्य महिलालाई उर्जा मिल्ने, स्वास्थ्य संस्थामा नियिमत आउन सहज हुने बताईन् ।

कुडारी स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले गतवर्ष पोषणाका खाना दिएको बताए । उनले भने, पछिल्लो समय स्वास्थ्य संस्थामा महिलाको पहुँच घट्दै गएको र दुषित पानी खानु पर्ने बाध्यता रहेको बेला फिल्टर दिनु निकै सान्दर्भिक पहल भएको बताए ।

तिला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तिलाका १ देखि ९ सम्मका सुनौला हजार दिन भित्रका महिलालाइ शुद्ध पानी खुवाउन फिल्टर वितरणका लागि घोडे हुदै राँसा देखि कुडारी रारालिहि सम्मको यात्राका क्रममा तयार पारिएको स्टोरी ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस