स्तरीकरणको प्रतिष्प्रधामा जुम्लाका होटल


सागर परियार,

जुम्लामा झण्डै, पाँच दर्जन जती साना ठुला होटल छन् । खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्टको स्तरीकरण गर्ने सम्बन्धी निर्देशीका २०७४ अनुसार गएको जेठ महिनामा सबै होटलमा अनुगमन गरी स्टीकर टाँसिएको थियो । जसमा जुम्लाका १० होटल कान्जिरोवा र पौवा होटलमा उत्तमका (दुई स्टार) भएको स्टीकर र सुन्दर रारा कर्णालीमा एक स्टार भएको स्टीकरण टाँसिएको थियो । भने बाँकी ७ सात वटा सामान्य अबस्थामा थिए ।

तर अनुगमन भएको दुई महिनाकै अवधिमा यहाँका अधिंकाश होटलले खाद्य स्वच्छताका आधारमा आफ्ना होटल स्तरीकरणको प्रतिष्प्रधामा उत्रिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय होटल संघका सदस्य तथा स्थानीय खाद्य स्वछता समुहका संयोजक दिल बहादुर महतले जुम्लाका होटल स्तरीकरणको प्रतिष्प्रधामा रहेको बताए ।

सबै होटल न्युनतम मापदण्डमा पुगेका छन् । केहि समयपछि हुने स्तरीकरणको स्टीकर पाउने सबै होटल पर्ने उनको दाबी छ । साना ठुला सबै होटल रेष्टुरेण्टले खाद्य स्वच्छताका न्युनतम मापदण्ड अनिवार्य पुरा गर्नुपर्नेमा उनले जोड दिए । आफ्नो नाफा कमाउने उद्देश्य मात्र नभई उपभोक्ता हक हितका कुरालाई पनि होटल व्यवसायीहरुले आत्मसाथ गर्नुपर्ने जुम्लाका होटल व्यवसायीहरुले बताएका छन् ।

निर्देशीकाले व्यवस्था गरे अनुसार होटलको स्तरीकरण मापन गर्न, खाद्य स्वच्छताका मापदण्ड पुुरा गरेको थाहा पाउन, फाराम समेत भरिएको थियो । फर्ममा उल्लेखित विभिन्न प्रश्नका आधारमा न्युनतम मापदण्ड पुरा गरेको भए कम्तीमा पनि ४० प्रतिशत पुरा भएको हुुनु पर्ने हुन्छ । तर दुईमहिनाको अवधिमा जुम्लाका अनुगमन गरिएका होटलले मापदण्ड पुरा गर्दै स्तरीकरणको प्रतिष्प्रधामा छन् ।

खाद्य अनुसन्धान अधिकृत अमित भूषन सुमनले प्राप्त अंकका आधारमा होटलको स्तरीकरण निर्धारण गर्न (सामान्य, उत्तम र अतिउत्तम)का आधारले स्टीकर टास्ने समेत व्यवस्था छ । सोहि अनुसार जुम्लाका मान सरोवर होटल, रिग्मो होटल, दौतरी होटल, अम्मर सन्देश होटल, नेवा किचन होटल र स्टार होटल खाद्य स्वछताको आधारमा सामान्य तथा उत्तम सन्तोषजनकको स्टीकरण् पाउने तयारीमा छन् ।

दैनिक सयौको भिड हुने तालिम सेमिनार चल्ने ठुला होटलले खाद्य सुरक्षाको मापदण्ड पुरा गर्नु अनिवार्य धेरै दुई महिनाको अवधिमा होटलको स्तरीकरण बढेको प्रति सरोकारवालालृ खुसी व्यक्त गरेका छन् । भने, बजार अनुगमनलाई निरन्तरता दिँदै, जुम्लाका सबै होटललाई मापदण्ड भित्र ल्याउनु पर्नेमा जोड दिएका छन् । सबै होटल व्यवसायीहरु आफ्नो होटल स्तरीकरण अघि अगाडी गरेर बढि स्टार भएको स्टीकर पाउने प्रतिष्प्रधामा छन् । उपभोक्तका लागि व्यवसायीको प्रतिष्प्रधा निकै खुसीको कुरा हो ।

होटल स्तरीकरणका मापदण्ड
उपभोक्ता हित र उपभोक्ता स्वास्थ्य अधिकारको ख्याल गर्दै, दैनिक सरसफाई, खानपान, तालिम प्राप्त कुक, प्रयाप्त पानी, ढल निकासा, स्वस्थ्य कामदार, शौचालय किचेन देखि १५ मिटर टाढा हुनु पर्ने, मासु, दुग्ध पर्दाथ, माछा तथा अण्डा लगायत छिटो सड्ने गल्ने खानेकुरा ५ डिग्रीमा चिसोमा राख्न अनिवार्य रेफ्रीजेनेरेटर हुनुपर्ने, ढोका र झ्यालमा जाली हुनु पर्ने, होटलमा धुम्रपान निषेधित क्षेत्र लेख्नु पर्ने र स्मोकिङ जोन छुट्ै हुनु पर्ने, महिलाले किचेनमा काम गर्दा नङ पालिस लगाउन नहुने मापदण्डमा उल्लेखित छ ।

एक दिनमा खर्च हुने जति मात्र खाद्य बस्तु खरिद गर्ने, एप्रोन, माक्स, पन्जा अनिवार्य लगाउनु पर्ने, पिउन योग्य पानीबाट बरफ बनाएको हुनु पर्ने, सफा किचेन, मिलेका भाडा वर्तन हुनुपर्ने, सम्पुर्ण होटलका उपकरणहरु सफा तथा कामलाग्ने हुनुपर्ने, गाडी पार्किङ, लगायत २० देखि २५ बुदा सम्मको मापदण्ड निर्धारण गरिएको छ । जुम्लाका अधिंकाश होटलले यी मापदण्डका अधिकार बुदाहरु पुरा गरेका छन् ।

तपाईको प्रतिक्रिया