
सागर परियार, जुम्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरमा पदक पाउने र राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीहरुलाई पहिलो पटक सम्मान गरिएको छ । खेलाडीहरुलाई खेल क्षेत्रमा प्रवर्धन गर्न जिल्ला खेलकुद खेलकुद विकास समिति जुम्लाले प्रदेश तथा राष्ट्यिमा सहभागि झण्डै ४२ जना खेलाडीहरुलाई सम्मान गरेको हो ।
जिल्ला खेलकुद विकास समितिले एथेलेक्टीक तर्फका १८ जना, फुटबल तर्फका १३ जना, कराते तेकान्दो तर्फ ८ जना, बक्सीङ तर्फ १ जना, तथा १० जना प्रशिक्षक सहित ५२ जनालाई जुम्लामै पहिलो चोटी सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले जानकारी दिए ।
उनका अनुसार एथेलेक्टीक्स तर्फका १० जनाले गोल्ड मेडल, ५ जनाले कास्य र ३ जनाले रजत पदक पाएका थिए ।प्रदेश तथा राष्ट्यिमा सहभागी भई उत्कृष्ट स्थान ल्याएका ४२ जना खेलाडीलाई गोल्ड पाएकालाई जनही १५ सय, सम्मान पत्र र दोसल्ला, कास्य पदक ल्याउनेलाई जनही एक हजार सम्मान पत्र र रजत ल्याउनेलाई ५ साय सम्मान पत्र दिइएको कार्यालय प्रमुख महतले जानकारी दिए । सम्मान कार्यक्रममा प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले खेल क्षेत्रको विकास लागि राज्यले लागनी बढाउनु पर्नेमा जोड दिए ।
उनले भने, खेलाडी देशका गहना, तर खेलाडीको क्षामता विकासका कार्यक्रम बढाउनु पर्ने स्थानीय सरकार सचेत हुन सुझाब दिए । तीनै तहको सरकारले खेल क्षेत्रलाई प्रथामिकता दिन नसकेको उल्लेख गर्दै, राष्ट् समृद्धीका लागि खेल क्षेत्रको विकास विना सम्भव नभएको दाबी गरे । प्रजिअ दुर्गा बञ्जाडेले देशलाई विश्व सामु चिनाउन खेलाडीको योग्दानलाई सरकारले भुल्न नहुने बताईन् ।