दुर्गम स्वास्थ्य चौकी राँसामा प्रभावकारी सेवा


कर्णाली पोष्ट,
दुगर्म राँसा स्वास्थ्य चौकीले आफ््ना दैनिक सेवाहरुलाई प्रभावकारी बनाउदै गएको छ । सदरमुकाम देखि जिल्लाकै दुर्गम भएपनि सेवाले विकटतलाई निकटता संग जोडेको छ । भने राँसा स्वास्थ्य चौकीमा सुत्केरी जोखिम भन्ने समचारका केहि तथ्यांक फरक परेकोले सच्याउन माग गरेपछि सम्बन्धी मिडियाको ध्यानकर्षण गराइएको छ । भने समचारलाई पनि सच्याइएको छ । नाम तथ्यांक देखि सुत्केरी भत्ता पाउने कुरा सच्याइएको हो ।

साउन ५ गते कर्णाली पोष्ट लगायत अन्य पत्रपत्रिकामा राँसा स्वास्थ्य चौकीमा सुत्केरी जोखिममा भन्ने शिर्षकमा प्रकाशित समचारमा उल्लेखित नाम लगायत केहि तथ्यांक फरक फरक पर्न गएकोमा सच्याइएको छ । एक स्थानीयले तिला ९ की झनमाया रावत भनि दिएको नाम जुटो भएको राँसा स्वास्थ्य चौकीका ईन्चार्ज हर्क रावतले बताए । भने, करोडौ भवन निर्माण भएको तर फिनिसिङ नभएकोेले गर्दा समस्या छ । जुम्लाकै सबैभन्दा दुर्गम मानिने राँसा स्वास्थ्य चौकीमा ईन्जार्च देखि अनमीहरुले रात दिन खटेर काम गरिरहेका छन् । आव २०७४÷७५ मा २९ जना सुत्केरी भएकी थिईन् ।

तर महिला हरु स्वास्थ्य चौकीमा आउन छाडेपछि आव २०७५÷७५ मा २५ जना सुत्केरी भईन् । ती मध्य २१ जनाले सुत्केरी भत्ता तथा प्रोत्साहन रकम पाएका छन् । भने अन्य चारजनलाई गाउँपालिका रकम आउँदा बाँकी ४ जनलाई वितरण गर्न नसकिएको ईन्चार्ज रावतले बताए । उनले भने, बर्थिङ सेन्टर चुहिने अबस्थामा छ । तर दैनिक सेवा भने प्रवाह गरिररहेको छ । भने समचारमा उल्लेखित विभिन्न सुत्केरीहरुको नाम फिल्टर प्राप्त गरेको भरपाईबाट लिएको पाइएको छ । विकटलाई निकट संग जोड्ने राँसाको स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बनाउन तर्फ सबै कर्मचारी लागि परेको समेत बताए । ठेगेदारले समयमै आवास सहितको भवन बनाएर हस्तान्तरण नगर्दा निकै समस्या तथा जोखिमका बीच काम गरिरहेको अनमी अनु कठायतले बताईन् ।

उनका अनुसार काम गर्दा गर्दै पनि सम्मान तथा प्रोत्साहनका कार्यक्रम नहुँदा काम गर्ने जागर घट्दै गएको समेत दुखेसो गरिन् । जुम्ला सदरमुकामबाट एक दिनको बास गरी पुगिने ठाउँमा दिनरात स्वास्थ्य सेवा संचालन भईरहेको छ । स्वास्थ्य संस्थामा सुत्केरीको पहुँच बृद्धि गर्न सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएपनि हस्तान्तरण नहुँदा समस्या भएको छ । आगामी दिनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै लिने समेत दाबी स्वास्थ्य चौकीको छ । संचार क्षेत्र संग समन्वय गर्दै अगाडी बढ्ने समेत प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया