बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


कर्णाली पोष्ट । जुम्लाको कर्णाली राजमार्गमा बसले ठक्कर दिदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । तिला गाउँपालिकाको कुडारी बजारमा क १ ख ७ नम्बरको सार्वजनिक बसले ठक्कर दिदा सोही गाउँपालिका – ३ कुडारीका ४५ बर्षीय बुद्धि सार्कीको घटना स्थलमै मृत्यु भएको हो ।

जुम्लाको सदरमुकाम खलंङ्गा देखि नाग्म हुदै सिँजाको गुठीज्यूला तर्फ जादै गरेको सार्वजनिक बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरी निरीक्षक नविन वलीले बताईन् । घटना स्थलमा प्रहरीको टोली पुगी सकेको छ । मृतकको शव पोष्टर्माटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारीको भईरहेको उनले बताईन् ।

त्यसैगरी आर्थिक बर्ष ०७५÷०७६ मा ०७५÷०७६ मा जुम्लामा २५ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा ६ जना मृत्यु भएको थियो भने २६ जनाको सामान्य घाइते र ४ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कलबहादुर शाहीले बताए ।
त्यसैगरी आर्थिक बर्ष ०७४÷०७५ मा कर्णाली राजमार्गमा २९ वटा सवारी दुर्घटना भएका थिए भने सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको थियो भने २० जना सामान्य घाइते र ११ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया