रारा पर्यटन वर्ष घोषणापछि, गोठीज्युलामा होटल व्यवसाय बढ्दै

सागर परियार


कनकासुन्दरी ६ का जुप्रे बुढा झण्डै एक दशक पहिले देखि होटल व्यवसाय गर्दै आएका छन् । पहिला चिया चाउचाउ मात्रै बेचेरै मासिक पाँच हजार जति कमाई गर्थे । तर रारा पर्यटन वर्ष घोषणा पछि होटलको कमाई मनग्य हुन थालेको उनले बताए । त्यस्तै कनकासुन्दरी ५ का विरचन्द्र रावत ७ वर्ष पहिले होटल चलाउथे । कमाई राम्रो नभएपछि बीचमै छोडे । तर रारा पर्यटन वर्ष घोषणा गरेपछि पुन आएर होटल व्यवसाय शुरु गरेको रावतले बताए । उनका अनुसार पहिला कमाई नहुने मान्छे नआउने भएकोले बीचमै छोडे, तर अहिले दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटक आउछन् ।

कमाई महिना ४० देखि ६० हजार सम्म हुने गरेको उनको भनाई छ । साथै नवदुर्गा बेस्ट होटलका सार्के बुढा ६ वर्ष पहिले बाट होटल व्यवसाय गर्दै आए रारा पर्यटन वर्षपछि मात्रै गोठिज्युलामा होटलको चहल पहल बढेको उल्लेख गरे । स्थानीय सरकार आए संगै र रारा पर्यटन वर्ष घोषणा गरेपछि कनका सुन्दरी गाउँपालिका केन्द्र गुठिज्युलामा होटल व्यवसाय फस्टाउदै गएका छन् । गोठिज्युलामा रहेका झण्डै ३ दर्जन बढि साना ठुला होटल हरु अहिले दैनिक मनग्य आम्दानी गरिरहेमा छन् ।

पहिला सुनसान देखिने गोठिज्युलाका साना ठुला होटल हिजो आज निकै बेस्थ भएका छन् । कर्णाली सरकारकाले २०७५ लाई कर्णाली सरकारले कर्णाली रारा पर्यटन वर्ष घोषणा गर्यो । त्यसपछि होटलमा पर्यटक आउन थाले, गोठिज्युला नाग्म गमगडी हुँदै रारा जाने पर्यटकहरुको संख्या बढ्दै गएको छ । विहान नेपालगन्ज सुर्खेतबाट गाडी चढेर जाँदा प्राय गोठिज्युलामा बाँस हुन्छ ।

सिंजा सभ्यताको आर्कषण
कनकासुन्दरी गाउँपालिकामा सिंजा राज्यका एतिहासिक स्थल हो । जहाँ कनकासुन्दरी मन्दिर,लुड्कु लामा थाडा, ९ परम्परागत शैली जोडेर लगाईएको घर० । जहाँ खष राजाको सभा हलका रुपमा लिईन्छ । भने, खष राजाको दरबार,पाण्डवगुफा, विराट दरबार, सिउ बाघ र बुढो मष्टो लगायतका ऐतिहासिक संरचना कनकासुन्दरीमै भएकोले पनि रारा आउने पर्यटक गोठिज्युला नबसी जादैनन् । खषभाषाको उदघम थलो कनकासुन्दरी हाट सिंजामा ऐतिहासक कुरा बुझ्न हेर्न, अवलोकन गर्न एक दिनको बाँस गुठिचौर हुने गरेको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले बताए ।

उनका अनुसार गोठिज्युलालाई अझै व्यवस्थित शहर बनाउने गाउँपालिकाको योजना छ । प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले पर्यटकहरुलाई गोठिज्युलामा रोक्न, होटल व्यवसायको आम्दानी बढाउन ऐतिहासिक सिंजाका हरेक किवंदन्ती, अवशेषहरुलाई संरक्षण, प्रर्बदनका लागि बजेटको व्यवस्था गरिने सापकोटाको भनाई छ । एतिहासिक स्थल सम्म जानका लागि पदमार्ग निर्माण, किंवदन्ती सरंक्षण, शिलालेखहरुलाई संरक्षण गरिने छ । जसले गर्दा पर्यटक आर्कषण संगै होटल व्यवसाय फस्टाउदै जाने देखिन्छ ।

सुरक्षा चुनौती बढ्दो
साउन दोस्रो हप्तातिर गोठिज्युलाको चुचामारे होटलमा विदेशी पर्यटक आए । उनी संगै आएका दुईजना युवाले उनको झण्डै नेपाली ५० लाख बराबरको मोबाईल चोर्र भागे । रारा ताल जाने भनी आएका उनी, मोबाईल चोरी भएपछि निकै निरास भए, तर प्रहरीको सत्रियता झण्डै ३ घण्टा भित्र चोर समातेर मोबाईल फिर्ता गरियो । त्यस भन्दा अगाडि गोठिज्युलामा विभिन्न पटक चोरीका घटना भएका थिए । बजारको पहलपहल बढे संगै सुरक्षा चुनौती पनि उतिकै बढेको छ ।

कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले सुरक्षा व्यवस्थालाई मजबुद बनाउन होटल व्यवसायी, प्रहरी र गाउँपालिकाले योजना बनाएर अघि बढ्ने बताईन् । सुरक्षा अबस्थालाई मजबुद बनाउन होटल व्यवसायीले माग गरेका छन् । होटलमा आउने पाहुनाको रेर्कड राख्न प्रहरीले सुझाव दिएको छ । स्थानीय सरकार आए संगै पनि आन्तरिक पर्यटक आउछन् । दैनिक सयौको संख्यामा होटलमा आउने गरेका छन् । बजार व्यवस्थापन समित गठन गरि नमुना सफा बजार बनाउने रणनीति छ ।

प्रतिक्रिया दिनुहोस